
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २१ मंसिर । भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुग्नुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्नुहुने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा उहाँ काठमाडौँमा हुनुहुन्छ । उहाँ आजै स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विनोद सापकोटाझापा, २१ मंसिर । अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्यजी महाराज र गोलोक गोवर्धन गौशालाका अध्यक्ष आचार्य श्री नन्दकिशोरजी महाराजलाई ज्यान मार्ने धम्की आएको छ । सामाजिक सञ्जालमा नारायण सिग्देलले बालसन्त र नन्दकिशोरको ज्यान लिने धम्की दिएका हुन् । उनले आफ्नो सामाजिक सञ्जालको पेजमा लेखेका छन् ‘बालसन्त र नन्दकिशोरलाई बचाउने कोही भए राति नै भगाए हुन्छ। भोलि म सताक्षीधाम आउनेछु। कि मर्छु कि मार्छु ।’ सिग्देलले यो यो धम्की बुधबार दिएका हुन्। बिहीबार धाम परिसरमा पुगेर दुई सन्तलाई मार्ने उनले धम्की दिए । सिग्देलको पहिचान भइसकेको प्रहरी अधिकारीले बताएका छन्। यद्यपि गोप्य राखिएको बताइएको छ । सन्तको ज्यान लिने…
झापा, २१ मंसिर । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेलमा हार भोगेका पोखरा एभेन्जर्स र कर्णाली याक्स दुई छुट्टाछुट्टै खेलमा पहिलो जितको खोजीमा मैदान उत्रनेछन् । सदाझैँ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा कर्णाली याक्स चितवन राइनोजसँग भिड्दै छ । कर्णाली सोमपाल कामीको कप्तानीमा छ। बलियो मानिएको कर्णालीले मैदानमा भने सोचेअनुसार प्रदर्शन गर्न सकिरहेको छैन । आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ र दोस्रो खेलमा काठमान्डुसँग ३ विकेटले पराजित कर्णाली आज तेस्रो खेलमा चितवनलाई हराउँदै पहिलो जित हासिल गर्ने प्रयासमा हुनेछ । उता कुशल मल्लको कप्तानीमा रहेको चितवन भने लगातार तेस्रो…
कञ्चनपुर, २१ मंसिर । हिमालय पर्वतमालामा पाइने दुलर्भ कृष्णवक्ष रातोकण्ठ ९चाइनिज रुबीथ्रोट० चरा पहिलोपटक कञ्चनपुरमा देखापरेको छ । बेलौरी नगरपालिका–७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेलापरेको हो । नेपाल पक्षी संरक्षण सङ्घ ९विसिएन०का चराविज्ञ हिरूलाल डगौरा शुक्लाफाँटा नेचरगाइड एशोसिएसनका सुवन चौधरी र महानन्द जोशीको टोलीले सो चरा फेलापारेका हुन् । हिमाली क्षेत्रमा हिउँ पर्ने क्रमसँगै चिसो बढेपछि यो चरा तराई क्षेत्रमा आउने गर्दछ । “तराई क्षेत्रमा आउने भए पनि विरलै देखापर्ने गरेको छ”, चराविज्ञ डगौराले भने, “कञ्चनपुरमा भने पहिलोपटक देखापरेको छ, यो चरा यस क्षेत्रका लागि दुलर्भ नै हो ।” अहिलेसम्मको तथ्याङ्कमा यो चरा नदेखिएको उनको भनाइ छ ।…
झापा, २१ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ भने, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहितका मुद्रा महँगिएका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८८ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ पैसा थियो। अमेरिकी डलरको यो विनियमदर अहिलेसम्मकै सबैभन्दा उच्च हो। त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ३९…
झापा, २१ मंसिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । आज बिहान कोसी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागसहित बाँकी तराईका भूभाग तथा उपत्यकाहरुका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ। आज दिउँसो पनि कोसी र गण्डकी प्रदेशसहित बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोसी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। आज राति पनि कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी…
झापा, २१ मंसिर । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम–सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा…
भद्रपुर, २१ मंसिर । २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा भद्रपुरमा तीन जना सम्मानित भएका छन् । दिवसको अवसरमा भद्रपुर नगरपालिकाको सभा हलमा बिहीबार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका भद्रपुरले आयोजना गरेको कार्यक्रममा वडा नम्बर १ की डम्बरकुमारी श्रेष्ठ वडा ६ की प्रवीण अलि र वडा १० की योगमाया भण्डारीलाई मायाको चिनोसहित सम्मान गरिएको हो । नगरको १० वटा वडामा खटिएका ४९ जना स्वास्थ्य स्वयंसेविकामध्ये तीनै जनालाई नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख पोखरेलले मातृ तथा शिशुको स्वास्थ्यमा अहोरात्र खटिएर…
हल्दिबारी, २० मंसिर । झापाको हल्दिबारी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर आजदेखि शुरु भएको छ । शिविर आजदेखि वडा नं ४ बाट शुरू भएको हो। प्रदेश सरकार, स्थानीय सरकार र करूणा फाउन्डेसनको त्रिपक्षीय लागत साक्षेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत गरिएको शिविरमा वडा भित्रका नयाँ पुराना गरी ३१ जना महिला, ३३ जना पुरुष गरी जम्मा ६४ जना अपांगता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण तथा आवश्यकता अनुसार थप उपचार एवम् कार्ड वितरण गरिएको छ । स्वास्थ्य परीक्षण पश्चात १ जनालाई रातो, २ जनालाई निलो, २ जनालाई पहेँलो…
बिर्तामोड, २० मंसिर । झापाको बिर्तामोड नगरपालिकाले नयाँ राष्ट्रिय भवन संहिता जारी गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै नयाँ राष्ट्रिय भवन संहिता अनुरुप नयाँ भवनको निर्माण र नक्शा पास गर्न सूचित गरेको छ ।