
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २१ असार । फिफा विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा आज राति ५ पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन् । यो खेल राति पौने २ बजे अमेरिकाको न्युयोर्क न्यु जर्सी रङ्गशालामा शुरू हुनेछ । नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोस्टलाई समान २–१ हराउँदै अन्तिम १६ मा पुगेका हुन् । ब्राजिल समूह ‘सी’ को विजेता र नर्वे समूह ‘आई’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् । नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेको छैन । यी दुई टोलीबीच अहिलेसम्म ४ पटक अन्तर्राष्ट्रिय खेल भएको छ । नर्वेले सन् १९९८ को विश्वकपमा नर्वेले ब्राजिललाई २–१ ले हराएको थियो । यस्तै नर्वेले…
विराटनगर, २१ असार । नेपाल वन निगम लिमिटेडलाई खारेज गर्नुपर्ने पूर्वी नेपालका काष्ठ व्यवसायीले माग गरेका छन् । डिभिजन वन कार्यालयमार्फत अधिकतम एक हजार २५० रुपैयाँ क्युबिक फिटका दरले सखुवा प्रजातिको गोलिया खरिद गरी त्यसबाट उत्पादन हुने करिब ८० प्रतिशत चिरान काठलाई चार हजार ३५० रुपैयाँका दरले सर्वसाधारण उपभोक्तालाई बिक्री गर्दै आएको निगम निरन्तर घाटामा गएपछि व्यवसायीले खारेजीको माग गरेका हुन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष निर्मल खतिवडाले भन्नुभयो, “वन कार्यालयलाई एक हजार २५० क्युबिक फिटको दरले राजस्व बुझाई गोलिया काठ खरिद गर्ने र त्यसबाट उत्पादन हुने चिरान काठलाई चार हजार ३५० मा बिक्री गर्दा…
काँकडभिट्टा, २१ असार । मेची नेत्रालय तथा नेत्र अनुसन्धान केन्द्र प्रालिले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा मेचीनगर नगरपालिकाका बासिन्दाका लागि विशेष स्वास्थ्य सेवा तथा छुट योजना सार्वजनिक गरेको छ।समुदायलाई सहज, गुणस्तरीय र पहुँचयोग्य नेत्र स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत मेचीनगरका स्थायी बासिन्दाले केवल ५० रुपैयाँमा आँखा परीक्षण गराउन सक्नेछन्। साथै, मोतिबिन्दुको शल्यक्रियामा विशेष छुट तथा चश्मा खरिदमा २० प्रतिशत छुट प्रदान गरिने अस्पतालले जनाएको छ।यो सुविधा मेचीनगर नगरपालिकाका स्थायी बासिन्दाका लागि मात्र लागू हुने अस्पतालले स्पष्ट गरेको छ। सेवाग्राहीले आवश्यक परिचय खुल्ने कागजातसहित अस्पतालमा उपस्थित भई उक्त सुविधाको लाभ लिन सक्नेछन्।मेची नेत्रालयले विगत १९ वर्षदेखि पूर्वी नेपालमा आधुनिक…
झापा, २१ असार । आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन आज तोलाको २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ७०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । भाउ घटेर चाँदी आज तोलाको ४ हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ६१५ रुपैयाँ रहेको थियो ।
झापा, २१ असार । बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले सहकारी ठगीबाट पीडित साना बचतकर्तालाई राहत उपलब्ध गराउने अभियान सुरु गरेको जनाएको छ। सरकारले आफ्नो १०० दिने उपलब्धि सार्वजनिक गर्दै शनिबार जारी गरेको प्रतिवेदनअनुसार समस्याग्रस्त १० वटा सहकारी संस्थाका १ हजार ७ सय ५४ जना साना बचतकर्तालाई २ करोड ६३ लाख ९० हजार रुपैयाँ बचत फिर्ता गरिएको छ। प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएका बेथिति तथा ऋण असुलीमा देखिएको समस्या समाधान गर्न सरकारले विशेष प्रणाली विकास गरी असुली प्रक्रियालाई तीव्रता दिएको उल्लेख गरिएको छ। साथै, पीडित बचतकर्ताको रकम फिर्ता गराउने कार्यलाई प्रभावकारी बनाउन सरकारले २५ करोड रुपैयाँ बजेट निकासा गरिसकेको पनि जनाएको छ।…
चितवन, २१ असार । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ । शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उनकी चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिनुभयो । हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उहाँको कच्ची घरमा आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो ।
बिर्तामोड, २१ असार । बिर्तामोड नगरपालिकाले लघुउद्यम विकास कार्यक्रमअन्तर्गत महिलाहरूलाई विभिन्न प्रकारका उद्यम सञ्चालनका लागि आवश्यक प्रविधि तथा उपकरण वितरण गरेको छ। सिलाइ–कटाइ, ब्युटी पार्लर, धूपबत्ती तथा साबुन निर्माणसम्बन्धी तालिम लिएर उद्यमशील बन्न इच्छुक महिलाहरूलाई २० प्रतिशत लागत साझेदारीमा ती उपकरण उपलब्ध गराइएको हो। नगरपालिकाले ९ थान बडी सिलाइ मेसिन, ५ थान इन्टरलक मेसिन, ८ थान प्याकेजिङ मेसिन, ३ थान जूकी मेसिन, ६ सेट साबुन ड्राइ फर्मा, १ थान डिजिटल काँटा, ११ थान हेयर ड्रायर, ११ थान कैंची, ११ सेट म्यानिक्योर तथा ११ सेट पेडिक्योर सामग्री वितरण गरेको जनाएको छ। नगरपालिकामा आयोजित संक्षिप्त कार्यक्रममा कार्यवाहक नगरप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय…
झापा, २१ असार । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधारणतया बादल लाग्ने तथा कोशी, मधेस र बागमती प्रदेशका तराईमा आंशिकदेखि साधारणतया बादल लाग्ने…
झापा, २० असार । झापाको अर्जुनधारा नगरपालिका–८ स्थित सब्जीलाइन क्षेत्रमा ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार अपराह्न करिब ३ बजे लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको संयुक्त टोलीले बिर्तामोडबाट शनिश्चरेतर्फ आउँदै गरेको बा ५७ प ७७३३ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–८ निवासी ४१ वर्षीय सरोज गहतराजको साथबाट ‘N10’ लेखिएको खोलबिनाको ३० थान सेतो ट्याब्लेट तथा ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। बरामद पदार्थको तौल गर्दा प्लास्टिकसहित ३३ ग्राम १०० मिलिग्राम र प्लास्टिकबाहेक २३ ग्राम ५५० मिलिग्राम…
झापा, २० असार । यस वर्ष सुरु भएपछि वैशाख १ देखि असार १९ गतेसम्म विपदजन्य घटनामा १२७ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल दुई हजार ७२१ विपदजन्य घटनामा १२७ को मृत्यु भएको तथा ७७३ जना घाइते भएका छन् । ती विपदमा तीन हजार ७२२ परिवार प्रभावित भएको पनि प्राधिकरणले आज सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ । सबैभन्दा बढी सर्पदङ्शका ३९८ घटनामा परेर २३ जनाको मृत्यु भएको छ भने ३७५ जना घाइते भएका छन् । यस्तै लेक लागेका ५४ घटनामा २१ जनाको मृत्यु र ३४ जना…