
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन मुख्य आणविक साइटहरू फोर्डो, नातान्ज र इस्फहानमा हवाई आक्रमण गरेको बताउनुभएको छ। यस आक्रमणले क्षेत्रीय तनाव र युद्धको सम्भावना बढाएको छ। यस घटनाले विश्व अर्थतन्त्र र तेल कारोबारमा पनि प्रभाव पार्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् । राष्ट्रपतिले आफ्नो सामाजिक सञ्जाल मार्फत भन्नुभयो, “सबै विमानहरू अहिले इरानको आकाशबाट बाहिर छन् । फोर्डोमा मुख्य स्थलमा पूर्ण बमबारी गरियो ।” उहाँले थप्नुभयो, “सामान्य रुपमा बमबारी गरियो र मुख्य स्थल फोर्डोलाई लक्षित गरियो ।” यस घटनाले विश्वव्यापी रुपमा नयाँ तनाव सिर्जना भएको छ । अमेरिकी अधिकारीहरूका अनुसार, यसले इरानको आणविक कार्यक्रमलाई कडा…
इलाम, ८ असार । सूर्योदय नगरपालिका–१ स्थित धजे–मकरजुङ गाउँमा वर्षौँदेखि डोकामा पानी ओसारेर गुजारा गर्दै आएका बासिन्दाको घरआँगनमा अहिले स्वच्छ खानेपानीको धारो बगिरहेको छ । “डोकामा पानी ल्याउने तीतो दिन सम्झिँदा अचेल सपनाजस्तै लाग्छ”, ८० वर्षीय वीरबहादुर राईले भन्नुभयो । साठी वर्षीया तुलसा सापकोटा विगत सम्झिँदै भन्नुहुन्छ, “पहिला एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपथ्र्यो, आजकल घरमा धारा बग्दा जीवन नै फेरिएको महसुस हुन्छ ।” विसं २०७५ देखि सुरु गरिएको धजे–मकरजुङ खानेपानी आयोजना २०८१ साल चैत २ गते सम्पन्न भई हाल एक सय ६७ घरमा धारा जडान गरिएको छ । कोशी प्रदेश सरकारको रु ५८ लाख २० हजारमा आयोजना सम्पन्न भएको…
भद्रपुर, ८ असार । झापा जिल्लाको सदरमुकाम नगर– भद्रपुरको मेची रंगशालालाई आगामी आर्थिक वर्षको बजेटमा साढे ६ करोड रुपैयाँ विनियोजन गरिएको छ । जिल्लाकै सबैभन्दा पुरानो र एक मात्र मेची रंगशालामा अब फ्लड लाइट जडान र थप प्यारापिट निर्माण गर्न सो बजेट उपलब्ध गराइएको हो । संघीय सरकारको आर्थिक वर्ष २०८२–८३ को बजेट, नीति तथा कार्यक्रममा यस रंगशालाको प्यारापिट निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन भएको भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताएका हुन् । उनका अनुसार, सङ्घीय सरकारले ३ करोड रुपैयाँ विनियोजन गरेको छ भने कोशी प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षको बजेटबाट ३ करोड ५० लाख रुपैयाँ विनियोजन…
झापा, ८ असार । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभरका अधिकांश स्थानमा वर्षाको सम्भावना गरेको जनाएको छ । महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका पहाडी भूभाग, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना छ। आज राति कोसी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका धेरै…
झापा, ७ असार । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले ३५ जना नेपालीहरूको उद्धार गरेको छ । आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्डको काशीपुर पुर्याई बन्धक बनाइएका ३५ नेपालीहरूको दूतावासले उद्धार गरेको हो । दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै उत्तराखण्ड प्रहरी र केआइन इन्डियाको सहयोगमा उनीहरूको उद्धार गरिएको जनाएको छ । उत्तराखण्ड पुर्याइएका युवाहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम समेत असुल गरेको आरोपमा केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको समेत दूतावासले जनाएको छ ।
