jhapaonline add

झापा, २० साउन । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणमा देखिएको समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधि सहभागी टोलीले मंगलबारदेखि नै काम सुरु गरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। निगमले उपभोक्तालाई झन्झटरहित रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले टोली गठन गरिएको जनाएको छ। साथै, ग्यासको आयात नियमित भइरहे पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आपूर्तिमा समस्या देखिएको स्वीकार गरेको छ।

Read More

झापा, २० साउन । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु चार हजार २०० ले वृद्धि भई दुई लाख ८८ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ८३ हजार ८०० थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ९५ ले बढेर रु चार हजार ४७५ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ३८० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार १२७ र चाँदीको मूल्य प्रतिऔँस ६० अमेरिकी डलर कायम भएको…

Read More

इलाम, २० साउन । इलामका चर्चित कलाकार मुकेश गुरुङ र डेब्यु कलाकार अंकिता अधिकारीको अभिनय रहेको नयाँ लोकगीत ‘तिरखाले खोली धाएको बोल’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा डीपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, सोनिया गोङ्बा र सन्तोष राईको स्वर रहेको छ। भिडियोको निर्देशन हिकास राईले गर्नुभएको हो। म्युजिक भिडियोमा गाउँघरको मौलिक जीवनशैली, रहनसहन, संस्कृति तथा प्राकृतिक सौन्दर्यलाई आकर्षक रूपमा चित्रण गरिएको छ। कलाकारहरूको सशक्त अभिनय र दृश्य संयोजनले गीतलाई थप जीवन्त बनाएको छ। उक्त म्युजिक भिडियो Dush Music युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। मौलिक विषयवस्तु र नयाँ प्रस्तुतिका कारण गीतले दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको…

Read More

झापा, २० साउन । पछिल्लो २४ घण्टामा देशका ५२ जिल्लामा भएका ६६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । घटनामा २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन १८ गते बिहान १० बजेदेखि साउन १९ गते बिहान १० बजेसम्म बाढी, पहिरो, आगलागी, सर्पदंश, चट्याङ र वन्यजन्तु आक्रमणलगायतका घटना भएका हुन् । यस अवधिमा १०२ जनाको उद्धार गरिएको छ भने ३३० जना प्रहरी परिचालन गरिएको थियो । प्राधिकरणका अनुसार वैशाख १ देखि साउन १९ गतेसम्म देशभर चार हजार १५९ विपद्का घटनामा १९८ जनाको मृत्यु, चार…

Read More

झापा, २० साउन । सरकारले कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति, २०८३ जारी गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार नीतिले खाद्य सुरक्षा, कृषकको आय वृद्धि, कृषि उत्पादन विस्तार, आयात प्रतिस्थापन र कृषि निर्यात प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ। साथै, कृषि यान्त्रिकीकरण, न्यूनतम समर्थन मूल्य, कृषि बिमा, सहुलियतपूर्ण ऋण, जलवायु अनुकूल कृषि प्रणाली तथा डिजिटल प्रविधिको प्रयोगलाई पनि विशेष जोड दिइएको छ। मन्त्रालयले नीति प्रभावकारी रूपमा कार्यान्वयन भएमा खाद्य आत्मनिर्भरता, रोजगारी सिर्जना, कृषि निर्यात वृद्धि तथा समृद्ध राष्ट्रिय अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

Read More

कनकाई, २० साउन । झापाको कनकाई नगरपालिकाले अनुदानमा प्राप्त रासायनिक मल वितरणका लागि नगरभित्रका १३ वटा कृषि सहकारी संस्थामार्फत युरिया र डीएपी मलको कोटा बाँडफाँड गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडबाट प्राप्त युरिया र डीएपी मललाई कनकाई नगरपालिकाको मल आपूर्ति तथा वितरण व्यवस्थापन स्थानीय समितिको साउन १४ गते बसेको बैठकको निर्णयअनुसार विभिन्न सहकारी संस्थालाई मल वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यसपटक २ हजार २ सय बोरा युरिया र २ हजार २ सय बोरा डीएपी यहाँका सहकारी संस्थालाई बाँडफाँड गरेको हो । सबैभन्दा बढी आरोग्य बचत तथा ऋण सहकारी संस्था र प्रजापति कृषि सहकारी संस्थालाई २९० बोरा युरिया,…

Read More

सन्तोष शर्माझापा, २० साउन । झापामा हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८२÷०८३ को एक वर्षको अवधिमा चार जना नेपाली र एक जना भारतीय गरी पाँच जनाको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिनुभयो । हात्तीको आक्रमणमा परी दमक–१ की सुनिता राई, बिर्तामोड–७ का जाउल हक आलम, बाह्रदशी–१ की लीलाकुमारी राजवंशी र मेचीनगर–४ का पदम पौडेलको मृत्यु भएको हो । त्यसैगरी मेचीनगर–४ बाहुनडाँगीमा एक जना भारतीय नागरिकको मृत्यु भएको सूचना अधिकारी पाठकले बताउनुभयो । तीन हात्तीको मृत्युयता जिल्लाका विभिन्न स्थानमा तीन वटा हात्ती मृत फेला परेका थिए । दुई वटा…

Read More

झापा, २० साउन । विश्व शान्ति, सद्भाव र मानवताको प्रवर्द्धन गर्ने उद्देश्यले लायन्स क्लब अफ अनारमनीको आयोजनामा सोमबार बिर्तामोडस्थित मुक्ति चोकमा शान्तिदीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । लायन्सका विभिन्न क्लबहरूको सामूहिक सहभागितामा आयोजित कार्यक्रममा विभिन्न क्लबका पदाधिकारी, सदस्य तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममार्फत विश्वभर शान्ति, सद्भाव र मानवीय मूल्यको संरक्षण तथा प्रवर्द्धनका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको लायन्स क्लब अफ अनारमनीका सचिव सृजन अधिकारीले जानकारी दिनुभयो ।

Read More

झापा, २० साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ। मन्त्रालयले उपभोक्तालाई अफवाह वा भ्रमपूर्ण सूचनामा नपरी आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा मंगलबार जारी विज्ञप्तिमा अघिल्ला वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धान्न सक्नेभन्दा बढी परिमाणमा एलपी ग्यास आयात र वितरण भइरहेको उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सरोकारवाला निकायसँग समन्वय गरी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने काम भइरहेको छ। यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार…

Read More

झापा, २० साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ सरी नेपालको तराई क्षेत्र नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र…

Read More