jhapaonline add

अर्जुनधारा, १५ माघ । झापाको अर्जुनधारा नगरपालिका वडा नं. १० का महिलालाई धुप बनाउने तालिम प्रदान गरिएको छ । अर्जुनधारा नगरपालिकाको ५० हजार रुपैयाँ आर्थिक सहयोग र जलकन्या महिला समूह अर्जुनधारा–१० को आयोजनामा यहाँका ४० जना महिलालाई धुप बनाउने तालिम दिइएको हो । माघ १३ गतेदेखि शुरु भएको तालिम आज सम्पन्न भएको छ । महिलालाई आत्मनिर्भर बनाउनका लागि व्यावसायिक दक्षता अभिबृद्धि गर्ने उद्देश्यले तालिम दिइएको जलकन्या महिला समूहकी अध्यक्ष गीता न्यौपानेले बताउनुभयो । कार्यक्रम प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले महिलाहरु घरको चुलाचौका मात्र सीमित नभई आय आर्जनमा समेत सहभागी हुनुपर्नेमा जोड दिनुभयो । महिलाहरुलाई विभिन्न सिपमूलक तालिम दिएर…

Read More

ताप्लेजुङ, १५ माघ । ताप्लेजुङमा अवस्थित पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएका पहिचान पक्षधर तथा नो केबलकार पक्षधरले गरेको अनिश्चितकालिन यातायात बन्दका कारण यातायात ठप्प बनेको छ । बन्दका कारण मङ्गलवार बिहान देखि मेची राजमार्गका ताप्लेजुङ सहित पाँचथर, इलाम सहित तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ प्रवेश गर्ने कुनै पनि यातायातको साधन सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गको विभिन्न खण्डमा बिहान देखि सुरक्षाकर्मी तथा आन्दोलनकर्मीको उपस्थिति देखिन्छ । केबलकार निर्माण खारेज गर्न, सैन्य करण फिर्ता गर्नुपर्ने, नियन्त्रणमा लिइएको योद्दाहरुकोे बिना सर्त रिहाइ, झुटा मुद्धाहरु लगाउन बन्द गर्नुपर्ने माग सहित अनिश्चितकालिन बन्दको आह्वान गरिएको हो । यस्तै मुक्कुम्लु प्रेमीहरूलाई…

Read More

झापा, १५ माघ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुनस् बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको पनि मूल्य बढेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ ४६ पैसा तोकिएको छ । एक युरोको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५६ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर एक सय ७२ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ १८ पैसा,…

Read More

झापा, १५ माघ । प्रहरीले दुई करोड बराबरको अनलाइन जुवा खेलाएको (सट्टेबाजी गराएको) अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । रामेछाप खाँडादेवी गाउँपालिका–९ घर भई हाल काठमाडौँ बाफल बस्ने ४८ वर्षीय राजप्रकाश श्रेष्ठ तथा नुवाकोट विदुर नगरपालिका–१३ घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेललाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बेटिङ एप्लिकेसनमार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमअन्तर्गत ‘मान्ट्रा १०८’ नामक वेबसाइटमार्फत जुवा ९सट्टेबाजी० गर्नेरगराउने गरी रकम सङ्कलन गर्ने, क्रिप्टो मुद्रा व्यापार गर्नेलगायतका कार्य भइरहेको भन्ने गोप्य सूचनाका आधारमा निजहरूलाई पक्राउ…

Read More

झापा, १५ माघ । ललितपुरको किष्ट अस्पतालको शौचालयमा एक युवक मृत फेला परेका छन्। महालक्ष्मी नगरपालिका–१, इमाडोलस्थित किष्ट अस्पतालभित्रको इमरजेन्सी पछाडि रहेको शौचालयभित्र सोमबार एक जना मृत फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ। मृतक सोही नगरपालिका–८, बिसुन्डोलका ३१ वर्षीय सन्दीप रावल रहेको प्रहरीले जनाएको छ। साथीका बुवा बुरामी भएकाले भेट्न अस्पताल पुगेका उनी शौचालयभित्रै मृत फेला परेको हुन्। शव पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाइसकेको ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

Read More

झापा, १५ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज बिहान कोसी प्रदेशको पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका धेरै भूभागमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ। देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले मंगलबार बिहान ६ बजे जारि गरेको बुलेटिनमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