झापा, ७ असार । झापाका विभिन्न सञ्चारकर्मी प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । प्रेस सेन्टर नेपाल झापाको आयोजनामा शनिबार दमकमा आयोजित कार्यक्रममा चन्द्रमान राईको नेतृत्वमा छ जना सञ्चारकर्मी प्रेस सेन्टर नेपालमा प्रवेश गरेका हुन् । मानुसी मिडिया प्रालिद्वारा सञ्चालित नेपाल एक्सप्रेस मिडियाका सञ्चालक राईको नेतृत्वमा गणेश भट्टराई, आयुस्मा परियार, उमेश खत्री, फ्रिपेश श्रेष्ठ र किस्मिका पोखरेल प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपीन राई, केन्द्रीय सदस्य राम योङहाङ, पूर्वकेन्द्रीय सचिव विमल लामिछाने, प्रदेश सचिव डिकेश लामा, झापा…
बुधबारे, ७ असार । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित टिमाई खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने पाँच वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । आज झापा बुद्धशान्ति– ४ स्थित टिमाई खोला ट्याक्टरहरुले नदीजन्य पदार्थ ढुङ्गा अवैध रुपमा ओसार–पोसार गर्दै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी मंगलबारे खटिएको गस्ती टोलीले मे १ त ५१३५, मे १ त ७३७२, मे १ त ७५४३, मे १ त ५४४६ र मे १ त २४६१ प्लेट नम्बरका ट्याक्टर नियन्त्रणमा लिएको थियो । ती पाँच वटै ट्याक्टरलाई अस्थायी प्रहरी चौकी मंगलबारे झापामा ल्याएर आवश्यक कारबाहीका लागि बुद्धशान्ति गाँउपालिकाको कार्यालय बुधबारे झापा पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको…
बिर्तामोड, ७ असार । बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले २०८३ साउन १ गते भित्र वडा नम्बर १ लाई बालमैत्री वडा घोषणा गर्ने बताउनु भएको छ । बिर्तामोडलाई बालमैत्री पालिका घोषणा गर्ने अभियान अन्तर्गत आज वडा नं. १ को कार्यालयमा एक दिवसीय अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले आगामी दिनमा बाल श्रम तथा बाल दुर्व्यवहारमुक्त वडा निर्माण गर्ने प्रतिबद्धता जनाउनु भयो। कार्यक्रम बिर्तामोड नगरपालिका महिला, बालबालिका तथा सामाजिक कल्याण शाखाको आयोजनामा भएको कार्यक्रममा बालमैत्री पालिका घोषणासम्बन्धी जानकारी र स्थानीय शासनको भूमिकाबारे छलफल गरिएको छ । कार्यक्रममा प्रशिक्षक भरत कुसुवारले सहभागीहरूलाई बाल अधिकार, सुरक्षाको उपाय, शिक्षा, स्वास्थ्य तथा…
झापा, ७ असार । अन्तर्राष्ट्रिय योग दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका…
चन्द्र बस्नेतकनकाई, ७ असार । झापाको कनकाई नगरपालिका वडा नम्बर ७ ले वडामा रहेको सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई साइकल वितरण गरेको छ। वडाका सामुदायिक विद्यालयमा अध्यनरत आदिवासि जनजाति विद्यार्थीलाई शुक्रबार वडा कार्यलयमा एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै साइकल वितरण गरिएको हो । आदिवासि जनजाति महासंघ वडा समन्वय समिति तथा वडाका १० वटै टोलको सिफारिसको आधारमा सामुदायिक विद्यालयमा अध्ययरत १२ जना छात्रछात्रालाई साइकल वितरण गरिएको वडा अध्यक्ष भीष्मभुषण सिटौलाले जानकारी दिनुभयो । वडामा प्राप्त बजेटको सदुपयोग गर्दै सकेसम्म काम गरिएको उहाँले बताउनुभयो । वडामा भौतिक पूर्वधार अन्तर्गत सडक निर्माण देखि युवा, विद्यार्थी, विपन्न, महिला, दलित, अल्पसंख्यक तथा पिछडिएको वर्ग, जेष्ठ नागरिक,…