
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २० माघ । प्रेमीबाट छुटाउन विराटनगर महानगरपालिका–५ विशाल चोकमा १४ वर्षीय चाँदनी यादवको हत्या भएको खुलेको छ । हत्यापछि आमाबुवा र मावलीतर्फका आफन्तले चार फिट गहिरो खाडल खनेर गाढेको खुलेको हो । प्रेमीबाट छुटाउन बाबुआमा र मावली परिवार मिलेर हत्या गरेपछि मावली घरदेखि १२५ मिटर उत्तरमा चार फिट गहिरो खाल्डो खनेर गाडेको अवस्थामा शुक्रवार चाँदनी यादवको शव फेला परेको थियो । भारत बिहार प्रदेशको छपरा जिल्लामा घर भएकी उनी पुस पहिलो हप्ता आमा राजकुमारी र दाजुसँग मामाघर विराटनगर आएकी थिइन् । आमा घर आएको एक महिनापछि माघ ११ गते मा हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । ‘भारतमा १…
झापा, २० माघ । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। आज बिहान कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’
झापा, २० माघ । ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२१ अगष्ट ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो । सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्र्राष्ट्रिय महत्वको सिमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो । संरक्षित क्षेत्रहरूको घोषणा, प्रभावकारी नीतिको कार्यान्वयन र ज्ञान आदानप्रदानमार्फत उक्त महासन्धिले राष्ट्रहरूलाई…
झापा, १९ माघ । भारतमा लाग्ने प्रख्यात कुम्भ मेलाबाट फर्किने क्रममा भएको सवारी दुर्घटनामा परी महोत्तरीका एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटना भारतको मुजफ्फरपुर सदरथाना क्षेत्रमा दिउँसो २ बजेको समयमा भएको हो । तीव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियो अर्को दिशाबाट गुडिरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको भारतीय प्रहरीले जनाएको छ । दुर्घटनामा श्रीमान्, श्रीमती, मामा, माइजू र चालकको मृत्यु भएको हो । दुर्घटनामा थप चार जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा महोत्तरीको मनरासिस्वा नगरपालिका–२ कट्टी घर भएका ६० वर्षीय बालकृष्ण झा, ५० वर्षीया इन्दुदेवी, ५५ वर्षीय मनतारण देवी, ३० वर्षीया अर्चना…
जलथल, १९ माघ । मुक्तियोद्धा अमृतबहादुर आङ्देम्वेको आज संस्कार अनुसार अन्त्येष्टि गरिएको छ । मुक्तियोद्धा आङ्देम्वेको पार्थिव शरीरमा नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको झण्डा ओढाएर अन्तिम विदाई गर्नु भएको थियो । सो क्रममा नेता सिटौलाले निष्ठाको राजनीतिका पर्यायका रूपमा रहेका आङ्देम्वेको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताउनु भयो । कांग्रेस नेताहरू कृष्णप्रसाद भट्टराई, विपी कोइराला, भुविक्रम नेम्वाङ, सिके प्रसाईं, गिरीजाप्रसाद, सुशील कोइराला जस्ता नेताहरू सहपाठी रहेका स्व। आङ्देम्वे पार्टीका इमान्दार कार्यकर्ताको रूपमा चिनिएको नेता सिटौलाले बताउनु भयो । राणा शासन विरूद्व हतियार उठाएर जनताको मुक्तिका लागि लडेका मुक्तियोद्वा आङ्देम्बेले कहिले पनि आफूलाई परेको दुःख पोखेर गुनासो…
