jhapaonline add

रोशन काफ्लेमाईजोगमाई, २० पुस । माइजोगमाई गाउँपालिका वडा ४ ले निसान पदयात्रीको व्यवस्थापनका लागि विभिन्न्न तयारी गरिरहेको छ । आफ्नो भूभागमा पर्ने पदमार्गको सरसफाइ र सबै पूर्वाधार तयार गरिएको हो । पदयात्रीलाई खाने–बस्ने व्यवस्थापन, स्थानीय वेशभूषासहितको झाँकी प्रदर्शनलगायतको तयारी भएको स्थानीय सुरेश भट्टराईले जानकारी दिए । वडाध्यक्ष डुरन देवान संयोजकत्वमा पदयात्राको स्थानीय व्यवस्थापन समितिसमेत गठन गरिसकिएको छ । पुस २४ देखि २६ सम्म निसान पदयात्रा हुँदैछ । नेपाल एकीकरणताका तत्कालीन श्रीनाथ पल्टनले पूूर्वी सीमा विजय गरेर नागरीगढीमा गाडिएका निसान फर्काइएको बाटोको संरक्षण गर्दै निसान पदयात्राको तयारी गरिएको हो । यसरी गाढिएका निसान सुगौली सन्धीपछि फर्काएर ल्याइएको थियो । फर्काएर ल्याउँदा…

Read More

भद्रपुर, २० पुस । बन्धुहितलगायत सामाजिक सेवा कार्यमा समर्पित रहने उद्देश्यका साथ स्थापित काफ्ले समाजको भद्रपुर नगर समिति गठन भएको छ । भद्रपुर–१० स्थित विष्णु पाञ्चायन मन्दिर परिसरमा शनिबार आयोजित भद्रपुर नगरस्तरीय भेलाले कृष्णप्रसाद काफ्लेको अध्यक्षतामा समिति गठन गरेको हो । सर्वसम्मत गठित समितिको उपाध्यक्षमा लीला कार्की काफ्ले, सचिवमा थिरराज काफ्ले, सहसचिव जगदीश काफ्ले, कोषाध्यक्ष सरोज काफ्ले चयन भएका छन् भने सदस्यमा मीनबहादुर काफ्ले, गंगा बराल काफ्ले, अर्जुन काफ्ले, कृष्णप्रसाद काफ्ले र रोमनाथ काफ्ले रहेका छन् । काफ्ले समाज झापाका सदस्य तथा भेला आयोजक समितिका संयोजक हेमराज काफ्लेको अध्यक्षता, काफ्लेबन्धुका बयोबृद्ध १०२ वर्षीय मानबहादुर काफ्लेको प्रमुख आातिथ्मा आायोजित भेलाको सहजीकरण…

Read More

बिर्तामेड, २० पुस । सरकारी नीति कारण फर्निचर तथा फर्निसिङ व्यवसायी मारमा परेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । झापाको बिर्तामोडमा आज सम्पन्न नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको १० औँ साधारणसभामा मन्तव्य राख्दै वक्ताहरुले सरकारी नीति व्यवसायी मैत्री नभएको बताए । सरकारले तीन खम्बे अर्थनीतिमा निजी क्षेत्रलाई समेटे पनि व्यवहार सो अनुरुप नगरेको बताए । कर तिर्ने व्यवसायीलाई सरकारले सहयोग गर्नुको साटो सौताको व्यवहार गरेको उनीहरुले आरोप लगाए । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले फर्निचरका क्षेत्रमा भएका कानुनी अड्चनहरु हटाउन पहल गर्ने बताए । फर्निचर तथा फर्निसिङ व्यवसायका क्षेत्रका समस्याहरुको गाँठो…

Read More

बिर्तामोड, २० पुस । झापाको कमल गाउँपालिकामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमलका तीन र शिवसताक्षीका एकजना छन् । प्रहरीका अनुसार आज अपरान्ह ४ बजे कमल गाउँपालिका ४ साधुटोलस्थित सीता नेम्बाङको घरकोठाभित्र स्थानीय ज्योतिटोल बस्ने ३९ वर्षीय धनराज लिम्बू, साधुटोल बस्ने २६ वर्षीय रोहित नेम्बाङ र २३ वर्षीय राजेश नेम्बाङलाई शंकास्पद अवस्थामा खानतलासी लिइएको थियो । प्रहरी टोलीले शरीर तथा कोठासमेत खानतलासी गर्दा उनीहरुमध्ये धनराज लिम्बूले लगाएको जम्परको अगाडिपट्टिको गोजीमा प्लाष्टिकसहित १ ग्राम ४३ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । सोही बेला धनराज लिम्बूलाई खोज्दै आएका शिवसताक्षी १ बस्ने ३३ वर्षीय सुरेश निरौलालाई सोधपुछ गर्दा…

