
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २५ असार । साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डले अन्तिम १६ को खेलमा जित हात पार्दै फिफा विश्वकप–२०२६ को क्वार्टरफाइनल समीकरण पूरा गरेका छन्। अन्तिम १६ मा अर्जेन्टिनाले इजिप्टविरुद्ध ३–२ को रोमाञ्चक पुनरागमन जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो। अर्को खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई निर्धारित समय र अतिरिक्त समयमा बराबरीपछि टाइब्रेकरमा ४–३ ले पराजित गर्दै ७२ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पहिलो पटक ४८ टोलीको सहभागितामा आयोजना भएको विश्वकपबाट अन्तिम १६ चरण सकिँदा ४० टोली बाहिरिएका छन् भने अब आठ टोली उपाधि होडमा बाँकी रहेका छन्। तीन देशका १६ स्टेडियममा भइरहेको प्रतियोगिताको क्वार्टरफाइनल चरणका सबै खेल भने अमेरिकामै हुनेछन्।…
झापा, २५ असार । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्ने कार्यका कारण आज असार २५ र भोलि असार २६ गते (जुलाई ९ र १०) राहदानीसम्बन्धी सेवा बन्द रहने जनाएको छ। विभागले बुधबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण गरिने भएकाले यी दुई दिन नयाँ राहदानी आवेदन, नवीकरणलगायतका नियमित सेवा उपलब्ध हुने छैनन्। यसअघि पनि विभागले असार १९ गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण असार २५ र २६ गते सेवा अवरुद्ध हुने जानकारी गराएको थियो। यद्यपि, विभागमा तयार भइसकेका राहदानीको वितरण कार्य भने नियमित रूपमा सञ्चालन हुने जनाइएको छ। मोबाइलमा राहदानी सङ्कलनका…
झापा, २५ असार । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६० पैसा र बिक्रीदर १५३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६० पैसा र बिक्रीदर १०६ रुपैयाँ ०१ पैसा, क्यानेडियन…
झापा, २५ असार । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ। परीक्षण सफल भएसँगै आयोजनाले उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न थालेको हो। सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजना विसं २०७८ मङ्सिरदेखि निर्माण सुरु गरिएको थियो। नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजना निरीक्षण तथा परीक्षण सम्पन्न गरेपछि परीक्षण उत्पादनका रूपमा विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको कम्पनीका निर्देशक दीपक बरालले जानकारी दिए। उनका अनुसार आयोजना प्रारम्भिक रूपमा १५ दिन परीक्षण अवधिमा रहनेछ। यस अवधिमा उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह गरिनेछ भने आयोजना तथा उपकरणहरूको प्राविधिक परीक्षणसमेत…
झापा, २५ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भूभागतर्फ नै सरदर स्थानको आसपास अवस्थित छ । जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशका पहाडी र हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ…
विराटनगर, २४ असार । कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ६७० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । इटहरी उपमहानगरपालिका–१ स्थित खोटाङे होटलबाट विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–२ का २६ वर्षीय रविन लिम्बु र जिल्ला काभ्रे पनौती नगरपालिका निवासी २३ वर्षीया एलिना लामाको साथबाट ५०० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको छ । यसैगरी सुनसरीको इनरुवा नगरपालिका–४ स्थितमा अस्थायी प्रहरी चौकी इनरुवा बसपार्कबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–८ निवासी २२ वर्षीय बितेस तामाङको साथबाट १७० मिलिग्राम…
झापा, २४ असार । झापाको बिर्तामोडमा सञ्चालन गरिएको लागुऔषध तथा मादक पदार्थ सेवन र सवारी साधनको यान्त्रिक अवस्थासम्बन्धी विशेष चेकजाँच अभियानमा लागुऔषध सेवन गरेका पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार बिर्तामोड नगरपालिका–६ मा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा चेकजाँच गरिएको हो। अभियानका क्रममा १०१ वटा सवारी साधनको जाँच गरिएको थियो। ब्रेथलाइजर परीक्षणका क्रममा एक जना चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। त्यसैगरी, शंकास्पद चालक तथा सहचालकमाथि लागुऔषध परीक्षण किटमार्फत गरिएको परीक्षणमा पाँच जनाले लागुऔषध…
झापा, २४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसइई० २०८२ को पूरक अर्थात् ग्रेड वृद्धि परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डले पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिँदै परीक्षामा ८३ हजार ५२३ जना अर्थात् ६४.६८ प्रतिशत छात्रछात्रा उत्तीर्ण भएका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताउनुभयो । यही असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको पूरक परीक्षामा सहभागी हुन एक लाख ४६ हजार ५०७ परीक्षार्थीले आवेदन दिएकामा एक लाख २९ हजार ११४ जना परीक्षार्थी मात्रै सहभागी भएको उहाँले जानकारी दिनुभयो । परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, एसएमएस, युएसएसडी तथा आइभीआर…
झापा, २४ असार । झापामा बर्डफ्लु रोग नियन्त्रणमा आएको छ । झापासहित मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु नियन्त्रणमा आएको पशुसेवा विभागले जनाएको छ । पन्छीजन्य यो रोग पछिल्लोपटक ११ जिल्लामा फैलिएको थियो । पशुसेवा विभागका अनुसार चार जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा बर्डफ्लु नियन्त्रणमा आउन सकेको छैन । रोगलाई नियन्त्रण गर्न विभागले प्राविधिक टोली परिचालन गरी सङ्क्रमित क्षेत्रका सम्पूर्ण पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता डा मुकुल उपाध्यायले जानकारी दिनुभयो । हाल रोग नियन्त्रणमा आएपश्चात् ओसारपसार खुकुलो बनाइएको विभागले जनाएको छ । बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको…
झापा, २४ असार । इजिप्टविरुद्ध रोमाञ्चक पुनरागमन गर्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा बुधबार भएको खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले पराजित गरेको हो । इजिप्टले यासेर इब्राहिम र मुस्तफा जिकोको गोलमा २–० को अग्रता बनाएको थियो । तर, त्यसपछि क्रिस्टियन रोमेरो र लियोनेल मेस्सीले लगातार गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको अतिरिक्त समयको ९०ं३औँ मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई रोमाञ्चक जित दिलाए ।