jhapaonline add

धुलाबारी, १९ माघ । नेपाल स्काउट मेचीनगरको तेस्रो नगर स्काउट क्याम्प २०८१ धुलाबारीमा सम्पन्न भएको छ । क्याम्पको उद्घाटन स्थानीय संरक्षक एवम् नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका हुन् । समापन उपप्रमुख मीना उप्रेती पोखरेलले गरेकी थिइन् । कार्यक्रममा राष्ट्रिय तालिम आयुक्त भुवन सुब्बा, राष्ट्रिय परिषद् सदस्य अरुण बस्नेत, कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारी, शहिद दशरथ माविका प्रधानाध्यापक केशव पौडेल, नेशनल प्याब्सन मेचीनगरका अध्यक्ष कविन्द्र श्रेष्ठ, हिमालयन इङ्लिस एकाडेमीका प्रिन्सिपल जगतबहादुर तामाङले शुभकामना मन्तव्य राखेका थिए । क्याम्पको व्यवस्थापन हिमालयन इङ्लिस एकाडेमी धुलाबारीले गरेको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका इन्चार्ज एवम् प्रहरी…

Read More

झापा, १९ माघ । गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याको आवश्यक समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ । गृह मन्त्रालयले केबलकार नियमनको विषय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्ने भएकाले यस्तो जिम्मेवारी दिइएको गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषय समेतलाई ध्यान दिई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधान गर्न तत्काल पहल अघि बढाउन गृह मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधानको पहल अघि बढाउन…

Read More

सन्तोष शर्माझापा, १९ माघ । झापामा छ जना बालबालिकासहित ६६ जना कुष्ठरोगीका नयाँ बिरामी फेला परेका छन् । चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा छ जना बालबालिकासहित ६६ वटा नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो । नयाँ भेटिएका कुष्ठरोगीमा धेरै किटाणु भएको बिरामीको संख्या ४७ जना रहेको छ भने कम किटाणु भएको बिरामीको संख्या १९ जना रहेको छ । जिल्लाको १५ वटा पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ जना नयाँ कुष्ठरोग फेला परेका छन् भने कनकाई नगरपालिकामा एक जना पनि भेटिएको छैन । त्यस्तै, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एक÷एक जना, शिवसताक्षीमा सात, कमलमा तीन,…

Read More

हल्दिबारी, १९ माघ । झापा हल्दीबारी गाउँपालिकामा १५ औँ राष्ट्रपति रनिङ शील्ड खेलाडी छनौट प्रतियोगिता शुरु भएको छ । यहाँस्थित हल्दिबारी माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा गाउँपालिकाका सामुदायिक र संस्थागत गरी १२ वटा विद्यालय सहभागी छन् । राष्ट्रपति रनिङ शिल्डका खेल संयोजक एवम् वडा नं. ४ का वडाध्यक्ष सन्तकुमार थापाको अध्यक्षतामा भएको औपचारिक उद्घाटन कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनको प्रमुख आतिथ्य रहेको थियो । गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष टीकादेवी राउत, शिक्षा अधिकृत जनककुमारी राई, नम्बर १ का वडाध्यक्ष देवीबहादुर थापा, २ का वडाध्यक्ष शुकलाल राजबंशी, विद्यालय प्रधानाध्यापक…

Read More

कञ्चनपुर, १९ माघ । नेपाली कांग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुरको भीमदत्त–१८ स्थित वडा कार्यालय नजिकैको सडकमा घोप्टो परेको अवस्थामा आज बिहान उहाँको शव फेला परेको हो । करिब ४० वर्षीय कलौनीको मृत्यु रहस्यमय देखिएकाले सत्य तथ्य जाँचबुझ गर्नुपर्ने चौतर्फी माग भइरहेको छ । घटनाबारे थाहा पाए लगत्तै प्रहरीले अनुसन्धान थालेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश राज जोशीले जानकारी दिनुभयो ।