Read More

बिर्तामोड, १ पुस । बिर्तामोड नगरपालिका वडा नम्बर–९ नमुना टोलमा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर भवनको उद्घाटन गर्नुभयो । स्थानीय तोमप्रसाद पाठक र तुलसा पाठकले दान दिनु भएको २ कट्ठा ५ धुर जग्गामा निर्माण गरीएको आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले यस स्वास्थ्य केन्द्रको लागि जग्गा दिएर पाठक परिवारले पुण्यको काम गरेको बताउनु भयो । सरल र सहज तरीकाले सेवा दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिँदै नगरप्रमुख प्रसाईले स्वास्थ्य संस्थाको संरक्षणमा ध्यान दिन सबैलाई आग्रह गर्नु भयो । कार्यक्रममा जग्गादाता तोमप्रसाद पाठक र तुलसा…

Read More

झापा, १ पुस । नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगा भैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । आज यहाँ आयोजित कार्यक्रममा नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीसँगै सो कम्पनीले पहिलो चरणमा वार्षिक उक्त मूल्य बराबरको मासु निर्यात गर्ने लक्ष्य राखेको छ । चीनमा वार्षिक २७ लाख मेक्टिक्टन मासु आयात हुने तथ्याङ्क छ । हिमालयन फुड इन्टरनेशनलको सहकार्यमा रु छ अर्ब लागतमा पूर्ण स्वचालित आधुनिक पशु वधशाला आउँदो छ महिनाभित्र निर्माण सम्पन्न गर्ने समझदारी बनेको छ । हिमालयन फुड प्रशोधित मासु…

Read More

झापा, १ पुस । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाए पनि रास्वपाका सभापति रवि लामिछाने थप केहीदिन हिरासतमै रहने छन् । उनीविरुद्ध पुस ५ मा जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ । लामिछानेलाई हिरासतमा राख्न पछिल्लो पटक लिएको ५ दिनको म्याद सोमबार सकिएको छ । मंगलबार उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘अभियोजन नगर्दासम्म उहाँलाई हिरासतमा राख्न म्याद लिनुपर्छ ।’ सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने समय हुनाले पुस ५ मा उनीविरुद्ध अभियोग पत्र दायर गरिँदै छ । पूर्वडीआईजी छविलाल जोशी पक्राउ…

Read More

झापा, १ पुस । नेकपा एकीकृत समाजवादीले जन सरोकारका विषयलाई सशक्त ढंगले उठाउने भएको छ । जारी स्थायी समिति बैठकमा महासचिव घनश्याम भुसालले पेस गरेको ‘आन्दोलनद्वारा पार्टी निर्माण गरिने’ शीर्षकको कार्ययोजना पारित गर्दै संगठन निर्माण र जनजीविकाका मुद्दा सशक्त ढंगले उठाउने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए । ‘महासचिवले पेस गरेको कार्ययोजनामामाथिको छलफलमा सदस्यहरूले राखेका सुझाव समेट्दै कार्ययोजना पास भएको छ’, उपमहासचिव भट्टराईले भने, ‘भोलिको बैठकले नेताहरूको कार्यविभाजन नि टुंगो लगाउँछ ।’ कार्ययोजनाअनुसार एकीकृत समाजवादीले आगामी दिनमा सैद्धान्तिक, वैचारिक र सांगठानिक कामलाई तीव्रता दिनेछ । जनताका ज्वलन्त समस्या पहिचान गर्ने र ती समस्या अघि सारेर आन्दोलनलाई उठान गर्ने कार्ययोजनाको…

Read More

चन्द्र बस्नेतकनकाई, १ पुस । जनप्रतिनिधिहरुको अवलोकन भ्रमणका लागि झापाको कनकाई नगरपालिका पहिलो रोजाई बन्दै गएको पाइएको छ । झापा जिल्लाको मध्य भागमा रहेको कनकाई नगरपालिकाको छुट्टै पहिचान रहेको छ । साविक सुरुङ्गा र घैलाडुब्बा गाविस मिलेर बनेको कुल नौ वटा वडा रहेको कनकाई हरेक पक्षमा देश–विदेशसम्म चर्चा कमाएको नगर बन्द निषेधित, धार्मिक एवम् पर्यटकीय तथा सांस्कृतिक नगरी, नगरको विकास निर्माण कार्यको चर्चा, कार्य सम्पादनमा अब्बल नगरपालिका, यहाँका जनप्रतिनिधि तथा कर्मचारीले गर्ने कामको विभिन्न स्थानीय तहमा हुने चर्चाले पनि कनकाई नगरपालिकामा अन्य स्थानीय तहका जनप्रतिनिधि अवलोकन भ्रमणको केन्द्र बन्न थालेको अवलोकनमा आउने जनप्रतिनिधिहरुले बताउने गरेका छ्न् । पछिल्लो एक वर्षमा…

Read More

झापा, २६ मंसिर । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । पाँच हजार एक सय ३२ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौँ अवतारका रुपमा पृथ्वीमा जन्म लिनुभएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रही आएको छ । भगवान्ले नै अर्जुनमार्फत् हामीलाई गीताको ज्ञान दिनुभएको हो । कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन…

Read More