
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १५ माघ । ललितपुरको किष्ट अस्पतालको शौचालयमा एक युवक मृत फेला परेका छन्। महालक्ष्मी नगरपालिका–१, इमाडोलस्थित किष्ट अस्पतालभित्रको इमरजेन्सी पछाडि रहेको शौचालयभित्र सोमबार एक जना मृत फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ। मृतक सोही नगरपालिका–८, बिसुन्डोलका ३१ वर्षीय सन्दीप रावल रहेको प्रहरीले जनाएको छ। साथीका बुवा बुरामी भएकाले भेट्न अस्पताल पुगेका उनी शौचालयभित्रै मृत फेला परेको हुन्। शव पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाइसकेको ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
झापा, १५ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज बिहान कोसी प्रदेशको पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका धेरै भूभागमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ। देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले मंगलबार बिहान ६ बजे जारि गरेको बुलेटिनमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’
कचनकवल, १४ माघ । गरिमा एग्रो फार्मले कचनकवलका कृषकहरूको उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले हल्दिनाथ–१ जातको उन्नत धानको बीउ वितरण गरेको छ । कचनकवल–६ मा आज आयोजित एक विशेष कार्यक्रमका बीच ७५ प्रतिशत छुटमा २४ सय किलो धानको बीउ ६० जना कृषकलाई वितरण गरिएको हो । गरिमा एग्रोका प्रोप्राइटर मानप्रकाश संग्रौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गत वर्ष फार्मले वितरण गरेको बीउबाट उत्कृष्ट उत्पादन गरेका ११ जना कृषकलाई सम्मान गरिएको थियो। सम्मानित कृषकहरूमा तीलरुपा बराल, बोलप्रसाद दंगाल, रोमा विष्ट, पार्वता भण्डारी, शान्ताकुमार ढुंगेल, टंकनाथ धमला, दुर्गा लामिछाने, यसोदादेवी निरौला, नरमाया लामिछाने, अर्पणा कट्टेल बराल र वासना ढुंगेल रहेका छन्। सम्मानित कृषकहरूले गरिमा…
झापा, १४ माघ । अभिनेता सैफ अली खानलाई भएको चक्कु आक्रमणको घटनामा मुम्बई प्रहरीले सोमबार पश्चिम बंगालको नादिया जिल्लाबाट एक महिलालाई पक्राउ गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यसअघि मुम्बईबाट पक्राउ परेका शरिफुल इस्लामले प्रयोग गरेको सिम ती महिलाको नाममा दर्ता भएको अनुसन्धानबाट खुलेको छ । मुम्बई प्रहरीको दुई सदस्यीय टोली आइतबार पश्चिम बंगाल पुगेको छ। ‘सैफ अली मुद्दामा मुम्बई प्रहरीले नादिया जिल्लाको छपराबाट एक महिलालाई पक्राउ गरेको छ। प्रहरीले उनलाई मुम्बई लान ट्रान्जिट रिमान्डका लागि आवेदन दिन सक्छ’, पश्चिम बंगाल प्रहरी स्रोतले पीटीआईलाई भन्यो । यी महिलाले सैफ मुद्दामा पक्राउ परेका बंगलादेशी शरिफुल इस्लामलाई चिन्छिन् । प्रहरीले भन्यो, ‘शरिफुल उत्तर…
अछाम, १४ माघ । अछाम ढकारीका दुई किशोरी किशोरीको मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । हिजो साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरूलाई पक्राउ गरिएको हो । सोधपुछका लागि पक्राउ गरिएका दुवै जना २० वर्ष भन्दा कम उमेरका हुन । जिल्लाको ढकारी गाउँपालिका(८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक बनमा शनिवार बेलुकी शव फेला परेको थियो । शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उहाँहरू त्यही दिनबाट सम्पर्क विहीन हुनुभयो । शनिवार शङ्कास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशङ्का गरेका हुन । परिवारका सदस्यहरूले हत्या भएको भन्दै…
