
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
१. ब्यक्तिगत सम्बन्ध – तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरुसंग राम्रो र स्वस्थ ब्यक्तिगत सम्बन्ध राख्नुस् । मानसिक स्वास्थ्यमा ब्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ । २. मनोरञ्जनलाई समय दिनुस् – आफ्नो दैनिक कार्यमा तपाइले भित्रबाटै गर्न मन पराउने क्रियाकलाप नाचगान खेल आदिको लागि समय निकाल्नु अत्यन्त जरुरी हुन्छ । ३. समूहमा सहभागी – आफ्नो जस्तै रुची भएका ब्यक्तिहरुको समूहमा सहभागी हुने र रुचिका बिषयमा कुराकानी र भावना बिचार आदानप्रदान गर्न तपाइलाई मानसिक रुपमा स्वस्थ रहन मद्दत गर्छ । ४. सामूदायिक क्रियाकलाप स् सामुदायिक क्रियाकलापमा सहभागी हुने गर्नाले आफूले समूदायलाई केही दिन सकेको खुसी मिल्छ । समुदायको बिकास निर्माण…
काठमाडौँ, २६ पुस। प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ । मनोनीत केन्द्रीय सदस्यमा ईश्वरी काफ्ले, रामकृष्ण ज्ञवाली, प्रकाश सिलवाल, शन्तराम विडारी, डिल्ली आचार्य, खगेन्द्र अधिकारी, दिलबहादुर छन्त्याल, तिलक रिमाल, वसन्ती बास्तोला, भवानी कार्की, सतिदेवी उप्रेती, श्यामकृष्ण दाहाल, गणेश ज्ञवाली, उर्वसी बस्नेत, सङ्गीता आचार्य, कमला पन्थी, कालिका शिवाकोटी, श्रीधर पौडेल, लक्ष्मण तिवारी, सम्झना वन, काशी रिजाल, शङ्कर पाण्डे, भोजराज विश्वकर्मा, मालती केसी, सुनिता महतो, चिवच्छ चौधरी, सम्झना गौतम, धर्मेन्द्र दाहाल, अप्सरा गौतम, पार्वता चौधरी, नरेश शाही र सलिम मियाँ रहेका छन् ।…
धनकुटा , २६ पुस । धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना हुंँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको पाख्रिबास नगरपालिका ३ स्थित पाख्रिबास(हिले सडकखण्डको जौटारमा बिहीबार राति करिब ९ बजे को १ ज २६३९ नम्बरको पिकअप ३ वटा सुंगुर लिएर पाख्रिबासबाट हिलेतर्फ जाँदै गर्दा सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो। मृत्यु हुनेमा चालक पाख्रिबास ९ उत्तरपानीका का ३९ बर्षिया शुक्र बहादुर तामांग र सहचालक सिरहाको लाहान ५ का २४ बर्षिया प्रमोद मल्लिक रहेका छन्। सहचालक मल्लिकको दुर्घटनास्थलमै मृत्यु भएको र चालक तामांगलाई जिल्ला अस्पताल पुराउन साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालले…
सन्तोष शर्माबनियानी, २६ पुस ः झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमामा रहेको सीमा स्तम्भहरुको मर्मत कार्य शुरु भएको छ । नेपाल–भारत अन्तर्राष्ट्रिय सीमामा रहेका सीमा स्तम्भमध्ये नेपाल भारत ‘बाउण्र्डी वर्किङ ग्रुप’ (बीडब्यूजी)को निर्णयानुसार सन् २०१४ पछि निर्माण भएर नेपालतर्फबाट मर्मत–सम्भार गरिने बिजोर नम्बरका सीमा स्तम्भहरुको मर्मत कार्यको शुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाले गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो । मेचीनगनर नगरपालिका–१५ सिसुवाडाँगी स्थित सानो सीमा स्तम्भ नं. ९५÷१२ बाट मर्मत सम्भार कार्य शुरु भइसकेको उहाँले बताउनुभयो । झापामा भारतसँग नेपालको सीमा जोडिएको एक सय ४४ दशमलव २ किलोमिटर अन्तरगत रहेका एक सय सात वटा…
काठमाडौं, २६ पुस । औषधि व्यवस्था विभागले प्रतिबन्धित औषधि बिक्री नगर्न सचेत गराएको छ । प्रतिबन्धित औषधि बिक्री वितरण भइरहेको भन्ने सूचना आएको भन्दै त्यस्ता औषधि बिक्री नगर्न विभागलगे चेतावनीयुक्त सूचना जारी गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले औषधि बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ गर्न भनेपछि विभागले सार्वजनिक सूचना जारी गरेको हो । विभागमा दर्ता नभएका तथा चिकित्सकको पुर्जीमा मिश्रित फर्मास्युटिकल बनावट भएका औषधि, न्युट्रास्युटिकल्सका नाममा तथा औषधि मिश्रित सौन्दर्य प्रसाधन समेत बिक्री भइरहेको गुनासो आएकाले यसलाई रोक्न विभागले चेतावनी दिएको छ । अनुगमनका क्रममा विभागमा दर्ता नभएका तथा प्रतिबन्धित औषधि चिकित्सकीय पुर्जामा सिफारिस हुँदा…
