jhapaonline add

झापा, २४ असार । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज भएको खेलमा स्वीट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित ९० मिनेटमा र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

Read More

झापा, २४ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा,…

Read More

झापा, २३ असार । संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई प्रदान गरिएको शाही आममाफीप्रति नेपाल सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिजारी गर्दै उक्त आममाफीको सदाशयपूर्ण कदमलाई नेपाल र युएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ । आममाफीको निर्णय मन्त्रालयको निर्देशनानुुसार आबुधाबीस्थित नेपाली दूतावासले गरेको अनुरोधको प्रत्युत्तरस्वरूप मित्रराष्ट्र युएई सरकारले गरेको हो । माफीप्राप्त नेपाली नागरिक, अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नभएको अवस्थामा, युएईको प्रचलित कानुनबमोजिम आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन…

Read More

झापा, २३ असार । मोरङको ग्रामथान गाउँपालिका–६ झोवाबनीमा देवरले खुकुरी प्रहार गरी आफ्नै भाउजूको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार २२ गते राति करिब साढे ८ बजे २१ वर्षीय सौचन खवासले आफ्ना दाइ कपिल खवासकी २० वर्षीया श्रीमती सीमा राजवंशीमाथि धारिलो हतियार खुकुरी प्रहार गरेका थिए । घाँटीमा गम्भीर चोट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । सीमालाई बचाउन खोज्ने क्रममा सोही स्थानका ४४ वर्षीय शिवलाल खवास पनि घाइते भएका छन् । नाताले ठुलोबुबा पर्ने शिवलालको दाहिने कुममा…

Read More

झापा, २३ असार । कोशी प्रदेश प्रहरीको लागुऔषधविरुद्धको महाअभियान अन्तर्गत लागुऔषध मुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्शरजनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरूको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर ८० मिलिग्राम, गाँजा १ केजी ५६० ग्राम, ट्यापेन्टाडोल र ट्रामाडोल १०१ चक्की, नगद ३० हजार रुपैयाँ र १ थान मोटरसाइकल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सिन्धुलीको दुधौली नगरपालिका–१२ का हाल…

Read More

झापा, २३ असार । भ्याक्सिनेटरहरूको भुक्तानीबाट २० प्रतिशत कमिसनस्वरूप घुस मागेको आरोपमा सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा राम पवित्र दास र सवारी चालक भोगेन्द्र यादव पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले यादवलाई घुसस्वरूप लिएको ३३ हजार ३५० सहित पक्राउ गरेको हो ।उनीबाट स्रोत नखुलेको ४८ हजार ७० समेत बरामद भएपछि कुल ८१ हजार ४२० नगद फेला परेको आयोगले जनाएको छ । अख्तियारका अनुसार दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, २३ असार । मौसमको प्रतिकूलताका कारण यसवर्ष देशभर धान रोपाइँ गत वर्षको तुलनामा १२ दशमलव ६२ प्रतिशतले कमी आएको छ । गत वर्ष ४५ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ३२।३८ प्रतिशत रोपाइँ भएको हो । सोमबारसम्म देशभर चार लाख ४३ हजार ५९५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो । उहाँका अनुसार रोपाइँ हुने क्षेत्रफल १३ लाख ७० हजार ६२ हेक्टर हो । सुदूरपश्चिम प्रदेशमा ५७ दशमलव नौ, गण्डकीमा ४१, कर्णालीमा ४० दशमलव पाँच, लुम्बिनीमा ३७ दशमलव तीन, बागमतीमा ३३ दशमलव दुई, कोशीमा ३१ दशमलव पाँच र मधेस प्रदेशमा १५ दशमलव छ प्रतिशत रोपाइँ भएको…

Read More

झापा, २३ असार । बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा वस्तुको क्षतिपूर्तिस्वरुप ५२ करोड एक साताभित्र किसानलाई उपलब्ध गराउने पशुसेवा विभागले तयारी गरेको छ । विभागले रोग नियन्त्रणका क्रममा किसानका नष्ट गरिएको पन्छी, अण्डा तथा दानाबापत सम्बन्धित धनीलाई क्षतिका रकम मूल्याङ्कनका आधारमा ७५ प्रतिशत राहतस्वरूप उपलब्ध गराउने तयारी गरेको हो । बर्डफ्लु सङ्क्रमणका कारण झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्ला बढी प्रभावित भएका छन् । हालसम्म करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको तथा करिब रु ७० करोड बराबरको आर्थिक क्षति…

Read More

झापा, २३ असार । झापाको कमल गाउँपालिका–३ मा कोब्रा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार साँझ करिब ७ः५० बजे कमल–३ निवासी ज्ञानबहादुर लिम्बूकी श्रीमती ४० वर्षीया सरस्वती मगर लिम्बूलाई आफ्नै घरको भान्सा कोठामा खाना पकाउने क्रममा कोब्रा सर्पले डसेको थियो । सर्पले डसेपछि उनलाई उपचारका लागि नेपाल रेडक्रस सोसाइटी, दमक लगिएको थियो । घटनाको जानकारी राति १०ः२५ बजे इलाका प्रहरी कार्यालय दमकमा प्राप्त भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल तथा उपचारस्थलतर्फ खटिएको थियो । उपचारकै क्रममा राति १०ः४० बजे चिकित्सकले सरस्वतीलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ…

Read More

झापा, २३ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । मधेस र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशका पहाडी र हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केहि स्थान तथा मधेस प्रदेश साथै कोशी,…

Read More