jhapaonline add

काठमाडौँ, ४ चैत । विदेशमा कार्यरत नेपालीको जीउधनको सुरक्षाको प्रत्याभूति र त्यहाँ ज्यान गुमाएकहरूको शव स्वदेश फिर्ता ल्याउन कूटनीतिक पहलका लागि सांसदहरूले सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ का सुमिना तामाङको वैदेशिक रोजगारीका क्रममा इराकमा मृत्यु भएको र शव नेपाल झिकाउनका लागि आवश्यक कानुनी र कूटनीतिक प्रक्रिया अघि बढाउन माग गर्नुभयो । सांसद डा। चन्दा कार्की भण्डारीले पछिल्लो नौ दिनमा देशका विभिन्न स्थानमा १५ जनाको शव फेला परेको उल्लेख गर्दै सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी देखिएको बताउनुभयो । उहाँले हरेक तीन दिनमा औसत पाँच जनाको हत्या भइरहेको दाबी गर्नुभयो । सांसद दीपकबहादुर सिंहले…

Read More

काठमाण्डौ, ४ चैत । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले हराएको छ । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ ओभर ३ बलमा ९९ रनमा अलआउट भयो । सुदूरपश्चिमका शेर मल्लले सबैभन्दा धेरै ३२ रन बनाए । पुलिसका ललित राजवंशीले ६ विकेट लिए । यसअघि रुपन्देहीको सिद्धार्थ रङ्गशालामा टस जितेर ब्याटिङ गरेको पुलिसले ४७ ओभरमा १ सय ६० रन बनाउँदै सबै विकेट गुमायो । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ४२, आरिफ शेखले ४० रन बनाए । सुदूरपश्चिमका सौर्य श्रेष्ठले ४, भोजराज भट्टले ३ विकेट लिए । प्रतियोगितामा पुलिसको यो लगातार…

Read More

भोजपुर, ४ चैत । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने यो स्थानका स्थानीयवासीले बसाइँसराइ गर्दा बस्ती खण्डहरमा परिणत भएका हुन् । डेढ दशकको अवधिमा यो क्षेत्रबाट करिब एक सय ५० घरपरिवार अन्यत्र जाँदा बस्ती नै खण्डहर बनेको स्थानीयवासी तथा भानुभक्त प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रकाश पराजुलीले बताउनुभयो । मुख्य रूपमा बाँदर र पानीको समस्याले बसाइँसराइ बढ्दा अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरिय बस्ती खालीझै बनेको उहाँले बताउनुभयो । सविकको वडा नं ८ र ९ पर्ने यी क्षेत्रबाट ९८ प्रतिशतको हारहारीमा मानिसहरूले गाउँ छाडेर अन्यत्र गइसकेको उहाँले बताउनुभयो…

Read More

बिराटनगर, ४ चैत्र । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालनमा रहेको ७ कार्य दिनको “भत्केको संरचनामा गरिने खोज तथा उद्दार अनुशिक्षण तालिम प्रथम समुहको समापन भएको छ । फागुन २५ गतेबाट संचालन भएको उक्त तालिम चैत्र ४ गते कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख भीम बहादुर दहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि दहालले प्रहरी कर्मचारीहरूलाई खोज तथा उद्दार सम्बन्धि तालिम दिई उद्दार कार्यलाई थप प्रभावकारी बनाउन अनुशिक्षण तालिम दिईएको बताउनु भयो । मानव जीवनमा आईपर्ने कठोरतम् विपत्तिको उद्धार कार्यको प्रमुख जिम्मेवारी पाएको नेपाल प्रहरीले आफुसंग…

Read More

मोरङ, ४ चैत । मोरङ विराटनगर महानगरपालिका–१५ स्थितबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ३ गते इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुर बेलका नगरपालिका–२ का २० वर्षीय सुजन खड्कालाई लागूऔषध खैरो हिरोइन ११ ग्राम ४ मिलिग्राम, मोरङ केराबारी गाउँपालिका–३ का २४ वर्षीय उत्तम याख्खा, सुन्दरहरैंचा नगरपालिका–५ का ४५ वर्षीय मातृका सुवेदीलाई २ ग्राम ५३ मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका सबै जनाको थप अनुसन्धान भइरहेको छ ।