काठमाण्डौ , २६ पुस । १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट खेल्न मलेसिया जाने नेपाली टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आज काठमाण्डौमा एक कार्यक्रमका बीच टोलीलाई बिदाइ गरेको हो । टोलीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, क्यानका सचिव पारस खड्कालगायतका प्रतिनिधिले बिदाइ गरेका हुन् । १९ वर्षमुनिको महिला टोली भोलि दिउँसो मलेसिया प्रस्थान गर्नेछ । १९ वर्षमुनिको महिला टी–२० विश्वकप आउँदो जनावरी १८ देखि फेब्रुअरी २ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘डी’ मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड…
झापा, २६ पुस । झापाको शिवसताक्षी नगरपालिका–११ बाट बिहीबार लागुऔषध ब्राउनसुगरसहित श्रीमान–श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो शिवसताक्षी–११ मिलनकुमार राईको घरमा दमक नगरपालिका–४ फुलबारी टोलका २६ वर्षीय सरुप राई र उनको श्रीमती ३२ वर्षीया आरती मगरले लागुऔषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचानाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले सोही घरमा कानुन बमोजिम रित पुर्याई घर खानतलासी लिँदा निजहरुले घर भित्र रहेको टेबल माथि प्लाष्टिकले पोका पारी राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिकसहित २ ग्राम ८५ मिलिग्राम, प्लाष्टिकबाहेक २ ग्राम ५० मिलिग्राम फेला परेको हो । उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप…
झापा, २६ पुस । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मोरङ जिल्लाको कानेपोखरीमा आयोजित पाँच दिने आधारभूत श्रृंगार तालिमको समापन भएको छ । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको संस्थाको शिक्षा उपसमितिको आयोजनामा मोरङ जिल्ला अन्तर्गतका सेवाकेन्द्रहरुका शेयर सदस्यलाई लक्षित गरेर आयोजना गरिएको तालिमको आज बिहिबार समापन भएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । तालिम पुष २१ गतेदेखि सुरु भएको थियो । संस्थामा आबद्ध महिला शेयर सदस्यलाई आत्मनिर्भर बनाउंदै उद्यममा जोड्न तालिमको आयोजना गरिएको बताउंदै तालिममा सिकिएका सिपलाई व्यवहारमा उर्तान कार्यकारी प्रमुख बस्नेतले आग्रह गरे । संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता तथा कानेपोखरी गाउंपालिका ७ का…
मेष : रमाइलो यात्राको सम्भावना छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। नयाँ र महत्त्वपूर्ण कार्यको थालनी हुनेछ। चिताएको कामले तीव्रता पनि लिनेछ। वृष : आज मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। प्रेम सम्बन्ध पनि कसिलो हुनेछ। मिथुन : आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ। सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला। साँझमा भने प्रेम जीवन सबल र सफल हुनेछ। हराएको आत्मविश्वास बढ्नेछ। कर्कट : दिन कर्मप्रधान रहेको छ। रोकिएका काम पुनः सुरु हुनेछन्। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको…
झापा, २६ पुस । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ। स्थानीय समयानुसार बिहीबार बिहान ७ः३० बजेतिर सेन्टरभ्यु ड्राइभमा रहेको विङ्गेट बाई विन्डह्याम होटलनजिकै रहेको पोखरीमा कार खस्दा चालक ५५ वर्षीय कर्ण खड्का र यात्रु २० वर्षीय निश्चल भट्टको मृत्यु भएको हो। फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार उनीहरू सवार कार हिउँमा चिप्लिएर पोखरीमा खसेको हो। अमेरिकी सञ्चारमाध्यमका अनुसार पोखरीमा कार डुबेको अवस्थामा फेला परेको थियो। दुवै जनाको शव कारभित्र पाइएको हो। सहकर्मीहरूका अनुसार खड्का विङ्गेटमा काम गर्थे भने भट्टले जागिरका लागि आवेदन दिने योजना बनाएका थिए। तर समाचारमा मृतक नेपालीहरूको नेपाल ठेगाना खुलाइएको छैन। केही दिनयता हिमआँधीका कारण…