
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बिर्तामोड, ६ साउन । झापाको बिर्तामोड–३ स्थित विराट पोखरी परिसरमा अनारमनी सोसल युथ क्लबको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फूल रोपण, फुटबल किट, डस्टबिन तथा सरसफाइ सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। ICFC Finance Ltd. को सहयोगमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष राज मुखियाको अध्यक्षता तथा बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन रुपेश तिम्सिनाले गरेका थिए। वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन तथा खेलकुदको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विराट पोखरी परिसरमा फूल रोपण गरिएको थियो। साथै सरसफाइका लागि डस्टबिन र आवश्यक सामग्री वितरण गर्नुका साथै स्थानीय युवाहरूलाई फुटबल किट हस्तान्तरण गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि,…
झापा, ६ साउन । वर्षा सम्भावनासँगै आज देशका विभिन्न स्थानमा बाढीको जोखिम देखिएको छ । बाढी पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार आज काठमाडौँसहित १८ जिल्ला र त्यस आसपासका खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना छ । बाढी महाशाखाले आज तेह्रथुम, संखुवासभा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, बाजुरा, डोटी, डडेलधुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम सम्भावना रहेको जनाएको हो ।
झापा, ६ साउन । बझाङको मष्टा गाउँपालिकास्थित कोटदेवललाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र, सुर्खेतका अनुसार बिहान ४ बजेर ४१ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का महसुस भएपछि स्थानीयवासी त्रसित बनेर घरबाहिर निस्किएका थिए । हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भएको जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
झापा, ६ साउन । पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनाबाट ५२ जिल्ला प्रभावित भएका छन् । सोमबार बिहानदेखि मङ्गलबार बिहानसम्मको अवधिमा विपद्का कारण दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार उक्त अवधिमा १७ वटा पहिरो, १० वटा अविरल वर्षाका घटना, आठ वटा सर्पदंश, सात वटा आगलागी, छ वटा बाढी, दुई वटा भूकम्प, तथा चट्याङ र जनावरको आक्रमणका एक–एक वटा घटना दर्ता भएका छन् । विपद्का कारण करिब रु १० लाख ७४ हजार ५०० बराबरको आर्थिक क्षति भएको छ।…
झापा, ६ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको…
झापा, ५ साउन । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले वर्तमान परिस्थितिमा देशलाई विभाजन नभई एकताको आवश्यकता रहेको बताएका छन्। बीपी स्मृति दिवसका अवसरमा मंगलबार जारी वक्तव्यमा देउवाले प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्रिय संवाद, सहकार्य र साझा भविष्य निर्माणमा जुट्न सबैलाई आग्रह गरेका छन्। उनले सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने भए पनि नेपाली जनताको लोकतान्त्रिक चेतना र न्यायप्रतिको विश्वासमा आफूलाई पूर्ण आस्था रहेको उल्लेख गर्दै छिट्टै स्वदेश फर्किने बताएका छन्। जेनजी आन्दोलनमा घाइते भएपछि उपचारका लागि सिंगापुर र त्यसपछि हङकङ गएका देउवा हाल उपचाररत छन्।
पर्सा, ५ साउन । कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष सञ्जय पटेल पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पोखरियाले वडाध्यक्ष पटेललाई आज बिहान कालिकामाई गाउँपालिका–३ हरिहरपुर बिर्ताबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गाउँपालिकाका एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनामा अभद्र व्यवहार मुद्दाअन्तर्गत उनलाई पक्राउ गरिएको हो। प्रहरीले घटनामा संलग्न अन्य आरोपितहरूको खोजी भइरहेको जनाएको छ। गत असार २३ गते गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि गाउँ कार्यपालिकाको कार्यालयभित्रै वडाध्यक्ष पटेलसहितको समूहले कुटपिट तथा दुर्व्यवहार गरेको आरोप छ। घटनापछि कार्यालय समयमै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण भएको भन्दै कालिकामाई गाउँपालिकाका सम्पूर्ण कर्मचारीले दोषीमाथि कानुनी…
इलाम, ५ साउन । लगातारको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसँगको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। मेची राजमार्गअन्तर्गत माइखोलाको राजदुवाली सडकखण्ड विगत १५ दिनदेखि अवरुद्ध रहँदा मेची पहाडी क्षेत्रका सर्वसाधारणले सास्ती खेपिरहेका छन्। राजमार्ग बन्द भएपछि इलामबाट झापा पुग्ने भरपर्दो कुनै पनि सडक सञ्चालनमा छैन। वैकल्पिक रूपमा प्रयोग हुँदै आएका केचना–कञ्चनजङ्घा सडक र तिल्केनी–सिमल गोलाई सडक अन्तर्गत पुवा खोला र जोगमाई खोलामा बनाइएका अस्थायी डाइभर्सन बाढीले बगाएपछि आवतजावत पूर्ण रूपमा प्रभावित भएको हो। सडक डिभिजन कार्यालय इलामका इन्जिनियर अर्जुन घिमिरेका अनुसार बाढी घटेपछि डाइभर्सन निर्माण गरिए पनि पुनः आएको बाढीले बगाइदिने गरेको छ। राजदुवाली सडकखण्डमा खोला किनारमा पर्खाल…
झापा, ५ साउन । झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश एवं कर्मचारी मिलन केन्द्र झापाका सल्लाहकार संयोजक उमेशप्रसाद लुइटेलको काठमाडौं जिल्ला अदालतमा सरुवा भएपछि कर्मचारी मिलन केन्द्र झापाले विदाइ कार्यक्रम आयोजना गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालय झापामा आयोजित ‘विदाइ तथा फेरि भेटौँला’ कार्यक्रममा प्रमुख न्यायाधीश लुइटेललाई सम्मानसहित बिदाइ गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख न्यायाधीश लुइटेलले झापामा करिब २२ महिना कार्यरत रहँदा अदालतको न्याय सम्पादन प्रक्रियामा कार्यालय प्रमुखहरूबाट अपेक्षाअनुसार समन्वय र सहयोग प्राप्त भएको बताए। उनले न्यायाधीशलाई राज्यले सुम्पिएको निर्वाचनसम्बन्धी जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न कर्मचारी वर्गबाट उल्लेखनीय सहयोग प्राप्त भएको उल्लेख गर्दै सबैप्रति धन्यवाद…
इलाम, ५ साउन । इलामको सूर्योदय नगरपालिका–१० निवासी मुकेश गुरुङले अन्तर्राष्ट्रिय स्तरमा आयोजित ६औँ हिमालयन इन्टरनेशनल अवार्ड २०२६ मा सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल अवार्ड जितेका छन्। सिक्किमको राभाङ्लास्थित कम्युनिटी हलमा सम्पन्न अवार्ड समारोहमा गुरुङले चर्चित गीत ‘परान’को म्युजिक भिडियोमा गरेको उत्कृष्ट अभिनयका लागि यो प्रतिष्ठित सम्मान प्राप्त गरेका हुन्। सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय गुरुङले आफ्नो मेहनत, समर्पण र कलाप्रतिको प्रतिबद्धताका कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कलाकारको पहिचान स्थापित गर्न सफल भएको बताइएको छ। ‘परान’ गीतको भिडियोमा उनको प्रभावशाली अभिनयले दर्शक र निर्णायक दुवैको मन जित्दै उनलाई यस वर्षको सर्वोत्कृष्ट म्युजिक भिडियो मोडलको उपाधि दिलाएको हो। उनको यो उपलब्धिले व्यक्तिगत सफलतासँगै इलाम…