
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बाँके, ३० कात्तिक । बाँकेको कोहलपुरमा समलिङ्गी विवाह दर्ता भएको छ । जाजरकोटकी ३० वर्षीया सन्जु विक र कोहलपुर १४ की २९ वर्षकी रिचा सुनारले वडा नं. १४ को कार्यालयमा पुगेर समलिङ्गी विवाह दर्ता गराउनु भएको अध्यक्ष नमबहादुर आले मगरले बताउनु भयो । ‘विवाह गर्ने जोडीको परिवारसँग समेत कुराकानी गरेर दुवैको राजीखुशीमा विवाह दर्ताको प्रमाणपत्र जारी भएको वडा अध्यक्ष मगरले जानकारी दिनु भयो ।समलिङ्गी विवाह दर्ता गर्न राष्ट्रिय परिपत्र तथा पञ्जीकरण विभागले १२ वैशाख २०८१ मा सबै स्थानीय तहलाई परिपत्र जारी गरेको थियो ।
झापा, ३० कात्तिक । नेपाली सेनाले प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो । आवेदन आगामी मङ्सिर २९ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर बुझाएर थप एक सातासम्म आवेदन दिन सकिने छ ।
झापा, ३० कात्तिक । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ३० र बिक्रीदर एक सय ७१ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९७ पैसा कायम गरिएको छ…
झापा, ३० कात्तिक । दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो । एकजनाको परिचय खुलेकोे छैन ।
रौतहट, ३० कात्तिक । मिर्गौलापीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा निधन भएको छ । वडाध्यक्ष साह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट र २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । त्यसैबीच, रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद किरणकुमार साहले वडाध्यक्ष साहको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनामा समवेदना प्रकट गरेका छन् ।
झापा, ३० कात्तिक । काठमाडौँ।हाल देशभर पश्चिमी तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । साथै तराईका केही भागमा बाक्लो हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा तराईका क्षेत्रमा बिहानीपख र राती बाक्लो हुस्सु…
झापा, २९ कात्तिक । झापाको मेचीनगर नगरपालिका–१० स्थित निन्दा खोला नजिकै आज नवजात शिशु फेला परेको छ । निन्दा खोला जनिकै रहेको घारीमा साल नालसहितको जिवित छोरी नवजात शिशु कमिलाले टोकी रहेको रगताम्य अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो । मेचीनगर–११ की ३७ वर्षीया इन्दिरा प्रसाईं (अधिकारी) ले मर्निङ वाक गर्ने क्रममा नवजात शिशु फेला पार्नुभएको थियो । प्रसाईंले इलाका प्रहरी कार्यालय धुलाबारीमा आज दिउँसो उक्त शिशु बुझाउनु भएको थियो । उक्त शिशु मेचीनगर नगरपालिका १० नं. वडा कार्यालयलाई जिम्मा बुझाइएको छ । शिशुको अवस्था सामान्य रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला…
झापा, २९ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने भएको छ । विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलो पटक हो । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले क्षेत्रीय विद्युत् व्यापारमा ऐतिहासिक कोशेढुङ्गा कायम हुन लागेको राससलाई प्रतिक्रिया दिनुभयो । भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बङ्गलादेश निर्यात गर्न अनुमति दिएपछि शुक्रबार प्राधिकरणले मध्यान्न विद्युत् निर्यात गर्नेछ । विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गर्नुभएको थियो । सम्झौताअनुसार हरेक…
सन्तोष शर्माझापा, २९ कात्तिक । बोक्सी सम्बन्धी अन्धविश्वासविरुद्धको सामाजिक चलचित्र ‘अग्निदहन’ मंसिर ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । ‘मान्छे बोक्सी हुन्न’ भन्ने सन्देश बोकेको यो चलचित्र मंसिर ७ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने भएको हो । चलचित्रको ‘प्रमोसन’का लागि पूर्व आएको चलचित्र युनिटले आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी चलचित्र प्रदर्शनबारे जानकारी दिएको छ । चलचित्रका निर्देशक घनश्याम लामिछानेले समाजमा रहेको बोक्सी सम्बन्धी अन्धविश्वास अन्त्य गर्ने उद्देश्यले चलचित्र निर्माण भएको बताउनुभयो । ‘अग्निदहन’ २०७५ सालमै निर्माण भए पनि चलचित्रमा केही परिमार्जित गरेर ठूलो पर्दामा देखाउन लागिएको बताउनुभयो । “बोक्सीसम्बन्धी घटना भएका स्थानमा पाँच सय वटा निःशुल्क शो भइसकेको…
झापा, २९ कात्तिक । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । आज दिउँसो मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट लागू–औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट सिटी सफारीमा नेपाल तर्फ आउँदै गरेको मुगु खत्याड गाँउपालिका–७ का २२ वर्षीय हिराप्रसाद जैसीलाई प्लाष्टिकबाहेक २ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो । त्यसैगरी आजै बेलुका मेचीनगर–६ बाटै ब्यूरोबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको मे ६ प ६५१० नम्बरको स्कुटर चालक मेचीनगर–१० का ३३ वर्षीय नेसरु मियालाई प्लाष्टिकबाहेक २ ग्राम ११० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ । यसैगरी, आजै बेलुका मेचीनगर–६ पुरानो मेचीपुलबाट व्यूरोबाट खटिएको प्रहरी टोलीले भारतबाट…