
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
फुङ्लिङ (ताप्लेजुङ), १४ असार । ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प भएको छ । चार महिना लामो बन्दपछि चैतको अन्तिम साताबाट पुनः सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको हवाई सेवा जेठ ३० गतेयता एकपटक पनि सञ्चालन हुन सकेको छैन । निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार बर्खायाम सुरू भएसँगै कुहिरो र कम भिजिबिलिटीका कारण असारयता चार उडान प्रभावित भएका छन् । प्रत्येक सोमबार र शुक्रबार नियमित हुने काठमाडौँ–ताप्लेजुङ उडान निरन्तर रद्द हुन थालेपछि यात्रुहरू मर्कामा परेका छन् । इञ्चार्ज कार्कीले भन्नुभयो, “मौसम प्रतिकूल भएकाले जहाजले अवतरण गर्नसक्ने अवस्था छैन । भिजिबिलिटी न्यून भएकाले…
मोरङ, १४ असार । मोरङको विराटनगर महानरपालिका–१८ स्थित करेन्ट लागेर १ जनाको मृत्युभएको छ । असार १४ गते बिहानको राती साढे १ बजे बिवाहमा डिजे बजाई नाच्ने क्रममा अचानक डिजेकोको तारबाट करेन्ट लागि घाईते भएका सोहिस्थानका बिजय यादवको १७ बर्षीय छोरा अमित यादवलाई उपचारको लागि कोशी अस्पताल विराटनगर पुर्याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
बनियानी, १४ असार । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आवश्कयता अनुसार संविधान संशोधन हुने बताउनुभएको छ । झापाको कचनकवल गाउँपालिका–६ स्थित बनियानीमा कचनकवल प्राविधिक शिक्षालय भवनको शुक्रबार शिलान्यास गर्नुहुँदै नेता सिटौलाले आवश्यकता अनुसार संविधान संशोधन हुने बताउनुभयो । “संविधानको पूर्ण कार्यान्वय हुन सकेको छैन, त्यो समीक्षाको विषय हो”, वर्तमान उपलब्धि संविधानकै देन भएको बताउहुँुदै उहाँले भन्नुभयो, “भर्खरै संघीय संसदले नीति पास गरेको छ, हामी संविधान कार्यान्वयनको समीक्षा गर्छौं र आवश्यकता अनुसार संविधान संशोधन गर्छौं, तर त्यो त्यति सजिलो पनि छैन ।” सम्पूर्ण अधिकार जनतामा निहीत छ भन्ने व्यवस्थालाई अझ सुदृढ एवम् बलियो बनाउने गरी देशलाई अघि बढाइने नेता सिटौलाको भनाइ…
झापा, १४ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ । अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका मुद्रा शुक्रबार पनि सस्तिएका थिए । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा छ । अमेरिकी डलरको मूल्य विगत केही दिनदेखि लगातार घट्दै आएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा थियो । गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक…
भद्रपुर, १४ असार । झापाका अग्रज पत्रकार गोपाल गिरीद्वारा लिखित पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ शुक्रबार लोकार्पण गरिएको छ । झापाको सदरमुकाम भद्रपुरको इतिहास खोजी गर्दै तयार पारिएको उक्त पुस्तकको आज लोकार्पण गरिएको हो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की लगायतले यहाँ आयोजित एक कार्यक्रमका बीच पुस्तकको लोकापर्ण गर्नुभएको हो । पुस्तक लोकार्पण कार्यक्रममा प्रमुख अतिथि शिव गाउँलेले नेपालका शहरहरुको आ–आफ्नै पृष्ठभूमिमा रहेकाले पुराना शहरहरुको इतिहास उजागर गर्दै जानुपर्ने बताउनुभयो । मानव बस्ती सुरक्षित राख्न तराईमा औंलो नियान्त्रणका कार्यहरू पूर्वमा भद्रपुरबाटै सुरुवात भएको बताउनुहुँदै उहाँले मेची पुल शिलान्यासको इतिहासको विषयका…
झापा, १४ असार । मौसम तथा विज्ञान विभागले आज शनिबार बिहान ६ बजे बुलेटिन जारी गरी आगामी २४ घण्टे मौसमबारे जानकारी दिएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै विभागले आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने जानकारी दिएको छ । विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ…
मेष: घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचेजस्तो सफलता नमिल्ला। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। वृष: धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुन सक्छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। मिथुन: आफन्त र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। कर्कट: वाणीमा कुशलता आउने दिन परेको छ। शुभकार्यको चर्चा चल्नेछ। माया प्रेममा समीपता बढ्नेछ। वैदेशिक काममा सफलता मिल्नेछ। धार्मिक…
झापा, १३ असार । झापाको कचनकवल गाउँपालिका–६ स्थित बनियानीमा कचनकवल प्राविधिक शिक्षालय भवनको शिलान्यास गरिएको छ । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आज एक कार्यक्रमका बीच प्राविधिक शिक्षालय भवनको शिलान्यास गर्नुभयो । युवाले प्राविधिक शिक्षा प्राप्त गर्न सके आय आर्जनको क्षमता विकास हुनुका साथै स्वदेश वा विदेश जहाँ रहे पनि उनीहरुले राम्रो काम र दाम पाउने नेता सिटौलाले बताउनुभयो । उहाँले प्राविधिक शिक्षालयको बजेट कुनै पनि हालतमा नरोकिने भएकाले समयमै गुणस्तरीय काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य बसन्त बानियाँ, झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो । कचनकवल प्राविधिक शिक्षालयका…
झापा, १३ असार । हाल कोसी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अनि कोसी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा–हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
झापा, १३ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १ लाख ६७ हजार ५९७ जना परीक्षार्थी फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जनामात्रै उत्तीर्ण भएका हुन् । बोर्डले ४ लाख ३८ हजार ८९६ जनाको नतिजा प्रकाशित गरेका हो । बोर्डका अनुसार उत्तीर्ण दर यो वर्ष ६१.८१ रहेको छ।