
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २५ मंसिर । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू दुई हजार एक सय बढेको छ । सोमबार प्रतितोला रू एक लाख ५० हजार एक सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा रू एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला रू ६० ले बढेर रू एक हजार नौ सय २५ कायम भएको छ ।
रौतहट, २५ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ। चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी बोकेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई सडकबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा परी सिराहा अर्नामा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र ४० वर्षीय स्कर्पिओ चालक श्रीकुमार…
झापा, २५ मंसिर । गोलिया काठ काट्ने क्रममा रूखले किचेर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा मिलन दमाई रहेका प्रहरीले जनाएको छ। रावाबेँसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित नीजि वनमा रहेको रूखबाट गोलिया काठ काट्ने क्रममा मौवाको सुकेको रूख ढलेर किच्दा सोमबार मिलनको घटनास्थलमै मृत्यु भएको हो। गोलिया काठ सङ्कलन गरिरहेका बेला नजिकै रहेको मौवाको सुकेको रूखले किच्दा मिलनको मृत्यु भएको रावाबेँसी–२ का वडाध्यक्ष डोलराज बस्नेतले जानकारी दिए । “उनी हप्ता दिनअघि यहाँ काम गर्न आएका हुन्। ज्यालादारी कामका लागि आएका किशोरको रूखले किचेर मृत्यु भएको जानकारी आएको छ”, उनले भने, “मृत्युको…
झापा, २५ मंसिर । हाल देशमा पश्चिमी वायुको प्रभाव छ। आज कोसी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली भएको छ । पश्चिमी वायुको असर र स्थानीय वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । आज दिउँसो पनि कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान छ। राति पनि कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा…
झापा, २५ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ । यस्तै, जापानी येन, साउथ कोरियन वन र मलेसियन रिङ्गेटको मूल्य भने घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ १३ पैसा र…
ताप्लेजुङ, २५ मंसिर । ताप्लेजुङको धार्मिकस्थल पाथीभरामा पछिल्लो सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले पूजापाठ गरेको छन् । विभिन्न क्षेत्रबाट सात वर्षको समय अवधिमा १३ लाख तीन हजार ९२ जना दर्शनार्थीले पूजापाठ गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिले आर्थिक वर्ष २०७४–७५ देखि २०८०–८१ सम्मको तथ्याङ्क १३ लाख तीन हजार चार सय ९२ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले सार्वजनिक सूचनामा उल्लेख गरेको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार सात वर्षको अवधिमा कूल १३ लाख तीन हजार चार सय ९२ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । यो तथ्याङ्क चालू आर्थिक वर्ष २०८१–८२ को समावेश…
गाइघाट, २५ मंसिर । गाइघाटको लिम्चुङबुङ गाउँपालिका–३ मा सोमबार एक ल्याण्ड रोभर जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य पाँच यात्रु घाइते भएका छन् । सदरमुकाम गाइघाटबाट लिम्चुङबुङको बराहतर्फ जाँदै गरेको ना १ च ३२६७ नम्बरको जीप सो पालिकाको वडा नम्बर ३ स्थित तीनचोकेमा ब्रेक फेल भई सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा त्रियुगा नगरपालिका–१६ बस्ने वर्ष २६ का जीप चालक युवराज तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गाडीमा सवार चार यात्रुहरू सोही पालिका–४ बस्ने वर्ष १९ की सुस्मिता खत्री, वर्ष २१ को सुबिम खत्री र वडा नम्बर ३ का…
शिवसताक्षी, २४ मंसिर । जङ्गल क्षेत्रबाट दिनहुँ गाउँ पस्ने जङ्गली हात्तीको हुल रोक्न झापाको शिवसताक्षीमा रात्रिकालीन गस्ती गर्न थालिएको छ । हुलमा आउने जङ्गली हात्ती रोक्न शिवसताक्षी नगरपालिका वडा नं ८ ले समिति नै गठन गरेर रात्रिकालीन गस्ती शनिबारदेखि सुरु गरेको हो । गस्ती टोलीमा कम्तिमा २५ युवा परिचालित छन् । समितिको मुख्य काम हात्ती गाउँ पस्ने गौडामा बसेर गाउँलेलाई सूचना दिनु हो । हाते माइक, सिटी र आकस्मिक काममा प्रयोग गरिने साइरन बजाएर गाउँलेलाई हात्ती गाउँ पसेको सूचना दिने समितिको मुख्य कर्तव्य रहेको वडा अध्यक्ष सन्तकुमार फेउदिनले बताए । वडा नम्बर ८ को झिलझिले, थेचम्बु, बुद्धचोक, डुँडामारी र फुलबारी…
झापा, २४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोमबार वीरगञ्ज लगिएको छ। उनलाई पोखराबाट काठमाडौं र त्यसपछि बुद्ध एयरमार्फत सिमरा पुर्याइएको हो। सिमराबाट गाडीमार्फत उनलाई वीरगञ्ज लगिएको जानकारी प्राप्त भएको छ। लामिछानेले आफूलाई प्रतिशोधको भावनाले ज्यादती गरिएको र यस क्रममा परिवारलाई पनि मानसिक तनाव दिइएको आरोप लगाएका छन्। उनले सहकारीको रकम हिनामिना नगरेको दाबी गर्दै अरुको गल्तीका लागि आफूलाई दोषारोपण गरिएको बताए। उनको भनाइमा अहिलेसम्मको अनुसन्धानले कुनै नयाँ तथ्य बाहिर नल्याएको र आफूलाई अनावश्यक रूपमा देशभर घुमाएर दुःख दिने काम भइरहेको छ। इजलासमा लामिछानेले आफूविरुद्ध भइरहेको घटनालाई ूगलाउनकै लागि भएको प्रयासू को संज्ञा दिएका…
मोरङ, २४ मंसिर । मोरङको सुनवर्षी नगरपालिका-४ चैता स्थितमा ३५ बर्षीया रेखा देवी सिंहको करेन्ट लागेर मृत्यु भएको छ । मंसिर २३ गते साँझ घरमा लगाएको टिनको जस्ता निकाल्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएकी उनलाई रंगेली अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषित गरेका थिए । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।