Read More

कचनकवल, १४ माघ । गरिमा एग्रो फार्मले कचनकवलका कृषकहरूको उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले हल्दिनाथ–१ जातको उन्नत धानको बीउ वितरण गरेको छ । कचनकवल–६ मा आज आयोजित एक विशेष कार्यक्रमका बीच ७५ प्रतिशत छुटमा २४ सय किलो धानको बीउ ६० जना कृषकलाई वितरण गरिएको हो । गरिमा एग्रोका प्रोप्राइटर मानप्रकाश संग्रौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गत वर्ष फार्मले वितरण गरेको बीउबाट उत्कृष्ट उत्पादन गरेका ११ जना कृषकलाई सम्मान गरिएको थियो। सम्मानित कृषकहरूमा तीलरुपा बराल, बोलप्रसाद दंगाल, रोमा विष्ट, पार्वता भण्डारी, शान्ताकुमार ढुंगेल, टंकनाथ धमला, दुर्गा लामिछाने, यसोदादेवी निरौला, नरमाया लामिछाने, अर्पणा कट्टेल बराल र वासना ढुंगेल रहेका छन्। सम्मानित कृषकहरूले गरिमा…

Read More

झापा, १४ माघ । अभिनेता सैफ अली खानलाई भएको चक्कु आक्रमणको घटनामा मुम्बई प्रहरीले सोमबार पश्चिम बंगालको नादिया जिल्लाबाट एक महिलालाई पक्राउ गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यसअघि मुम्बईबाट पक्राउ परेका शरिफुल इस्लामले प्रयोग गरेको सिम ती महिलाको नाममा दर्ता भएको अनुसन्धानबाट खुलेको छ । मुम्बई प्रहरीको दुई सदस्यीय टोली आइतबार पश्चिम बंगाल पुगेको छ। ‘सैफ अली मुद्दामा मुम्बई प्रहरीले नादिया जिल्लाको छपराबाट एक महिलालाई पक्राउ गरेको छ। प्रहरीले उनलाई मुम्बई लान ट्रान्जिट रिमान्डका लागि आवेदन दिन सक्छ’, पश्चिम बंगाल प्रहरी स्रोतले पीटीआईलाई भन्यो । यी महिलाले सैफ मुद्दामा पक्राउ परेका बंगलादेशी शरिफुल इस्लामलाई चिन्छिन् । प्रहरीले भन्यो, ‘शरिफुल उत्तर…

Read More

अछाम, १४ माघ । अछाम ढकारीका दुई किशोरी किशोरीको मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । हिजो साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरूलाई पक्राउ गरिएको हो । सोधपुछका लागि पक्राउ गरिएका दुवै जना २० वर्ष भन्दा कम उमेरका हुन । जिल्लाको ढकारी गाउँपालिका(८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक बनमा शनिवार बेलुकी शव फेला परेको थियो । शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उहाँहरू त्यही दिनबाट सम्पर्क विहीन हुनुभयो । शनिवार शङ्कास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशङ्का गरेका हुन । परिवारका सदस्यहरूले हत्या भएको भन्दै…

Read More

तेह्रथुम, १३ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको लालीगुँरास नगरपालिकास्थित वसन्तपुरमा रहेको चोत्लुङ पार्कको अवलोकन गर्नुभएको छ । रैथाने वास्तु शैलीमा निर्माण गरिएको पर्यटकीयस्थल चोत्लुङ पार्कको दाहालले आज अवलोकन गर्नुभएको हो । पार्कको अवलोकनपछि उहाँले कङ्क्रिटको प्रयोग नगरी परम्परागत शैलीमा निर्माण गरिएको चोत्लुङ पार्कको प्रशंसा गर्नुभयो । लालीगुराँस नगरपालिकाको पहलमा निर्माण सुरु गरिएको पार्कमा युमा सङ्ग्रहालय पनि रहेको छ । पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको लालीगुराँस नगरपालिकाका नगरप्रमुख अर्जुन माबुहाङले बताउनुभयो । प्रचण्ड जिल्लास्तरीय राजनीतिक प्रशिक्षणको सिलसिलामा तेह्रथुम आउनुभएको प्रदेशसभा सदस्य तथा नेकपा ९माओवादी केन्द्र०का नेता दुर्गाप्रसाद चापागाईँले जानकारी…

Read More