jhapaonline add

इलाम, ७ बैशाख । इलामको सन्दकपुर गाउँपालिका–४ गुम्बाडाँडास्थित पञ्चकन्या हाइड्रोपावरको मुख्य पाइप फुटेको छ । बिजुली उत्पादनका लागि पावर हाउसतर्फ पानी लैजाने मुख्य पाइप आज दिउँसो फुटेको हो । पाइप फुटेको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माबुबाट तत्काल प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । ठुलो मात्रामा पानी बाहिरिए पनि कुनै किसिमको मानवीय र पशुचौपायाको क्षति नभएको प्रहरीले जनाएको छ । पाइप फुटेर पानीको बहाव बाहिरिएसँगै हाइड्रोपावरबाट हुने विद्युत् उत्पादन प्रभावित भएको छ । पाइपमा सञ्चित रहेको पानी पूर्ण रूपमा बगेर सकिएपश्चात मात्रै फुटेको पाइपको मर्मत कार्य सुरु हुने जनाइएको छ।

Read More

झापा, ७ बैशाख । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टि ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा आज सम्पन्न खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको हो । खेलमा वर्षा बाधक बनेपछि यूएईले ‘डिएल मेथड’का आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । जवाफमा युएईले ८।५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । युएईका लागि कप्तान मोहम्मद वसीमले १५ बलमा ३३ रनको बनाए । त्यस्तै अलीशान शरफुले १८ रन बनाए भने अक्षदिप नाथले अविजित १७ रन जोड्दै टोलीलाई जित दिलाए । नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा ८ रन…

Read More

झापा, ७ बैशाख । झापाका दुई भिन्न स्थानमा दुर्घटना हुँदा आज दुई जना घाइते भएका छन् । झापाको बिर्तामोड नगरपालिका र कमल गाउँपालिकामा दुर्घटना हुँदा एक÷एक जना घाइते भएका हुन् । आज बिहान बिर्तामोड नगरपालिका–३ लिटिल फ्लावर स्कुल छेउको भित्री सडकमा बिर्तामोडबाट गरामनीतर्फ जाँदै गरेको बा ५२ प ३०५५ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आएको साईकल यात्री सोही स्थानका ३६ वर्षीय कुमार बिकलाई ठक्कर दिँदा उनको घाँटीमा चोट लागी घाइते भएका छन् । उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल पठाइएको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि मोटरसाइकल नियन्त्रणमा लिइएको छ भने चालक अर्जुनधारा नगरपालिका–३ बस्ने ५१ वर्षीय किशोर ढकाललाई…

Read More

झापा, ७ बैशाख । झापा जिल्लाको दमक नगरपालिका–५ स्थित गोर्खा डिपार्टमेन्टको किचनमा कुटपिट भएको छ । आज बिहान करिब १०ः३० बजे दमक–१ हवल्दार चोकका ४३ वर्षीय वीरेन्द्र बस्नेतमाथि कुटपिट भएको हो । उनलाई दमक–९ का ५५ वर्षीय शिव साह, कमल गाउँपालिका–४ का ५० वर्षीय दुरेन राईसहित चार जनाले काम छ भन्दै बोलाई उक्त स्थानमा पुगेपछि अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरी कुटपिट गरेका हुन् । घटनापछि प्रहरी टोलीले दुरेन राई र शिव साहलाई गोर्खा डिपार्टमेन्ट अगाडिबाट नियन्त्रणमा लिएको छ भने अन्य संलग्न व्यक्ति फरार रहेका छन् । फरार व्यक्तिहरुको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कुटपिटबाट…

Read More

बिर्तामोड, ७ बैशाख । झापाका स्थानीय तहले आगामी नीति कार्यक्रम मार्फत जातीय छुवाछूत तथा विभेद अन्त्य गर्न प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने जनाएका छन् । आम नागरिकमा विभेदविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नेदेखि आर्थिक उपार्जनका कार्यक्रमहरु बनाउने प्रतिवद्धता जनाएका हुन् । मानव अधिकार मञ्च इलामले आयोजना गरेको दलित समुदायको समस्या पहिचान तथा समाधान सम्बन्धि कार्यशालामा झापाका जनप्रतिनिधिहरुले दलित समुदायको मुद्दालाई प्राथमिकता दिने जनाएका छन् । हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले दलित लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउने बताए । उनका अनुसार यसअघिका कार्यक्रम प्रभावकारी हुन नसकेको बताउँदै आगामी दिनहरुमा थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिवद्धता जनाए । अध्यक्ष लिङदेनले जातीय विभेद अन्त्य गर्दै समुदायको…

Read More

झापा, ७ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७५ रुपैयाँ २६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ५७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३८ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ५६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर…

Read More

सन्तो‌ष शर्माकनकाई, ७ बैशाख । झापाको‌ कनकाई नगर‌पालिकामा क्यान्सर‌ र‌ो‌गीको‌ संख्या बढ्दै‌ गएको‌ छ । गत आर्थिक वर्ष २०८१÷८२ मा क्यान्सर‌ नगर‌मा क्यान्सर‌ र‌ो‌गीको‌ संख्या १ सय ११ र‌हे‌को‌ थियो‌ । चालू आर्थिक वर्ष २०८२÷०८३ को‌ नौ‌ महिनाको‌ अवधिसम्म आइपुग्दा उक्त संख्या वृद्धि भई १ सय १६ पुगे‌को‌ नगर‌पालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निर‌ीक्षक नार‌ायण अधिकार‌ीले‌ जानकार‌ी दिनुभयो‌ । कनकाईमा चालू आव २०८२÷०८३ को‌ हालसम्मको‌ अवधिमा क्यान्सर‌, मृगौ‌ला डायलाइसिस÷ ट्रान्सप्लान्ट, मे‌रुदण्ड पक्षघात र‌ क्यान्सर‌का बिर‌ामीको‌ संख्या १ सय ४६ जना र‌हे‌को‌ छ । जसमध्ये‌ सबै‌भन्दा धे‌र‌ै‌ क्यान्सर‌को‌ १ सय १६ जना, मृगौ‌ला डायलाइसिस÷ ट्रान्सप्लान्टका २५ जना र‌ मे‌रुदण्ड पक्षघातका बिर‌ामीको‌ संख्या ५ जना र‌हे‌को‌ छ ।…

Read More

झापा, ७ बैशाख । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ । यस दिन गरेको स्नान, दान,…

Read More

झापा, ७ बैशाख । इलाम–झापा मैत्री समाजको कार्यसमितिले पूर्णता पाएको छ। समाजका अध्यक्ष तिलोतमा खत्रीको अध्यक्षतामा बसेको दोस्रो बैठकले दुई जना नयाँ सदस्यहरू मनोनित गरेसँगै समितिले पूर्णता पाएको हो । बैठकले रिक्त रहेको सदस्य पदमा किरण प्रसाद सुवेदी र ढुन्डी राज गिरिलाई मनोनित गर्ने निर्णय गरेको छ। नवमनोनित सदस्यहरूलाई कार्यसमितिमा स्वागत गर्दै अध्यक्ष खत्रीले समाजको उद्देश्य प्राप्तिका लागि सबै सदस्यहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो। नयाँ कार्यसमिति गठन भएपछि पहिलो चरणको कार्यक्रम अन्तर्गत हालै समाजले मन्दिर सरसफाइ लगायतका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ। कार्यसमितिले पूर्णता पाएसँगै अब समाजका आगामी योजना र सामाजिक गतिविधिहरूलाई थप तीव्रताका साथ अगाडि बढाइने बताइएको…

Read More

झापा, ७ बैशाख । हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भू–भागमा तातो दिन हुने…

Read More