
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बिर्तामोड, २५ माघ । किशोरीहरुको लागि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान बिर्तामोडमाधमाधम सञ्चालन भइरहेको छ । विद्यालय र विद्यालय बाहिरका किशोरीहरुका लागि माघ २२ गतेदेखि सुरु भएको यस अभियानमा खोपकर्मी र स्वयमसेवक गरि १०४ जना जनशक्ति खटिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ । माघ २७ गतेसम्म सञ्चालन हुने यस अभियानमा आजसम्मको तथ्याङ्क अनुसार ७५ प्रतिशत खोप लगाइसकिएको बिर्तामोड नगर अस्पतालका जनस्वास्थ्य निरिक्षक तथा कार्यक्रमका फोकल पर्सन गणेश रिजालले जानकारी दिनुभयो । बिर्तामोडमा बिद्यालयका ६ हजार ४३३ र बाहिरका १ हजार १३९ गरी कुल ७ हजार ५७२ जनालाई खोप लगाईने नगरका स्वास्थ्य शाखाका प्रमुख राजिब बिष्टले जानकारी दिनुभयो । यसका…
शिवसताक्षी, २५ माघ । झापाको शिवसताक्षी भएको निबन्ध लेखन अन्तर विद्यालय प्रतियोगितामा भानु माध्यमिक विद्यालय प्रथम भएको छ । वैदेशिक रोजगारीले नेपाली समाजमा परेको प्रभाव विषयक निबन्ध लेखन प्रतियोगितामा भानु माविकी कञ्चन काफ्लेले प्रथम स्थान हासिल गरेकी छिन् । प्रथम भएसँगै उनले नगद ५ हजार पुरस्कार समेत प्राप्त गरेकी छिन् । त्यस्तै प्रतियोगिता श्री बालनिकुञ्ज माविका छात्र झरेन्द्र मिश्रले द्वितीय स्थान हासिल गरेका छन् भने श्री क्याम्ब्रिज अंग्रेजी माविका छात्र गणेश घिमिरेले तृतीय स्थान हासिल गरेको आयोजक सताक्षीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहालले जानकारी दिए । दोस्रो र तेस्रो हुने छात्राहरुले क्रमशः नगद ३ हजार र २ हजार तथा प्रमाण…
सुनसरी, २५ माघ । सुनसरीको छुट्टा छुट्टै स्थानबाट लागुऔषध गाँजा बोकेको २ वटा सवारी साधन र एउटा मोटरसाईकल प्रहरीले प्रहरीले नियन्त्रणमा लिएको छ । माघ २४ गते बिहान ३ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चिमडी र इलाका प्रहरी कार्यालय हरीनगरबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेको HR70E9502 नम्वरको स्कारपिओ गाडी रोक्न खोज्दा नरोकी भागए पछि देवानगंज-७ स्थितमा अनियन्त्रित भई सडक भन्दा १० फिट तल झरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उक्त स्कारपियोबाट १० बोरा गाँजा, सोही स्थान नजिक रहेको ४ पोका गाँजा समेत (२९६ किलो ८५० ग्राम) र प्रदेश २-०३-००९ प ०९९७ नम्वरको मोटरसाईकल बरामद गरेको थियो । यसैगरी २४ गते…
झापा, २५ माघ । युक्रेनको अध्यागमन कानून उल्लंघनको कारण २०२४ को मे महिनादेखि युक्रेनको जेलमा रहेका दुई नेपाली नागरिकलाई जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले उद्धार गरी नेपाल फर्काइएको छ। युक्रेनको परराष्ट्र मन्त्रालय, International Organization for Migration (IOM), Border Security Guards Ukraine, मोल्डोभाको राजदूतावास र श्रीलंकाका अवैतनिक वाणिज्यदूतको सहयोगमा ६ फेब्रुअरी २०२५ मा नेपाली नागरिकहरूलाई मोल्डोभाको Chisinau बाट नेपाल फर्काइएको हो। नेपाल फर्कनका लागि आवश्यक हवाइजहाजको टिकटको व्यवस्था गैरआवासीय नेपाली संघको मुख्यालयले गरेको थियो। नेपाली राजदूतावासले युक्रेनमा रहेका नेपाली नागरिकहरूलाई २०७९ फागुन १० गते एक सूचना जारी गर्दै युक्रेन नजान र मानव तस्करको प्रलोभनमा नपर्न सचेत गराएको थियो। तर, त्यसको बाबजूद पनि…
झापा, २५ माघ । कैलालीको गोदावरी नगरपालिका–११ मा आमा–छोरी मृत अवस्थामा भेटिएका छन्। बिहीबार साँझ गोठान क्षेत्रमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी मृत अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराका अनुसार, साढे ७ बजेतिर मिरा घरमा झुन्डिएको अवस्थामा र प्रिन्सी पासो काटिएको अवस्थामा भुइँमा मृत अवस्थामा भेटिएका हुन् । मृतक मिराका देवर नरेश विकले झुन्डिएको अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका छन्, र घटनाका समयमा उनकी सासू आमा पनि घरमा उपस्थित नभएको प्रहरीले जनाएको छ। मृतक दुवै जनाको शव परीक्षणका लागि सेती…
