
राजेश ढुंगाना
तिम्रो
बिरालोको
म्याउँ म्याउँ जति पनि
हुन सकेन
म मान्छेको सिंहासन ?
म
मान्छेको आफ्नै सिंहासन
तिम्रो भोटे कुकुरको
गर्जन जति पनि हुन सकेन
म मान्छेको राज्याभिषेक
तिम्रो
पहराको बित्तामा
ननाप मान्छेलाई
न त तिम्रो साम्राज्यकै कित्तामा
नाप मान्छेलाई
मान्छे
आफै एक्लै
अनन्त लम्बाई हो
र
मान्छे आफै एक्लैमा
सिंगै र
सम्पूर्ण संसार हो ।
तिमीले
लगाएको मुकुट त
केही दिनको पाहुना हुन सक्छ
म मान्छेले जन्मिँदै लगाएको
मान्छेको आफ्नै मुकुट चाहिँ
पाहुना होइन
धुलो, मैलो र जस्तोसुकै
मरञ्च्याँसे किन नहोस्
तर त्यो
पटक्कै पाहुना हुँदै होइन
जन्मेदेखि मान्छे
आफ्नै मालिक हो
तिमी
मान्छेको शिरमा
मान्छेको सिंहासनमा बसेको
मान्छेको आफ्नै
मुकुटलाई अकण्टक
आरामसँग बस्न देऊ
उसले
विद्रोह बोल्नु अगावै
Facebook Comments Box


