jhapaonline add

‘व्यंग्यनारान पाँडे’“हन के छ हओ पाँडेजी ? तपइँ लेटिनको टोइलेटमा पसेको बाटाबडै देखेसि म इँही टोइलेटको फरन्टैमा आ’र पिँढीमा थ्याच्च बसिरछु हए… म क्या त कम्रेट हरिराम पुरेत बाजे !… अन्त, के छ खबर–खाबर ? तपइँ त मसित भामट् गोस्सा भका छौ अरे भन्ने मलाई अस्तिका दिनदेखुन् नै कन्टेनेउली इन्फोरमिसन आइराख्या थ्यो । तपइँ मसित रिसा’र किन गोस्सा अथ्बा इँलिसको ‘ड्यान्जर याङरी’ भको भन्ने किल्लेर पस्टिकर्ण के–के छन्, लु त तिँहीँबड भा नि फटाफट बइन् देऊ त हउ ! म आज अलि बिज्जीमा छु, धेरै पर्खिने ट्याम छैन मेरो । मैले आज्जै, लेट नगरी माथि पाटीको क्यान्द्राँ अर्जेन्ली यो रिपोट…

Read More

झापा, ७ बैशाख । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ९६ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३१ पैसा कायम गरिएको जनाएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २७ पैसा,…

Read More

झापा, ७ बैशाख । बंगलादेशमा एक हिन्दु नेताको अपहरण गरी हत्या गरिएको छ । हिन्दु नेता भावेशचन्द्र रोयलाई बिहीबार दिउँसो उनको घरबाट अपहरण गरी कुटेर गरी हत्या गरिएको हो। भारतीय विदेश मन्त्रालयले यसको निन्दा गर्दै भन्यो, ‘बंगलादेशमा हिन्दु अल्पसंख्यकहरूलाई योजनाबद्ध रूपमा हिंसा गरिँदै छ। अपराधीहरू निर्धक्क घुमिरहेका छन् ।’ भावेश रोय बंगलादेश पूजा उद्यापन परिषद्को बिरल एकाइका उपाध्यक्ष थिए । भारतीय सञ्चारमाध्यमका अनुसार यस वर्ष बंगलादेशमा अल्पसंख्यकहरूविरुद्ध ७२ आक्रमण भएका छन् । भारतीय विदेशमन्त्री एस. जयशंकरले गत महिना संसदमा बताएअनुसार २०२४ मा बंगलादेशमा राजनीतिक उथलपुथल सुरु भएदेखि अल्पसंख्यकहरूमाथि उत्पीडनका २ हजार ४ सय घटनाहरू भएका छन् । यस वर्ष मात्र…

Read More

झापा, ७ बैशाख । अमेरिकाले ‘डिपोर्ट’ गरेका तीन जना नेपाली शनिबार काठमाडौँ आइपुगेका छन् । अमेरिकी चार्टर्ड विमान जीभीएन १७६ एसएम नम्बरको अमेरिकी जहाजमार्फत् डिपोर्ट हुनेमा चापागाईं, चौधरी र बुढा थरका एक–एक जना रहेका अध्यागमन कार्यालयले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुसार पुनः तीन जना नेपाली डिपोर्ट भएका हुन्। यसअघि गएको फागुन २१ गते अमेरिकाले डिपोर्ट गरेका आठ जना र त्यसअघि पनि २७ जना नेपालीलाई लिएर अमेरिकी चार्टर्ड विमान नेपाल आएको थियो। डिपोर्ट भएका नेपालीलाई अमेरिकाको कानुन अनुसार अमेरिकाले नै कारबाही र जरिवाना गर्ने भएकाले नेपालमा भने उनीहरुलाई कुनै कारबाही हुनेछैन। पहिलो चरणमा अवैध रुपमा अमेरिकामा बस्दै आएका…

