jhapaonline add

मोरङ, २४ मंसिर । मोरङको २ छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । मंसिर २३ गते राती ८ बजे मोरङको सुन्दरहरैचा नगरपालिका-९ सलकपुर स्थितमा ना. ७ ख ३२२३ नम्बरको टिफरले बिपरीत दिशाबाट आउदै गरेको प्र.१-०२-०५४प३५५८ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका-३ हसनदह का ४४ बर्षीय यम बहादुर रायमाझीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको थियो । यसैगरी मोरङ विराटनगर महानगरपालिका-७ हाटखोला स्थितमा को. १ ख ३४८० नम्बरको ट्रकले पैदलयात्री मोरङ कानेपोखरी गाउँपालिका-२ का २६ बर्षीय मान बहादुर लिम्बुलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका लिम्वुको उपचारको क्रममा…

Read More

चन्द्र बस्नेतकनकाई, २४ मंसिर । झापाको कनकाई नगरपालिका वडा न ६ का नव–निर्वाचित वडाध्यक्ष लक्ष्मीप्रसाद ओलीले पदभार ग्रहण गर्नुभएको छ । गत मंसिर १६ गते भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार ओली निर्वाचित भएसगै सोमबार आज कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नै कार्यकक्षामा सफत गराएसगै नव–निर्वाचित ओलीले वडा कार्यलयमा पदभार ग्रहण गर्नुभएको हो । नगरप्रमुखको कार्यकक्षमा भएको सफतग्रहण कार्यक्रममा नगर प्रमुख पोखरेलले सफत खुवाउदै थप कार्यकालको बधाई सहित शुभकामना समेत दिनुभएको थियो । कार्यक्रममा उप प्रमुख आशाशर्मा शिवाकोटीले स्वागत सहित बधाई तथा शुभकामना दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले सन्चालन गरेको कार्यक्रममा वडा अध्यक्ष सहित कार्यपालिका सदस्य वडा सदस्य कर्मचारी ,…

Read More

झापा, २४ मंसिर । झापाको मेचीनगर नगरपालिका–६ पिंङकीठ्याकबाट प्रहरीले चार लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ । हिजो बेलुका जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ अबैध रुपमा भन्सार छलि लैजाँदै गरेको १२ काटुन लाइटर र भारतबाट नेपालतर्फ ल्याउँदै गरेको कुर्था सुरुवाल २० पिस, उनको सुरुवाल १२ पिस, ट्र्याकसुट बच्चाको ३ जोर, लेडिज ब्याग २ पिस, चिनी २० केजी, नरिवल २ केजी, बिस्कुट ४ प्याकेट, पेडा १ बट्टा, ४ काटुन रङ, बिकाजि भुजिया १५ पिस, लेडिज पेन्ट २१ पिस, कुकर १ पिस, थाल ६ पिस, प्लेट १२ पिस, पान मसला ४०…

Read More

मेचीनगर, २४ मंसिर । झापाको मेचीनगर नगरपालिका–१४ स्थित मदरसामा आगलागी भएको छ । गए राति मेचीनगर–१४ प्रणामी नगर टोलमा रहेको एक तले पक्का माथि टिनको छाना भएको मदरसा (मझारे सरिफ) को सभाहलमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको हो । आगलागीबाट मदरसामा आंशिक क्षति पुगेको छ । आगलागीबाट करिब ३ लाख बराबरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोली, स्थानीयबासी, मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Read More

झापा, २४ मंसिर । झापाको बुद्धशान्ति गाउँपालिका–४ धर्ममार्गस्थित किरण मगरको खाली घरको कुखुराको खोरमाथि नवजात शिशु (छोरी) फेला परेको छ। करिब दुई दिनकी शिशुलाई घाँस काट्न गएकी मिना लिम्बूले फेला पारेकी हुन् । शिशुलाई वडा अध्यक्ष शेरबहादुर राईलाई संरक्षणका लागि जिम्मा दिई प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । शिशुको अवस्था सामान्य रहेको जनाइएको छ । यसअघि, कात्तिक २९ गते मेचीनगरको निन्दा खोलामा सालनालसहित नवजात शिशु फेला परेको थियो, जसको पाँच दिनपछि निधन भएको थियो ।

Read More

झापा, २४ मंसिर । भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने जानकार तथा सरोकारवाला बताउँछन् । भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता एवं तिनको कार्यान्वयनमा देखिएका उल्झनले सुशासन कायम हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाहरुले औँल्याउँदै आएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, महालेखा परीक्षकको प्रतिवेदनजस्ता सरकारी निकायकै आधिकारिक दस्तावेज र तथ्य–तथ्याङ्कले मुलुकमा भ्रष्टाचार बढिरहेको पुष्टि गर्छ । मुलुकको हालको अवस्थाले भ्रष्टाचार कम भएको…

Read More

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ५४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ३० र बिक्रीदर एक सय ७३ रूपैयाँ ०७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रूपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ५६ पैसा कायम गरिएको छ । केन्द्रीय बैंकले अष्ट्रेलियन…

Read More

हुम्ला, २४ मंसिर । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो । सोमबार बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताउनुभयो । यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् । हुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका…

Read More

नुवाकोट, २४ मंसिर । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा मृता भेटिएका छन् । आफ्नै घरमा भित्रबाट आग्लो लगाएको अवस्थामा २४ वर्षीया चन्दीमाया तामाङ, पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । घटनाबारे अनुसन्धन गर्न जिल्लाबाट प्रहरी प्रमुखसहितको टोली गएको छ । चन्दीमायाका श्रीमान् रेसबहादुर घरमाथि रहेको बारीमा केराउ ९मटरकोसा० टिप्न गएको समयमा घटना घटेको स्थानीयले बताएका छन् ।

Read More

झापा, २४ मंसिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी र बागमती प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको पहाडी भू(भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा…

Read More