
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
कास्की, २३ मंसिर । सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहनुभएका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । म्याद थपका लागि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएकोमा न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन म्याद थप्ने अनुमति दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याइनुभएका लामिछाने त्यस यता प्रहरी हिरासतमा हुनुहुन्छ । उहाँलाई त्यसपछि उहाँलाई अनुसन्धानकै क्रममा रुपन्देही, काठमाडौँ र चितवन समेत लगेर बयान लिइएको थियो ।
सप्तरी, २३ मंसिर । सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति परिसर भवनको झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारी भेटिएका छन् । मृत फेला पर्नेमा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४५ वर्षीय सुधीर कुमार झा रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । मृतक झाका दुवै खुट्टाले भुईं टेकेको देखिन्छ । उनको घाँटीको डोरी झ्यालको रडमा बाँधिएको छ । प्रत्यक्षदर्शीले कसैले हत्या गरेर शव झ्यालको रडमा बाँधेर छाडेको हुनसक्ने अनुमान गरेका छन् । आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
दमक, २३ मंसिर । झापाको दमकमा निर्माण भएको १८ तले दमक बिजनेस कम्प्लेक्सको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । २०७६ सालमा शिलान्यास गर्दै राष्ट्रिय गौरवको आयोजनाको रूपमा झापाको दमक ३ मा निर्माण भएको ‘दमक बिजनेस कम्प्लेक्स’ को औपचारिक शुभारम्भ भएको हो । प्रयोजनहीनरुपमा यो कम्प्लेस ठड्याइएको भन्दै सामाजिक सञ्जालमा आलोचना हुने गरेको छ । प्रधानमन्त्रीले ओलीले भने सो कम्प्लेक्सले सो क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै आएका छन् । दीर्घकालका लागि सो कम्प्लेक्सले दमक क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने भनेर दाबी गरिरहँदा आलोचना गर्नेहरूले भने कम्प्लेक्स नचल्ने दाबी गर्दै आएका छन् । आज उद्घाटन भएको कम्प्लेक्स पूर्वपश्चिम मुख्य…
सरोज भट्टराईशिवसताक्षी, २३ मंसिर । झापाको शिवसताक्षीमा हुन गइरहेको मिनीमेला सहितको चासोक तङनाम पर्वको तयारी पुरा भएको छ । किराँत याक्थुङ चुम्लुङ र नालिफुङ चुम्भो शिवसताक्षीको आयोजनामा भोली मंसिर २४ गतेदेखि ३० गतेसम्म नगरस्तरीय दुधे रङ्गशालामा मिनी मेलासहितको बृहत रुपमा चासोक तङ्नाम पर्व मनाउने तयारी पुरा भएको आयोजकले जनाएको छ । चासोक तङनाम पर्वको लागि मौलिक घर निर्माण, मेलाका खेलहरुको सम्पूर्ण तयारी भएको आयोजक किराँत याक्थुङ चुम्लुङका अध्यक्ष विरबल जवेगुले जानकारी दिए । उनले विगत वर्षहरुमा हामीले एक तले मौलिक घर निर्माण गर्दै आएकोमा यस पल्ट २ तले निर्माण गरिएको जानकारी दिए । पछिल्लो समय चासोक तङ्नामलाई जातिय पर्वको रुपमा…
झापा, २३ मंसिर । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ आयोजना हुने भएको छ । नेपालका घरेलु, साना, मझौला, ठूला उद्योगहरूका अतिरिक्त विदेशी बस्तु, पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य वस्तुहरूको प्रचार, प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए । महोत्सव आगामी माघ ११ गतेदेदि २३ गतेसम्म आयोजना गरिने भएको छ । जसका लागि बिर्तामोड उद्योग वाणिज्य संघको आज बसेको बैठकले मूल समारोह समिति समेत गठन गरेको छ । संघका उद्योग उपाध्यक्ष विशाल थापा संयोजक रहेको मूल समारोह समिति गठन गरिएको हो । त्यस्तै अनुगमन समिति संयोजकमा संघकी जनसम्पर्क उपाध्यक्ष गोमा…
झापा, २३ मंसिर । झापा, सुनसरी र उदयपुर जिल्लाहरुको छुट्टाछुट्टै स्थानमा मंसिर २२ गते सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । झापा कनकाई नगरपालिका–८ लक्ष्मिपुर स्थित पुर्व पश्चिम लोकमार्गमा ना ४ च ४०८४ नम्बरको छोटा हात्ति गाडीले बाटो काट्दै गर्दै गरेका स्थानीय ६५ वर्षीय गर्बसिंह राईलाई ठक्कर दिंदा घाईते भएका उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल झापामा मृत्यु भएको थियो । यसैगरी सुनसरीको ईनरुवा नगरपालिका–६ स्थित पुर्व पश्चिम लोकमार्गमा स्थानिय ९३ बर्षीय अमर बहादुर अधिकारीलाई नम्वर नखुलेको सवारी साधनले ठक्कर दिदा घाईते भई उपचारको लागि इनरुवा अस्पताल लगिएकोमा अस्पताल पुर्याखउनासाथ उनको मृत्यु भएको थियो । हरीनगर गाउँपालिका–४ स्थित भित्री…
बुद्धशान्ति, १२ मंसिर । सदाचार, निष्पक्षता र निर्भिकता मुल मन्त्र बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीका कार्यालय प्रमुख (सह–सचिव) सुरेश न्यौपानेले भ्रष्टाचार नियन्त्रणको पहिलो दायित्व सम्बन्धित निकायकै भएको बताएका छन् । झापाको बुद्धशान्ति गाउँपालिकामा आयोजित एक कार्यक्रममा सहभागीहरुका जिज्ञासा तथा प्रश्नलाई सम्बोधन गदैर् उनले जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समितिमा तथा विभिन्न संघसंस्थामा बसेर काम गनेर् वा सार्वजनिक स्रोतसाधनको प्रयोग गरेर काम गनेर् जो कोहिले पनि भ्रष्टाचार सम्बन्धित क्षेत्रको ऐन, नियम पूर्ण परिपालना गर्नुपनेर्मा जोड दिएका हुन् । आयोगको नियमित कार्यक्रम अन्तर्गत बुद्धशान्ति गाउँपालिका र पालिका भित्रका सरोकारवाला संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेको छ । कार्यालयले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालय तथा वन समूह र…
झापा, २३ मंसिर । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे पहिलो खेल र दिउँसो १ बजे दोस्रो खेल सुरु हुनेछ । पहिलो खेल जनकपुर बोल्ट्स–लुम्बिनी लायन्स र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स–चितवन राइनोज बीच हुनेछ ।
झापा, २३ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ५७ र बिक्रीदर एक सय ७३ रूपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५४ रूपैयाँ आठ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ७६ पैसा कायम गरिएको छ ।…
झापा, २३ मंसिर । कैलालीको भजनीबाट सशस्त्र प्रहरीले एक करोड रुपैयाँ भन्दा धेरै मूल्य पर्ने सुन, चाँदी, नगद तथा अन्य सामानसहित तीन जनालाई पक्राउ गरेको छ। भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ उक्त सामान बरामद भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। पक्राउ पर्नेमा सुर्खेतका चौकुनी गाउँपालिका–१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका–११ बस्ने ३२ वर्षीय महेश सुनार रहेका छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली मातहतको बोर्डर आउट पोस्ट (बीओपी) पगियापसारले नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागि जाँच…