jhapaonline add

झापा, ६ बैशाख । इलामलाई कुनै बेला संगितको राजधानी मानिने गरिन्थ्यो । इलामले थुप्रै पुराना श्रष्टा कलाकारहरु जन्माई सकेको छ भने धेरै नयाँ अनुहारहरु पनि अहिले सांगितिक क्षेत्रमा उदाइरहेका छन । अहिले नेपाली रियालीटी सो The voice of nepal सिजन ६ चल्दैछ । त्यही the voice मा इलामे गायक प्रमेश राईको चर्चा सुरुबाट नै निकै नै छ ।उनै प्रमेश अहिले टिम राजुबाट अन्तिम प्रतिस्पर्धीको रुपमा फाइनल राउन्डमा सुरक्षित भैसकेका छन । इलाम रोङ गाउँपालिका वडा ६ सन सिटि भिलेज सलकपुरका प्रमेश सामान्य परिवारमा हुर्किएका हुन । पुर्ण बहादुर राई र रेनुका तामाङको कोखबाट २०६० सालमा जन्मिएका प्रमेशलाई आफ्ना आमाबुवाले खेती…

Read More

राजेश ढुंगानातिम्रोबिरालोकोम्याउँ म्याउँ जति पनिहुन सकेनम मान्छेको सिंहासन ?ममान्छेको आफ्नै सिंहासनतिम्रो भोटे कुकुरकोगर्जन जति पनि हुन सकेनम मान्छेको राज्याभिषेकतिम्रोपहराको बित्तामाननाप मान्छेलाईन त तिम्रो साम्राज्यकै कित्तामानाप मान्छेलाईमान्छेआफै एक्लैअनन्त लम्बाई होरमान्छे आफै एक्लैमासिंगै रसम्पूर्ण संसार हो ।तिमीलेलगाएको मुकुट तकेही दिनको पाहुना हुन सक्छम मान्छेले जन्मिँदै लगाएकोमान्छेको आफ्नै मुकुट चाहिँपाहुना होइनधुलो, मैलो र जस्तोसुकैमरञ्च्याँसे किन नहोस्तर त्योपटक्कै पाहुना हुँदै होइनजन्मेदेखि मान्छेआफ्नै मालिक होतिमीमान्छेको शिरमामान्छेको सिंहासनमा बसेकोमान्छेको आफ्नैमुकुटलाई अकण्टकआरामसँग बस्न देऊ उसलेविद्रोह बोल्नु अगावै

Read More

झापा, ६ बैशाख । झापाको बिर्तामोडमा आगलागी हुँदा ९० लाख बराबरको क्षति भएको छ । शुक्रबार राति बिर्तामोड–२ चैतुबारीस्थित लक्ष्मी श्रेष्ठले सञ्चालन गरेको रिद्धिसिद्धि प्लाई फ्याक्ट्रीमा प्लाई सुकाउने ड्रायर मेसिन तात्तिएर आगोलागी भएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी टोली खटिएको थियो । आगो नेपाल प्रहरी, स्थानीयबासी, सोही फ्याक्ट्रीका कामदार र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति १०ः२० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट प्लाई सुकाउने मेसिन जलेर करिब ९० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Read More

झापा, ६ बैशाख । झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट बैशाख ०५ गते लागूऔषध ब्राउनसुगरसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरी टोलीले कचनकवल गाँउपालिका–६ बनियानि चोक स्थितमा BR37 AE  6451 नम्बरको मोटरसाइकल चालक कचनकवल–५ का २८ वर्षीय कासिम मियालाई लागुऔषध ब्राउनसुगर ४४ ग्राम ८ सय २० मिलिग्रामसहित नियन्त्रणमा लिएको हो । यसैगरी, लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट मे ९ प ३४३६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आइरहेका पाँचथरको कुम्मायक गाउँपालिका–३ का २८ वर्षीय अइन्द्र विक्रम खड्कालाई २७ ग्राम १ सय ३० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । झापाको…

Read More

झापा, ६ बैशाख । सरकारले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत आज र भाेली (शनिबार र आइतबार) देशभरका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागका अनुसार, भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई खुवाइने छ। सोही अवसरमा एक वर्षदेखि पाँच वर्ष उमेर समूहका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइनेछ। साथै, बालबालिकालाई बालभिटा पनि वितरण गरिने र कुपोषणको परीक्षणसमेत गरिनेछ। स्वास्थ्यकर्मी र स्वयंसेविकाको सक्रियता कार्यक्रम सफल बनाउन देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालित गरिएका छन्। कार्यक्रमको इतिहास भिटामिन ‘ए’ कार्यक्रम सन् १९९३ (विक्रम संवत २०५०) मा आठ जिल्लाबाट…

Read More

बागलुङ, ६ बैशाख । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ । पछिल्लो समय तीव्ररुपमा प्रचारप्रसार हुँदा पर्यटक बढेका हुन् । नेपालको विभिन्न स्थानसँगै दक्षिण भारतबाट बढी पर्यटक शालिग्राम सङ्ग्रहालयमा आउने गरेको सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नचार्यले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्ष झण्डै ५० हजार बढी धार्मिक पर्यटक सङ्ग्रहालयमा आएका छन् । गत वर्ष एक लाख पर्यटक यहाँ आएकोमा चालु आवको…

Read More

बाँके, ६ बैशाख । बाँकेको राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरस्थित जंगलमा गुडिरहेको बसमा शुक्रबार राति अचानक आगलागी भएको छ। प्रदेश ३–०१–००६ ख ९८३ नम्बरको उक्त बस फत्तेपुरको ढलैयादेखि करिब ५०० मिटर पूर्वतर्फ रहेको स्थानमा आगलागी भएको हो। प्रहरीका अनुसार बिग्रिएको बस मर्मतका लागि नेपालगन्ज ल्याउने क्रममा यो घटना भएको हो। बसमा आगो लागेपछि चालक र सहचालकले हामफालेर ज्यान जोगाएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार आगलागीको खबर पाएलगत्तै दमकल घटनास्थलतर्फ पठाइएको थियो। नेपालगन्जबाट करिब एक घण्टापछि पुगेको दमकलले आगो नियन्त्रणमा लिएको भए पनि त्यसबेलासम्म बसको करिब ८० प्रतिशत भाग जलेर नष्ट भइसकेको थियो। बसमा आगलागीको…

Read More

झापा, ६ बैशाख । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका…

Read More

झापा, ६ बैशाख । झापा जिल्लाका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको संजालद्वारा आयोजित पाँचौं समीक्षा बैठक तथा दिगो विकासको लक्ष्य हासिलमा स्थानीय सरकारको भूमिका विषयक छलफल कार्यक्रम वैशाख ४ र ५ गते इलामको सुर्योदय नगरपालिकास्थित पर्यटकीय स्थल श्रीअन्तुमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संजालका संयोजक तथा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई ले गरेका थिए। झापा जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ वराल प्रमुख अतिथि रहनुभएको कार्यक्रममा संविधानसभा सदस्य महेन्द्राकुमारी सुब्बा र सुर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राई विशिष्ट अतिथि रहेका थिए। कार्यक्रमको मूल उद्देश्य पछिल्लो एक वर्षको कार्यप्रगतिको समिक्षा गर्नुका साथै दिगो विकासका लक्ष्यहरू प्राप्तिमा स्थानीय सरकारहरूको भूमिकालाई प्रस्ट्याउँदै आगामी नीति…

Read More

झापा, ७ चैत । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको छ । “चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा फागुन मसान्तसम्म रु दुई खर्ब ४१ अर्ब ९३ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव…

Read More