Read More

झापा, १९ माघ । झापाको मेचीनगर–१० धुलाबारीमा निर्माण भएको अदुवा प्रशोधन केन्द्र केही वर्ष सञ्चालनमा आएर बन्द भएपछि करोडौँ लगानी खेर गएको छ । अदुवाको उत्पादन, प्रशोधन तथा व्यापार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले निर्माण भएको अदुवा प्रशोधन केन्द्र बन्द भएको हो । सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार सञ्चालनमा आएको अदुवा प्रशोधन केन्द्र ९परियोजना० का लागि विश्व व्यापार सङ्गठनले ११ लाख ७३ हजार ६९४ डलर खर्च गरेको थियो । भारतीय व्यापारीको सिन्डिकेटको कारण प्रशोधन केन्द्र नचलेको उद्योगी नरेन्द्र खड्काले जानकारी दिनुभयो । सो उद्योग उहाँले नै सञ्चालन गर्नुभएको थियो । भारतको क्वारेनटाइनले माटो भएको अदुवा जान नदिनु, कोलकातामा ल्याब टेस्ट गरेर मात्रै लैजान…

Read More

चन्द्र बस्नेतकनकाई, १९ माघ । झापाको कनकाई नगरपालिकामा ३ हजार ९९ किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगविरूद्वको एचपीभी खोप लगाउने भएको छ । स्वास्थ्य कार्यालय झापाको समन्वयमा कनकाई नगर स्वास्थ्य शाखाले आगामी माघ २२ गतेबाट २८ गते सम्म एचपीभी खोप अभियान सञ्चालन गर्न लागेको हो । खोप अभियानका विषयमा आज कनकाई नगरपालिकामा एचपीभी खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत गरिएको छ । विद्यालयभित्र रहेका कक्षा–६ देखि कक्षा–१० सम्मका छात्रा र विद्यालय बाहिर रहेका ११ वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाइने कार्यालयका जनस्वास्थ्य निरीक्षक केशव रिजालले जानकारी दिनुभयो । माघ २२ गते विश्व क्यान्सर दिवसको अवसरमा झापाका सबै पालिकासहित देशभर एकै पटक…

Read More

बनियानी, १९ माघ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा हरिबोल गजुरेलले पार्टीलाई मजबुदर बनाउन नेता–कार्यकता रुपान्तरण हुनुपर्नेमा जोड दिनुभएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको आज आठौं पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै नेता गजुरेलले पार्टीलाई नयाँ तरिकाले अघि बढाउन आवश्यक रहेको नेता–कार्यकर्ता रुपान्तरण हुनुपर्नेमा जोड दिनुभयो । पार्टी भित्रका अन्तरविरोध हटाउनु पर्ने बताउनुहुँदै उहाँले सुधारात्मक अन्तरविरोध आवश्यक रहेको औंल्याउनुभयो । “पार्टीलाई मजबुद बनाउन सबै नेता–कार्यकताहरु तल्लो तहमा उत्रिएर वैचारिक रुपमा नागरिकलाई संगठित गर्नुपर्छ”, प्रदेश नं. १ का इञ्चार्ज समेत रहनुभएका उहाँले भन्नुभयो, “अब युवाहरु जाग्नु पनि जाग्नुपर्छ ।” पार्टी कमजोर हुनुमा नेता कमजोर नभई नीतिगत त्रुटीले गर्दा पार्टी कमजोर…

Read More

झापा, १९ माघ । नवलपरासी पश्चिमको सरावल गाउँपालिका–१ सालबासमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । अर्का युवक गम्भीर घाइते भएका छन्। गएराति सरावल–१ सालबासस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नं ३–०२–००६ प ९८३६ को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार रुपन्देहीको शुद्धोधन गाउँपालिका अमहवा बस्ने २८ वर्षीय कमल परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी रेशम बोहराले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको लिखु गाउँपालिका– ३ घर भएका २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन्। उनले लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ। तीव्र गतिमा रहेको मोटरसाइकल सडकको…

Read More

मोरङ, १९ माघ । विराटनगर–५ मा मामाघर आएकी एक जना बालिकाको हत्या गरी शव करेसाबारीमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भारतको बिहारबाट विराटनगर मामाघर आएकी १४ वर्षीया चाँदनी यादवको शव हत्यापछि खाल्डो खनेर गाडिएको अवस्थामा शुक्रबार दिउँसो फेला परेको प्रहरीले बताएको हो । मोरङ प्रहरीका अनुसार हत्यापछि शव गाडेको आरोपमा अनुसन्धानका लागि मावलीतर्फका हजुरबुवा ५७ वर्षीय सर्जुग मण्डललाई पक्राउ गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले विराटनगर–५ घर भएका मृतक बालिका चाँदनीका हजुरबुवा सर्जुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए । उनका अनुसार एक हप्ताअघि हत्या गरेर शव गाडेजस्तो देखिन्छ । शव गाडेको स्थानलाई तोरीको…

Read More