jhapaonline add

नकुल काजीसाहित्यमा समाजकाे अनुहार बिम्बित हुनु पर्दछ, चाहे त्याे सुन्दर हाेस् वा असुन्दर । याे स्थापित परम्परागत विश्व-मान्यतामाथि अहिले ‘आधुनिकता’-काे प्रकाेप  क्रमशः बढ्दै गएकाे छ । यसलाई के भनेर बाेधगम्य व्याख्या गर्ने भन्ने विषय पनि  अक्करिलाे बनी भिमलाउँदै गएकाे अवस्था छ अहिले । किनभने, ‘मान्छेकाे विचार अन्तर्राष्ट्रिय’ हुँदै गएकाे सेराेफेराेमा नेपाल चाहिँ त्यसबाट अछुताे रहने कुरै भएन । अतः माया-प्रीतिका  गाथा सम्माेहक हुनु मानव-मनाेविज्ञानकाे एउटा यथार्थ त हुँदै हाे नै । अहिलेकाे राजनीतिक परिवेशद्वारा परिवेष्टित समाजकाे रुचिले धनी र गरीबकाे वैभिन्न्यका फलाकाेले भरिभराउ लेखनलाई ‘साहित्य’ मान्ने एकथरि चलन छ । अथवा, शाेषक र शाेषितका भावनात्मक र भाैतिक द्वन्द्वका कथा-व्यथा इत्यादिलाई…

Read More

मोरङ, २१ कात्तिक । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री र प्रदेश सरकारलाई जानकारीसमेत नदिई जापान जानुभएका मन्त्री अधिकारीलाई मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिन निर्देशन दिनुभएपछि उहाँले आजै मुख्यमन्त्री समक्ष राजीनामा दिनुभएको हो । मुख्यमन्त्रीले पदीय मर्यादा विपरीत र गैरकानुनी रुपमा विदेश भ्रमणमा गएको भन्दै मन्त्री अधिकारीलाई पद छाड्न निर्देशन दिनुभएको थियो । वैदेशिक भ्रमणमा प्रदेश सरकार मात्र नभई संघीय सरकारले पनि अनुमति दिनुपर्ने व्यवस्था छ । तर, त्यसलाई बेवास्ता गर्दै मन्त्री अधिकारी कात्तिक १३ गते जापान प्रस्थान गर्नुभएको थियो । टोकियो महानगरपालिकाको कार्यक्रममा सरिक हुन आफु जापान गएको स्विकार्दै मन्त्री…

Read More

झापा, २१ कात्तिक । तिहारको अवधिमा झापामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कार्तिक १५ गतेदेखि सोमबारसम्म भएका ३१ दुर्घटनामा चार जनाको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा दुई बालकसहित चार जनाको मृत्यु भएको छ । तीमध्ये तीन जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो । दुर्घटनामा कन्काई ५ चप्रामारीस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट ७ वर्षीय सोहन पाठकले ज्यान गुमाएका छन् । उनलाई मे ११ प ३३८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । काँकडभिट्टाबाट धरान जाँदै गरेको प्र १–०२–०१ ख ९५३० नम्बरको बसको ठक्करबाट शिवसताक्षी–८ का ६१ वर्षीय गणेश खड्काको पनि मृत्यु…

Read More

झापा, २१ कात्तिक । पहिचानवादी मोर्चाले संघीय समितिको सल्लाहकार, सहसंयोजक र संघीय सदस्य मनोनित गरेको छ। कात्तिक २० गते बसेको पहिचानवादी मोर्चाको संघीय समितिको पूर्ण बैठकले दुई जना सल्लाहकार, एक जना सहसंयोजक र ९० जना सङ्घीय सदस्य मनोनित गरेको हो । मोर्चाका संयोजक प्राडा महेन्द्र लावतीको अध्यक्षतामा बसेको बैठकले सल्लाहकारमा प्राडा ग्यानेस लामा (अमेरिका) र अधिवक्ता निरञ्जन अधिकारी (अमेरिका)लाई मनोनित गरेको छ भने सहसंयोजकमा मोरङका ज्ञानबहादुर गुरुङलाई मनोनित गरिएको संघीय सदस्य धनबहादुर पङ्धाकले जानकारी दिनुभयो। उहाँका अनुसार २० गते बसेको बैठकले गरेको निर्णय अनुसार मनोनितहरुको आज नामावली सार्वजनिक गरिएको छ । यस्तो मनोनित हुनेहरुको नामावली