भद्रपुर, १९ माघ । २८६१ औं मञ्जुश्री संवत तथा सोनाम ल्होछारको अवसर पारेर नेपाल तामाङ घेदुङ नगर कार्य समिति भद्रपुरले विविध कार्यक्रम सम्पन्न गरेको छ । घेदुङले भद्रपुर ३ स्थित गोले चौकको खुल्ला मैदानमा अग्रज व्यक्तित्व सम्मान, तामाङ साँस्कृतिक नुत्य प्रस्तुत तथा ल्होछारको बारेमा विविध प्रवचन कार्यक्रम सम्पन्न गरेको हो । घेदुङका नगर अध्यक्ष बसन्तकुमार तामाङको अध्यक्षता तथा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री राजवंशीले जातीय पहिचान स्थापित गर्न भाषा, धर्म र संस्कृति बचाउनु पर्ने धारणा राख्दै मौलिकताबिना जानीयता नरहने प्रष्ट पारेका थिए । राज्यमन्त्री राजवंशीले राजनीतिक…
झापा, १९ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० झापाको सातौ जिल्ला अधिबेशन सम्पन्न भएको छ । शनिबार झापाको बिर्तासिटीसेन्टर स्थित साई पार्टी प्यालेसमा भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० झापा जिल्लाको सातौ अधिबेशनबाट अर्जुन राजवंशीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा तिलक योञ्जन तामाङ, सचिवमा सन्तोष पेघा, सहसचिवमा भारती राई र कोषाध्यक्षमा नरेश गुरुङ रहेका छन् भने सदस्यहरुमा क्रमशः सुरेश आले मगर, सुजन राई, शौरभ मुखिया, रविकिरण वान्तवा राई, विष्णुकुल श्रेष्ठ, मिना नेम्वाङ, जिके शर्मा र सुमन वेघा रहेका छन् । यसैगरी संघीय महाधिवेशन प्रतिनिधिमा दिपीन राई, भूमिका फियाक, रमेश राई, गणेशमान…
शिवसताक्षी, १९ माघ । झापाको कमल गाउँपालिकामा जारी अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले उचाल्यो छ । आयोजक कमल गाउँपालिकालाई ३–० गोल अन्तरले हराउँदै शिवसताक्षीले उपाधि उचालेको हो । शिवसताक्षीका तर्फबाट सचिन श्रेष्ठ, उमेश दनुवारले एक एक गोल लगाएका थिए भने, एउटा कमल गाउँपालिकाले आत्मघाती गोल लगाएको थियो । खेलको म्यान अफदी म्याच शिवसताक्षीका उमेस दनुवार घोषित भए । त्यस्तै सर्वोकृष्ट डिफेन्टर कमल गाउँपालिकाका विदुर लिम्बु, सर्वोकृष्ट मिटफिल्डर, कमल गाउँपालिकाका सुरज आङ्देम्बे, सर्वाधिक गोलकर्ता शिवसताक्षीका सचिन श्रेष्ठ, सर्वोकृष्ट खेलाडी शिवसताक्षीका श्रवण मल्लिक घोषित भएको आयोजक कमल गाउँपालिकाले जनाएको छ । प्रतियोगिताको विजेता शिवसताक्षीले नगद १ लाख सहित ट्रफी, मेडल…
धुलाबारी, १९ माघ । नेपाल स्काउट मेचीनगरको तेस्रो नगर स्काउट क्याम्प २०८१ धुलाबारीमा सम्पन्न भएको छ । क्याम्पको उद्घाटन स्थानीय संरक्षक एवम् नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका हुन् । समापन उपप्रमुख मीना उप्रेती पोखरेलले गरेकी थिइन् । कार्यक्रममा राष्ट्रिय तालिम आयुक्त भुवन सुब्बा, राष्ट्रिय परिषद् सदस्य अरुण बस्नेत, कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारी, शहिद दशरथ माविका प्रधानाध्यापक केशव पौडेल, नेशनल प्याब्सन मेचीनगरका अध्यक्ष कविन्द्र श्रेष्ठ, हिमालयन इङ्लिस एकाडेमीका प्रिन्सिपल जगतबहादुर तामाङले शुभकामना मन्तव्य राखेका थिए । क्याम्पको व्यवस्थापन हिमालयन इङ्लिस एकाडेमी धुलाबारीले गरेको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका इन्चार्ज एवम् प्रहरी…
झापा, १९ माघ । गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याको आवश्यक समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ । गृह मन्त्रालयले केबलकार नियमनको विषय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्ने भएकाले यस्तो जिम्मेवारी दिइएको गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषय समेतलाई ध्यान दिई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधान गर्न तत्काल पहल अघि बढाउन गृह मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधानको पहल अघि बढाउन…