तेह्रथुम, १३ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको लालीगुँरास नगरपालिकास्थित वसन्तपुरमा रहेको चोत्लुङ पार्कको अवलोकन गर्नुभएको छ । रैथाने वास्तु शैलीमा निर्माण गरिएको पर्यटकीयस्थल चोत्लुङ पार्कको दाहालले आज अवलोकन गर्नुभएको हो । पार्कको अवलोकनपछि उहाँले कङ्क्रिटको प्रयोग नगरी परम्परागत शैलीमा निर्माण गरिएको चोत्लुङ पार्कको प्रशंसा गर्नुभयो । लालीगुराँस नगरपालिकाको पहलमा निर्माण सुरु गरिएको पार्कमा युमा सङ्ग्रहालय पनि रहेको छ । पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको लालीगुराँस नगरपालिकाका नगरप्रमुख अर्जुन माबुहाङले बताउनुभयो । प्रचण्ड जिल्लास्तरीय राजनीतिक प्रशिक्षणको सिलसिलामा तेह्रथुम आउनुभएको प्रदेशसभा सदस्य तथा नेकपा ९माओवादी केन्द्र०का नेता दुर्गाप्रसाद चापागाईँले जानकारी…
झापा, १४ माघ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) झापाको १३ औं जिल्लास्तरीय खेलकुद तथा सांस्कृति कार्यक्रम शुरु भएको छ । झापाको कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा आजदेखि फुटबल प्रतियोगितासँगै एनप्याब्सनको जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम शुरु भएको हो । माघ १४ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगात्मक कार्यक्रमको उद्घाटन शिक्षा समन्वय समिति झापाका प्रमुख देवेन्द्र मल्लले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै मल्लले शिक्षाको अभिन्न अंगको रुपमा अतिरिक्त क्रियाकलापलाई विद्यालयले विशेष जोड दिनुपर्ने बताउनुभयो । उहाँले किताबी ज्ञानले परीक्षा मात्र पास हुने भएकाले जीवनको परीक्षामा पास हुने विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।…
झापा, १४ माघ । झापाको हल्दिबारी गाउँपालिका–१ स्थितबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १३ गते बेलुका जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा प्रदेश १–०१–०१७ प २६१९ नम्बरको मोटरसाइकलमा सवार हल्दिवारी–१ का २० बर्षीय सोनु कर्मकार र दमक नगरपालिका–८ का २३ वर्षीय सक्षम भट्टराईलाई ५ सय १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका दुबै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।
झापा, १४ माघ । एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागीलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले एउटा टिकट खरिदमा अर्को टिकट फ्रि गरेको छ । अब एक सय रुपैयाँको टिकट लिदा दुई वटा टिकट पाइने भएको छ । योसंगै एनसेलका दुई वटा सिम सित्तैमा र एक प्याकेट सेनिटर प्याडसमेत उपलब्ध गराउने भएको हो । महोत्सवलाई थप रोचक र चलायमान बनाउन महोत्सव आयोजक समितिले यस्तो निर्णय गरेको हो । यो निर्णय आज माघ १४ गते सोमवारबाट लागू भएको छ । माघ १९ गते सम्म सञ्चालन हुने महोत्सव अवधिभर यो निणर्य लागू गरिने छ महोत्सव मूल आयोजक समितिका सदस्य विपीन बजगाईले…
झापा, १४ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा जाँदैछन् । प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। प्रचण्डसँगै सैनिक हेलिकोप्टरमा माओवादी केन्दका उपमहासचिव वर्षमान पुन अनन्त पनि तेह्रथुम जाँदैछन्। प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्ने कार्यक्रम छ। त्यहाँबाट उनी प्रधामन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको जन्मथलो आठराई जानेछन्। प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ। उक्त स्थानमा २०५८ साल माघ २४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागी १८…