jhapaonline add

भद्रपुर, २१ माघ । झापाको कनकाई नगरपालिका–१ स्थित जुकेकल्भर्टमा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । पूर्व–पश्चिम लोकमार्ग अन्तरगत सुरुङ्गाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे ४ प ९५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई डाईभर्सनमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सिटौलाको टाउको, निधारमा चोट लागेको थियो । घाइते उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पु¥याउन साथ चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाका सम्बन्धमा…

Read More

ताप्लेजुङ, २१ माघ । ताप्लेजुङको पाथिभरा याङ्बरक गाउँपालिका–१ स्थितबाट एक नाले भरुवा बन्दुकसहित स्थानीय ४० बर्षीय बिर्खराज राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेका छन भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी नायव उपरीक्षक रबि रावल सहितको प्रहरी टोली खटिगई घर खानतलासी गर्दा घरभित्र लुकाईछिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक फेला परेकोमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भरुवा बन्दुक सहित पक्राउ परेका राईको आवश्यक कानूनि कारवाही तथा थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, २१ माघ । झापाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । आइतबार साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बसपार्क हुँदै भारतबाट नेपालतर्फ अबैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको वडोमस नामक मदिरा ९० बोतल, १२ भोल्टको एक्साइड कम्पनीको व्याट्री थान ४, इन्भटर थान ३ गरी जम्मा करिब ३ लाख ३५ हजार रुपैयाँ बराबरको अवैध सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।

Read More

झापा, २१ माघ । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भूभागको मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ । मधेस प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै स्थानहरूमा लाग्ने हुस्सुरकुहिरो मध्याह्नपछि क्रमिक रूपमा सुधार हुने र बाँकी तराईका केही स्थानहरूमा लाग्ने हुस्सुरकुहिरो मध्यान्न सम्ममा सुधार हुने सम्भावना रहेको छ । सोको प्रभावले मध्यान्न सम्मको समयमा तराई भूभागको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

Read More

झापा, २१ माघ । महोत्तरीको गौशाला नगरपालिका–८ की २१ वर्षीया युवतीको हत्या भएको छ। विवाह भएको दुई महिनामै आइतबार गौशालाकी खुश्वु यादवको हत्या भएको अवस्थामा शव फेला परेको हो । हत्या उनको पति अभिषेक यादवले गरेको आरोप माइती पक्षले लगाएको छ । मृतकका पति हाल फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले डीएसपी सन्तुलाल जैसवालले बताए । हत्यामा परिवारका अन्य सदस्यको पनि मिलेमतो रहेको आशंका रहेको उनले सुनाए । खुश्बुको शव आइतबार दिउँसो गौशाला–५ को एकान्त ठाउँमा रहेको भिसघारीमा फेला परेको हो। घरदेखि केही टाढा रहेको रुख बुट्यान रहेको घारी क्षेत्रमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा उनको शव फेला…

Read More

झापा, २१ माघ । मुलुकको कूल व्यापार घाटा सात खर्ब २३ अर्ब ५८ करोड रुपैयाँ बराबर पुगेको छ । चालु आर्थिक वर्षको छ महिनामा कूल वस्तु व्यापार घाटा चार दशमलव चार प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा दुई दशमलव छ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दशमलव आठ प्रतिशत थियो । चालु आवको छ महिनामा कूल वस्तु निर्यात ३१ दशमलव आठ प्रतिशतले वृद्धि भई रु ९८ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो…

Read More

झापा, २१ माघ । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । गृह मन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता टोली गठन गरिएको जनाएको छ । वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग गर्न गृह मन्त्रालयले अपिल गरेको सहसचिव एवम् प्रवक्ता…

Read More

झापा, २१ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्…

Read More

भद्रपुर, २० माघ । झापाको भद्रपुर–१ स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा धार्मिक महोत्सव हुने भएको छ। मन्दिर स्थापनाको ५४ वर्षको उपलक्ष्यमा श्रीमत्तारतम ब्रह्मवाणी चर्चा तथा संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञसहित धार्मिक महोत्सव हुने भएको हो । आगामी फागुन ३ देखि ९ गतेसम्म चल्ने अनुष्ठान झापा मात्र नभई नेपाल तथा भारतभरिका कृष्णभक्तहरूलाई जोड्ने महायात्राको रूपमा लिइएको छ। यस ज्ञान महायज्ञमा श्रीकृष्ण प्रणामी धर्मका परम पूजनीय धर्माचार्य अनन्त श्री विभूषित जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराज तथा आचार्य श्री १०८ सूर्यनारायणदासजी महाराजको आशिर्वचन प्राप्त हुने आयोजकले जनाएको छ । कार्यक्रमको भव्य उद्घाटन मंगलधाम कालिम्पोङका अन्तर्राष्ट्रिय प्रवक्ता गुरुजी श्री १०८ मोहन प्रियाचार्यजी महाराजबाट गरिनेछ भने…

Read More

झापा, २० माघ । झापाको झापा गाउँपालिकाबाट आज दिउँसो लागुऔषधसहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका–५ का ३५ वर्षीय चिरञ्जीवी भुजेल र ३८ वर्षीय सुरेश ऋषिदेव रहेका छन् । झापा गाउँपालिका–४ बालुबाडी स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको चेकिङ टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिक बाहेक १ ग्राम ४५ मिलिग्राम फेला परेको थियो । साथै, चिरञ्जीवी भुजेलको साथबाट १८ हजार र सुरेश ऋषिदेवको साथबाट ८८ हजार ३०० रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More