सन्तोष शर्माबनियानी, २५ माघ । सरकारले निर्धारण गरेको कच्चा दुधको न्यूनतम् मूल्य आफूहरुले नपाएको कृषकले गुनासो गरेका छन् । पशुपालन तथा दुग्ध उत्पादन संघ झापाले सरकारले कच्चा दुधको न्यूनतम खरिद मूल्य निर्धारण गरे पनि आफूहरुले विगत १४ महिनादेखि नपाएको गुनासो गरेका हुन् । मन्त्रिपरिषदको २०७९ साल फागुन १९ गतेको निर्णय अनुसार कच्चा दूधको न्यूनतम खरिद मूल्य (सरकारी मापदण्ड अनुसार ४ युनिट फ्याट र ८ युनिट एसएनफ) रू ६५ मा चिलिङ्ग, ढुवानी लगायत अन्य खर्चका लागि थप गरी प्रतिलिटर रू ७५ रहेको पशुपालन तथा दुग्ध उत्पादन संघ झापाका अध्यक्ष लक्ष्मीप्रसाद सिटौलाले बताउनुभयो । सरकारले तोकेअनुसार दुध खरिद–बिक्री हँुदै आएका पनि २०८०…
झापा, २५ माघ । झापाको कनकाई नगरपालिकाबाट बिहीबार साँझ प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । कनकाई नगरपालिका–४ स्थित त्रिवेणी टोलमा लागुऔषध बेचबिखन भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ३१ वर्षीय डम्बरबहादुर माझीलाई चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिकसहित १ ग्राम ७०० मिलि ग्राम (प्लाष्टिक बाहेक ६४० मिलिग्राम) फेला परेकोले उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, २५ माघ । झापाको बिर्तामोड नगरपालिका–४ को एक लजमा बसेका हल्दिबारीका एक युवा मृत फेला परेका छन् । गएराति ११ बजे बिर्तामोड–४ स्थित एभरेस्ट होटल एण्ड लजमा हल्दिबारी–१ गोलधापका ३० वर्षीय सागर बेस्रा मृत फेला परेका हुन् । कनकाई नगरपालिका–७ दुर्गापुरकी २३ की मुना बिकसँग खाना खाएर उनी होटल सुतेका थिए । बेस्रा सुतेको कोठाभित्र बाथरुमको ढोकाको छेउ भुइँमा लडेर बेहोस भएको अवस्थामा उनकी साथी मुना बिक र होटल सञ्चालकले उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगेकोको थियो । हस्पिटलका चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको घोषणा गरेको थियो । प्रहरीले होटल सञ्चालक बिर्तामोड–५ की ४८ वर्षीया यामकुमारी उप्रेती र…
कनकाई, २५ माघ । झापाको कनकाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा नारायण न्यौपाने आउनुभएको छ । मोरङको लेटाङ नगरपालिकाबाट सरुवा भएर उहाँ झापाको कनकाई नगरपालिकामा आउनुभएको हो । कनकाईको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उहाँले जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले लेटाङ नगरपालिकामा २२ महिना कार्यभार सम्हालेपछि कनकाई नगरमा आउनुभएको हो । प्रशासनिक कार्य सम्पादनमा अब्बल न्यौपानेले लेटाङमा रहँदा नगरको प्रशासनिक, विकास र संरचनात्मक सुधारका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएको थियो । उहाँको नेतृत्वमा भएका महत्वपूर्ण कामहरूले लेटाङ नगरपालिकालाई नयाँ उचाइमा पु¥याएको ठहर गर्दै नगरले सम्मान समेत गरेको थियो । मोरङको सुन्दरहरैंचा नगरपालिका निवासी न्यौपानेसँग धनकुटाको प्राखिबास गाउँपालिका,…
झापा, २५ माघ । झापाबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक विद्युतीय सवारी सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते छन् । बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खयडअन्तर्गत गोलन्जोर गाउँपालिका–५ खनियाँखर्क नजिक इभी दुर्घटना भएको हो । दुर्घटनामा चालक दोलखा गौरीशंकर गाउँपालिकाका अन्दाजी २८ वर्षका सुशन नेपालीको मृत्यु भएको हो । त्यस्तै झापा बाह्रदशी १ बस्ने २७ वर्षीय किस्कु मण्डल, इलाम देउमाई नगरपालिका ८ बस्ने ५३ वर्षीय सनबहादुर तामाङ, मोरङ लेटाङ २ बस्ने ३२ वर्षीया देवी लिम्बू , काठमाडौको कागेश्वरी मनहरा ५ थली बस्ने वर्ष अन्दाजी २८ की स्वेता गिरी र सोही ठाउँका वर्ष अन्दाजी २८ का संजय…