
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
भोजपुर, ५ फागुन । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राक्ष बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्लामा रुद्राक्षबाट रु १५ देखि २० करोडको हाराहारीमा रकम भित्रने रुद्राक्ष व्यवसायी सङ्घका सचिव उत्तम कटुवालले जानकारी दिए । बजारमा मुखद्वार दानाको मूल्य राम्रो रहेको सचिव कटुवालले बताए । एक्काइस मुखे मुखद्वार एउटा दाना रु २० लाखदेखि ६० लाखसम्ममा बिक्री हुने गरेको उनको भनाइ छ । मुखद्वार बाहेकका दानाको भने मूल्य कम रहेको उनले बताए । “मुखद्वार रुद्राक्षको बजार मूल्य निकै राम्रो छ” सचिव कटुवालले भने, “ मुखद्वार दानाको मूल्य आकारको आधारमा निर्धारण हुन्छ । एक्काइस…
झापा, ५ फागुन । राजधानी काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौँको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ । जसअनुसार काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । भारतको दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ । २०१ एक्यूआईसहित दिल्ली विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो । त्यस्तै दक्षिण एसियाली मुलुक बङ्गलादेशको ढाका दोस्रो नम्बरमा छ । बिहानसम्म ढाकाको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ भने तेस्रो नम्बरमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १९० एक्यूआई मापन गरिएको छ ।
मनाङ, ५ फागुन । मनाङको भ्राका आसपास ३.८ म्याग्निच्युड भूकम्प गएको छ। नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार यो भूकम्प आज बिहान ८ः२२ बजे गएको हो। भूकम्पको केन्द्रबिन्दु भ्राका क्षेत्रमै रहेको र यसको प्रभाव आसपासका क्षेत्रमा महसुस गरिएको जनाइएको छ। नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्दछ र साना तथा मध्यम भूकम्पहरू समय समयमा आइरहन्छन्।
चन्द्र बस्नेतकनकाई, ५ फागुन । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा फक्ताङलुङ महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पूरा भएको छ । कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङलुङ एजुकेसन फाउण्डेसनको प्राङ्गणमा फागुन ७ गते आयोजना हुने फक्ताङलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको फाउण्डेशनका प्रिन्सिपल ओमविक्रम नेम्वाङले जानकारी दिनुभयो । विद्यालयको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजना हुन लागेको महोत्सवको उद्घाटन झापा क्षेत्र नं. ४ का सांसद एलपी सावा लिम्बू गर्ने उहाँले बताउनुभयो । सँगै कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको विशेष आतिथ्य रहने उहाँले बताउनुभयो । महोत्सवमा झापाका विभिन्न विद्यालयका सञ्चालक, शिक्षक तथा विद्यार्थी प्रतिनिधि, अविभावक, जनप्रतिनिधि, शिक्षासेवी लगायत २ हजारभन्दा बढीको…
बिर्तामोड, ४ फागुन । शिक्षा शिकोप निकेतनको चौथो वार्षिक उत्सव आज विविध कार्यक्रम गरी मनाइएको छ। झापाको बिर्तामोड २ मा रहेको स्कुलले विद्यालय परिसरमै विविध कार्यक्रमकाबिच वार्षिक उत्सव मनाइएको हो। बिर्तामोड नगरपालिका २ का वडाध्यक्ष किशोर पौडेलको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिजा राईको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको हो । प्रमुख अतिथि पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा शिकोप अभिभावक र विद्यार्थीको रोजाइमा पर्दै गएको बताए । स्कूलले वार्षिक उत्सवमा उत्कृष्ट नतिजा ल्याउने विभिन्न प्रतियोगितामा विजयी हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत समेत गरेको थियो । वार्षिक उत्सवमा विद्यार्थीहरूले नृत्य, गायन, स्पिच लगायतका आफ्ना प्रतिभाहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख…