Read More

बिर्तामोड, ४ चैत । झापाको बिर्तामोड–४ स्थित मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले चालु आवमा आफ्ना शेयर सदस्यलाई ५५ लाख रुपैयाँभन्दा बढी रकम सहयोग वितरण गरेको छ । संस्थाले स्वास्थ्य उपचार, अप्रेशन, प्राणघातक रोग खर्चसहित कर्जा मिनाह लगायतको शीर्षकमा ४ सय बढी शेयर सदस्यलाई चालु आवको साउनदेखि माघ मसान्त सम्ममा ५५ लाख रुपैयाँ बढी उपलब्ध गराएको हो । शेयर सदस्यको उपचारका लागि र मृत्यु भएको खण्डमा प्रदान गर्ने राहत रकम, कर्जा मिनाह सहितका अन्य वितरण कार्यलाई निरन्तरता दिँदै गएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । झापा, मोरङ, पाँचथर र इलाम जिल्लाका ४६ वटा सेवा केन्द्र…

Read More

भद्रपुर, ४ चैत । जिल्ला प्रहरी कार्यालय झापाले फागुन महिनामा ७१ जना फरार प्रतिवदी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा अदालतबाट दोषी घोषित भई फरार रहेका ७१ जनालाइ पक्राउ गरेको हो । पक्राउ परेका फरार प्रतिवादी ३२ वर्ष ११ महिना २१ दिन कैद तोकिएको छ भने उनीहरुबाट ३३ लाख १५ हजार ७ सय ७ रुपैयाँ जरिवानासमेत असुल उपर भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, ४ चैत । झापाको शिवसताक्षी नगरपालिका–११ स्थित दुधे चोक नजिक भित्रि सडक खण्डमा भएको सवारी दुर्घटनामा घाइतेको बालकको मृत्यु भएको छ । चैत १ गते दुधेबाट शिवगञ्जतर्फ जाँदै गरेको प्र १–०१–००१च ८९५० नम्बरको पिकअपले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री शिवसताक्षी–९ का १२ वर्षीय आदर्श खनाललाई ठक्कर दिएको थियो । ठक्कटरबाट गम्भीर घाइते भइ उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा पठाइएकोमा उपचार क्रममा चैत ३ गते मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पिकअप चालक शिवसताक्षी–११ का २७ वर्षीय सागर भन्ने सिटु पौदारलाई नियन्त्रणमा लिएर कारबाहीसँगै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

ताप्लेजुङ, ४ चैत । सरकारले पाथीभरा (मुक्कुम्लुङ) मा केबलकार निर्माण विरोधको पक्षमा रहेकालाई लिखित रूपमा पत्र पठाएसँगै आन्दोलनरत पक्षले वार्ता सहजीकरण समिति गठन गरेको छ । आइतबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर दलीय १० सदस्यीय समिति गठन गरेको जनाएको हो । वार्ता सहजीकरण लागि सरस्वता सिंघक (सरु) को संयोजकत्वमा समिति चयन गरेको छ । समितिमा कुमार लिम्बू, सूर्यविक्रम चेम्जोङ, धनराज हुक्पा चोङवाङ, दीपक याक्खा, लवन न्यौपाने, सन्तोष मेहता, पदम जवेगु, सूर्यप्रकाश मावोहाङ (आलोक) र अर्जुन जुम्नेली राईलाई चयन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले चैत १ गते मुक्कुमलुङ ताङेसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर दलीय सङ्घर्ष समितिलाई…

Read More

झापा, ४ चैत । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई०को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जानकारी दिएको छ । परीक्षा नियन्त्रक पौडेलले, ‘गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए । यसवर्षको परीक्षामा विद्यार्थीहरुको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेर पाँच लाख १४ हजार ७१…

Read More