Read More

झापा, ७ बैशाख । मेचीनगर नगरपालिकाको सहकारी समन्वय समितिले यहाँका सहकारी संस्थाको अनुगमन गरेको छ । अनुगमनसँगै समितिले मापदण्ड पालना नभएको भन्दै आठ वटा सहकारीलाई सुझावसहित सचेत गर्राएको छ । अनुगमनका क्रममा सहकारीको सामान्य मुल्य मान्यता समेतलाई ख्याल नगरेको पाइएपछि सुझावसहित सचेत गराइएको छ ।्टोलीले मेचीनगर–१० को लंकासरी महिला संवृद्वि बहुउदेश्यीय सहकारी संस्था, तारावारी शान्ति बचत तथा ऋण सहकारी संस्था, मेचीनगर–१४ को आपसी समाज बचत तथा ऋण सहकारी संस्था, विहानी बतच तथा ऋण सहकारी संस्था, मेचीनगर–१२ को सामुहिक अभियान बचत तथा ऋण सहकारी संस्था, सब्जीमण्डी कृषि सहकारी संस्था, चारआली बचत तथा ऋण सहकारी संस्था, मेचीनगर–१३ को आशावादी बहुउदेश्यीय सहकारी संस्थाको…

Read More

इलाम, ७ बैशाख । कमजोर आर्थिक अवस्थाका कारण खानलाउन नपुग्नेभएपछि सूर्योदय नगरपालिका–४ गोरखकी सञ्चमाया राईका लागि विदेश जानु पारिवारिक बाध्यता थियो । घरमा श्रीमान् र पाँच बालबच्चा थिए । ‘एजेन्ट’ले बिनालगानी, बिनापासपोर्ट विदेश लगिदिन्छु भनेपछि उहाँलाई पैसाको लोभ भयो । विसं २०६८ मा इलामबाट झापा पुर्याएर भारत हुँदै साउदीमा बेपत्ता बनाइएकी सञ्चमाया १४ वर्षदेखि बेखबर हुनुहुन्छ । “आमाको नागरिकता हरायो, सोधीखोजी गर्ने केही माध्यम छैन”, सञ्चमायाकी छोरी सृजनाले भन्नुभयो, “एजेन्टले दिल्ली पुर्याएपछि १४ दिन बिरामी पर्नु भएछ । त्यसपछि साउदी पुर्याएको खबर सुनियो । तर आमासँग कुरा हुन पाएन ।” गाउँका अन्य महिलालाई पनि अवैध बाटोबाट खाडी मुलुक पठाएको एजेन्ट…

Read More

झापा, ७ बैशाख । हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्यून चापीय रेखाको पनि सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको…

Read More

झापा, ६ बैशाख । झापाको शिवसताक्षी नगरपालिकामा जंगली च्याउ खाँदा आज एक जना महिला बिरामी भएका छन् । शिवसताक्षी नगरपालिका–११ बस्ने रोशन राईको श्रीमती ३५ वर्षीया चन्द्रकुमारी राईले जंगली च्याउ खाएर बिरामी भएकी हुन् । जंगली च्याउ टिपेर घरमा ल्याएर पकाएर खाएकोमा बिरामी भई उपचारका लागि लाइफ लाइन अस्पताल दमक लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हाल महिलाको अवस्था बोल्न सक्ने मध्यम रहेको छ ।

Read More

शिवसताक्षी, ६ फागुन । नेकपा एमालेले झापा शिवसताक्षी–९ का ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको छ । नेकपा एमाले शिवसताक्षी वडा नं. ९ कमिटीले वडा ५६ जना ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरेको हो । उनीहरुलाई संघीय सांसद तथा प्रदेश कमिटी सदस्य एलपी साँवा लिम्बु, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं. ४ का संयोजक धनबहादुर थेवे, नगर अध्यक्ष मेदनी दंगालले ज्येष्ठ नागरिकलाई लौरो, सम्मान पत्र, खादा र मालाले सम्मान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै प्रदेश कमिटी सदस्य एलपी साँवा लिम्बुले कम्युनिष्ट पार्टी ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई गोली हान्छ भन्ने गरिथ्यो तर आज यही पार्टीले ज्येष्ठ नागरिकलाई सम्मान गरेको बताए ।…

Read More

झापा, ६ बैशाख । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्षको नौ महिनामा रु १८ अर्ब ६२ करोड ७६ लाख ९६ हजार बराबरको कृषि जन्यवस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त नौ महिनाको अवधीमा सबैभन्दा धेरै चिया रु आठ अर्ब ४१ करोड ८९ लाख, अलैँची रु पाँच अर्ब ६३ करोड २० लाख, प्लाइ तथा भेनियर रु दुई अर्ब ८७ करोड ३१ लाख मूल्य बराबरको निर्यात भएको छ । यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा रु २७ करोड २१…

Read More