झापा, ४ फागुन । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा अर्जुनधारा र कनकाई नगरपालिकाबीच हुने भएको छ । बिर्तामोडको डोमालाल रंगशालामा आज आयोजित पत्रकार सम्मेलनमा दुवै टिमले उपाधि हात पार्ने दाबी गरेका छन् । कनकाई नगरपालिकाका कोच सन्तोष रायमाझीले बिर्तामोड नगर खेलकुद विकास समितिले सवै भन्दा ठूलो पुरस्कार राशीको महिला फुटबल प्रतियोगिता गरेकोमा धन्यवाद दिए । उनले कनकाई र अर्जुनधाराका दुवै खेलाडी उत्कृष्ट रहेको बताउँदै जुन टिमले जिते पनि झापाकै जित हुने बताए पनि उपाधि कनकाईले उचाल्ने बताए । यता, अर्जुनधारा नगरका कोच पुष्प मादेनले आफ्नो टिम उत्कृष्ट रहेको तर, कनकाईको टिम पनि कमजोर नभएको…
बिर्तामोड, ४ फागुन । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, कार्यपालिका सदस्य तिला गौतम, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी र योजना शाखा प्रमुख जय तिम्सिना बिर्तामोड वडा नम्बर ७ स्थित शसत्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गोलधापबाट सरुवा भएर जानुहुने प्रहरी नायब निरीक्षक ९सई० ज्वाला खड्काको विदाई र सरुवा भएर आउनु हुने कुमार खड्कालाई स्वागत गर्दै ।तस्विर – नगर प्रमुखको सचिवालय
कनकाई, ४ फागुन । विश्वशान्तिको पवित्र उद्देश्यका साथ झापाको कनकाई नगरपालिका–४ स्थित कोटीहोममा ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजले महायज्ञ सुरु भएको छ । आज आइतबारबाट आगामी १५ गते बिहीवार सम्म समाजको आयोजनामा ‘विश्वशान्ति सत्संग साधना अनुष्ठान, धान्यचल, शिव महापुराण एवम् ज्ञानविज्ञान विराट महायज्ञ २०८१’ सुरु भएको हो । ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजका केन्द्रीय अध्यक्ष डिल्लीराम ढकालको अध्यक्षता तथा भारतको सिकिम राज्यका पुर्व कमिस्नर एवंम सूचना आयुक्त चन्द्रप्रकाश ढकाल (C.P)को प्रमुख आतिथ्यता बाट समुद्वघाटन गरिएको महायज्ञमा मुख्य कथा वाचकमा पुराणाचार्य पन्डित दुर्गा प्रसाद ढकाल तथा उपवाचकमा व्यासचार्य डेगनाथा ढकाल रहनुभएको छ। विभिन्न कर्म, झाँकी एवम् बाजागाजासहित महायज्ञ स्थलबाट…
झापा, ४ फागुन । झापाको झापा गाउँपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । आज दिउँसो झापा गाउँपालिका–५ पन्थपाडा स्थितमा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २५ वर्षीय तोफिजुल अलि र मोटरसाइकल पछाडि सवार २० वर्षीय चान महमदलाई पक्राउ गरेको हो । मे ३ प २०६६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको उनीहरुमाथि शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिकसहित ५९० मिलिग्राम (प्लाष्टिक बाहेक ३७० मिलिग्राम) सहित फेला परेको थियो ।
झापा, ४ फागुन । झापाको अर्जुनधारामा ट्रिपरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बेलुका अर्जुनधारा–७ स्थित मधुगिता क्रसर उद्योगमा को १ ख ७०१४ नम्बरको टि«परले मिक्स गिटी अनलोड गरी अगाडी बड्ने क्रममा सोही क्रसरमा काम गर्ने हल्दिबारी गाउँपालिका–२ का करिब २५ वर्षीय मोहन किस्कुलाई ठक्कर दिएको थियो । ट्रिपरको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको छ । घटनाबारे प्रहरी चौकी शनिश्चरेमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटी गई टि«पर र चालक मोरङ उर्लाबारी नगरपालिका–२ का ४१ वर्षीय गुमानध्वज खड्कालाई नियन्त्रणमा लिएको छ ।