Read More

झापा, २१ कात्तिक । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । संयुक्त अरब इमिरेट्स ९युएई० को द सेभेन क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो । नेपालले प्रस्तुत गरेको एक सय तीन रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटियो । थाइल्यान्डका लागि अपिसरा सुवान्चोरथीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालका लागि रचनाकुमारी चौधरी एक्लैले चार विकेट लिइन् भने कप्तान पूजा महतो र रिया शर्माले समान…

Read More

कनकाई, २१ कात्तिक । झापाको धार्मिक तथा पर्यटकीय स्थल कनकाई माई नदीको किनारमा पनि छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । श्री कनकाई छठ सेवा समाजले कनकाई माई नदी किनारमा प्रत्येक बर्ष आयोजना गर्दै आएको छठ पूजालाई यस बर्षपनि निरन्तरता दिएको हो । श्री कनकाई छठ सेवा समाजले आज सुरुङ्गादेखि कनकाई माई नदीसम्म सरसफाई कार्यक्रम गरेको थियो । समाजको अगुवाईमा भएको सरसफाई कार्यक्रम कनकाईका बिभिन्न सामाजिक संघरसंस्थाको समेत सहभागीता रहेको थियो । आज बिहान ८ बजेदेखि शुरु भएको सरसफाई कार्यक्रम १० बजे पूजा स्थलमा पुगेर समापन भएको थियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । https://www.facebook.com/jhapaonlineportal/videos/591903469911122 यस बर्षको छठ…

Read More

लक्ष्मीपुर, २१ कात्तिक । छठ पूजाको अवसरमा लक्ष्मीपुरदेखि बिरिङ खोलासम्म सडक सरसफाई गरिएको छ । छठ युवा फ्रन्ट बिर्तामोडको अगुवाइमा आज लक्ष्मीपुर चोकदेखि छठ पूजास्थल बिरिङ खोलासम्म सरसफाइ गरिएको हो । सरसफाइ कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्था, अभियन्ताहरुको सहभागिता रहेको थियो । बिरिङ खेलामा हुने छठ पूजालाई भब्य र सभ्य बनाउन सरसफाई गरिएको फ्रन्टका अध्यक्ष अमरजीत रौनियारले जानकारी दिए । ‘छठ पर्वका बेला घरआँगन, खोला तथा जलाशय सफा गरिन्छ’, उनले भने, ‘भक्तजन र व्रतालुलाई लक्षित गरेर सडक सफा गरेका हौं ।’ सरसफाई कार्यक्रमको उद्घाटन कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवालले गरेका थिए । कार्यक्रममा बिर्तामोड–२ का वडाध्यक्ष किशोरकुमार पौडेल, नेपाली कांग्रेस बिर्तामोड…

Read More

झापा, २१ कात्तिक । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबारका लागि अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ । मङ्गलबार अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा कायम भएकामा आज एकको खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । साथै हिजो क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा रहेकामा आजका लागि एकको खरिददर ९६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९७ रुपैयाँ १७ पैसा कायम भएको छ…

Read More

झापा, २१ कात्तिक । हिन्दू धर्मावलम्बीहरुको दुई ठूला महत्वपूर्ण चाड दशैं र तिहार सकिए लगत्तै झापामा छठ पर्वको चहलपहल सुरु भएको छ । झापाका विभिन्न नदी, पोखरी र खोला–किनारहरूमा छठ पर्वको लागि घाट निर्माण र सजावटका काम सुरु भएको छ भने बजारमा छठका लागि आवश्यक सामग्री उपलब्ध हुन थालेका छन् । अहिले नदी–खोला घाटलाई झकिझकाउ पारिँदै छ । छठ पूजाका लागि झापाको मेची, निन्दा, टिमाई, देउनियाँ, फूलवासा, अन्धुवा, बिरिङ, कनकाई, रतुवा लगायतका नदीहरूलाई दुलही झैँ सिँगारिने क्रम सुरु भएको छ । मैथिल समाज झापाका अध्यक्ष रमेशचन्द्र झाका अनुसार अनुसार भद्रपुरको मेची निन्दा नदीमा करिब एक हजार घाट निर्माण हुँदै छन्…

Read More

झापा, ३१ कात्तिक । हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघ गर्जनर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । भोलि बिहीबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

Read More