jhapaonline add

झापा, १६ चैत । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित बाइस बिघे जङ्गलमा १३ वर्षीया बालिकामाथि निर्घात कुटपिट गरिएको घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जालमा घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले दोषीहरूको खोजी तीव्र पारेको थियो। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले घटनामा संलग्न २१ वर्षीय सुदिन राई, २० वर्षीय निशान राई तथा अर्का १७ वर्षीय नाबालकलाई चैत १३ देखि १५ गतेसम्म विभिन्न स्थानबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई बालबालिका विरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाउन सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर…

Read More

झापा, १६ चैत । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल आएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली भू(भागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो र राति पनि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सङ्केत देखिएको छ ।…

Read More

भद्रपुर, १५ चैत । झापाको भद्रपुर नगरपालिका–६ बंगाली टोलका महादेव मण्डल परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । विभिन्न दाताहरुबाट सहयोग स्वरुप संकलित १ लाख ७ हजार २ सय ३२ रुपैयाँ मण्डल परिवारलाई हस्तान्तरण गरिएको हो । भद्रपुर नगरपालिकाकी उप–प्रमुख राधा कार्कीले सो सहयोग रकम हस्तान्तरण गर्नुभयो । अमेरिकामा अध्ययनरत मनीष भूर्तेलको अग्रसरतामा र भद्रपुरबाट संकलन भएको उक्त रकम भद्रपुर–७ निवासी समाजसेवी दम्पती रुद्र भूर्तेल एवम् हीरा वाग्ले भूर्तेलमार्फत् पीडित परिवारलाई प्रदान गरिएको हो । महादेव मण्डलकी पत्नी इना विगत ४ वर्षदेखि क्यान्सर रोगबाट पीडित रहेको र विपन्नताका कारण उपचार गराउन कठिनाइ झेलिरहेको अवस्था जानकारी भएपश्चात् सामाजिक उत्तरदायित्व वहन गर्ने…

Read More

झापा, १५ चैत । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजारले र चाँदी रु ५० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७२० कायम भएको छ । गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ६७० कायम भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको चाँदी ८६ अमेरिकी डलरमा…

Read More

झापा, १५ चैत । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने भएको छ । समितिमा कानुन, अर्थ, राजस्व तथा अनुसन्धान क्षेत्रका विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधि समावेश गर्ने सरकारद्वारा आज सार्वजनिक शासकीय सुधारसम्बन्धी कार्यसूचीमा उल्लेख छ । उक्त समितिले पहिलो चरणमा २०६२–६३ देखि हालसम्म अर्थात् २०८२–८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक दलका पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति विवरणको सङ्कलन, प्रमाणीकरण र छानबिन उल्लेख छ । दोस्रो चरणमा विसं २०४८ सालदेखि २०६१–६२ सम्मको अवधिमा सार्वजनिक पद धारण गरेका सोही प्रकृतिका पदाधिकारी तथा कर्मचारीको सम्पत्ति छानबिन गरिनेछ ।…

Read More

झापा, १५ चैत । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएका घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण सङ्कलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिने सरकारको निर्णय छ । उक्त सिफारिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाउने सरकारको शासकीय सुधारसम्बन्धी कार्यसूचीमा उल्लेख छ । उक्त आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा दोषी व्यक्ति तथा पक्षमाथि प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान, कारबाही र अभियोजन प्रक्रिया तत्काल अघि बढाइनेछ । जेनजी आन्दोलनका क्रममा भएका…

Read More

झापा, १५ चैत । झापाको दमक नगरपालिका वडा नं. ८ सेतुमारीमा एक युवाको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार दमक–८ सेतुमारी रोडका २८ को निरोज साहको करेन्ट लागेर मृत्यु भएको हो । साह आफ्नै किराना पसलबाट पुर्व पट्टी रहेको आफ्नै तीन तले घरका लागि सोही स्थानका मनोज साहको दुई तले घरको छत माथिबाट सीसी क्यामेराको तार तान्ने क्रममा उक्त तार विद्युतको हाइटेन्सन तारमा लागि विद्युत सर्ट भइ करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते उनलाई उपचारको लागि लाइफ लाइन अस्पताल दमकमा पु¥याइएकोमा उपचारका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १५ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली भूभागमा साधारणतया बादल…

Read More

झापा, १४ चैत । देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् । यस्तै, तीन स्थानमा डढेलो लागेको छ । सुक्खा मौसमका कारण देशभर आगजनीका घटनामा वृद्धि भएकाले सचेतना अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रूह गरेको छ । प्राधिकरणका अनुसार, चैत १२ गते बिहानदेखि चैत १३ गते बिहानसम्म देशभर २५ विपदका घटना भएका थिए । विपदका कारण रु ७४ लाख सात हजार बराबरको धनमालको क्षति भएको छ । घटना विवरण अनुसार, उखुको पात सल्काउँदा, खाना पकाउने क्रममा चुल्होबाट हावाले आगो उडाउँदा आगलागी भएका छन् । ग्यास चुहिएर, वा सलाई खेलाउँदा पनि आगलागी भएको छ । सामान्य सावधानी…

Read More

झापा, १४ चैत । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका–४ घिउखोलामा गएराति ट्रक, बस र पिकअप ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। प्रहरीका अनुसार ट्रकले बस र पिकअपलाई ठक्कर दिँदा बस करिब २०० मिटर तल र ट्रक १०० मिटर तल खसेका थिए। उद्धारका लागि सेना, सशस्त्र प्रहरी र स्थानीय प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो। घाइतेहरूलाई चिसापानी अस्पतालमा प्रारम्भिक उपचारपछि बुटवल पठाइएको छ। जिल्ला अस्पताल परासीमा उपचारका क्रममा २५ वर्षीय गोबिन बुढासहित ३ जनाको मृत्यु भएको पुष्टि भएको छ। अन्य दुई जनाको पहिचान खुल्न बाँकी छ। राजमार्ग अवरुद्ध नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More