
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १६ कात्तिक । कैलाली र डडेल्धुरामा तास खेलिरहेको अवस्थामा प्रहरीले ३७ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई साढे चार लाख भन्दा धेरै रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। कैलालीको घोडाघोडी नगरपालिका–६ अस्नारास्थित कुखुरा फर्मबाट तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका हुन्। प्रहरीले उनीहरुको साथबाट २६ हजार ४ सय २० रुपैयाँ र एक गड्डी तास पनि बरामद गरेको छ। त्यसैगरी डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ गोयलखेतमा तास खेलिरहेका २८ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरुलाई ४ लाख ४१ हजार ८ सय ६९ रुपैयाँ र १६ गड्डी ताससहित पक्राउ गरिएको हो।
बनियानी, १६ कात्तिक । झापाको मेचीनगरमा बिहीबार बेलुका आगलागी हुँदा रू सात लाख बराबरको क्षति भएको छ । मेचीनगर–६ काँकरभिट्टाका प्रेम गुरुङको घरको भुई तल्लामा रहेको न्यू सागर होटलको फ्रिजबाट आज राति ८ बजे अचानक विद्युत सर्ट भई आगलागी हुँदा रू सात लाख क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । आगलागी प्रहरी, स्थानीयबासी र मेचीनगर नगरपालिकाको २ वटा दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट होटल भित्र रहेको भाडावर्तन, फ्रिज, अन्य फर्निचर लगायतका सर–सामान पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
झापा, १६ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २६ र बिक्रीदर एक सय ७५ रुपैयाँ ०४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।…
झापा, १६ कात्तिक । देशभर पश्चिमी तथा पहाडी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी…
झापा, १५ कात्तिक । झापाको गौरादहमा गोरुले हानेर घाइते भएका एक पुरुषको आज उपचारको क्रममा मृत्यु भएको छ । बिहीबार बेलुका गौरादह नगरपालिका–७ जामबारका ४८ वर्षीयको कृष्ण शर्माले बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा उक्त गोरुले हानी घाइते भएका थिए । उनलाई लाइफ लाइन अस्पताल दमक ल्याएर उपचार गराउँदा ढाँडको सात वटा करङ भाँचिएकाले थप उपचारका लागि नोबेल अस्पताला विराटनगर रेफर गरिएको थियो । उनको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही गोरुलाई समाउने क्रममा सोही स्थानका ४५ वर्षीय रविन राजवंशी समेत घाइते भएका छन् । लाइफ लाइन अस्पताल दमकमा घाइते राजवंशीको उपचार…
कनकाई, १५ कात्तिक । झापाको कनकाई नगरपालिका–६ नम्बर वडामा आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि माओवादी केन्द्रका तर्फबाट उम्मेद्वार तोकिएको छ । आज पार्टीका उपाध्यक्ष तथा पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त वार्डका लागि स्थानीय युवा नेता तथा पार्टीका जिल्ला सदस्य गणेश थापालाई पार्टीका तर्फबाट उम्मेद्धार तोक्नुभयो । श्रेष्ठले खादा माला र अबिर लगाएर पार्टीका तर्फबाट उम्मेद्धार तोक्नुभएको हो । कार्यक्रममा बोल्नुहुदै आफुहरुले सुशासन कायम गर्न खोज्दा सरकार ढालेको बताउँदै जसको निति उसको नेतृत्व हुँदामात्रै यो व्यावस्थाको रक्षा हुने भएकोेले माओवादीका उम्मेद्धारले जित्नु आवश्यक रहेको बताउँनुयो । बर्तमान सरकारका कामकार्वाहीका कारण सरकार र यो व्यावस्थाप्रति जनताको नैराश्यकता बढेको बताउँदै संविधानको…
झापा, १५ कात्तिक । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ ।…
झापा, १५ कात्तिक । सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ । बुधबार प्रतितोला रु दुई हजार दुई सयले वृद्धि भई रु एक लाख ७० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ७१ हजार निर्धारण भएको छ । बुधवारको तुलनामा आज प्रतितोला रु तीन सयले वृद्धि भएको हो । यस्तै चाँदीको मूल्य तोलामा रु ३० ले घटेको छ । बुधबार…
बिर्तामोड, १५ कात्तिक । पूर्बेली ढुवानी सेवा प्रा। लि बिर्तामोडले व्यवसायलाई थप मजबुद बनाउँदै लगेको छ । कोशी प्रदेश र बाहिरका विभिन्न जिल्लामासमेत सेवा दिँदै आएको पूर्बेलीले आज ५ वटा ट्रक थप गरेर सेवालाई थप मजबुद र व्यवस्थित बनाएको हो । टाटा मोटर्सको आधिकारिक विक्रेता सिपर्दी ट्रेडिङ धाईजनमा पुगेर ढुवानी सञ्चालक निर्मलराज खत्री र हरि बस्नेतले गाडीको चाबी ग्रहण गर्नु भयो । सञ्चालक खत्रीलाई सिप्रदीका सर्भिस म्यानेजर सन्तोष पट्टेलले चाबी हस्तान्तरण गर्नु भएको हो । प्रविधिको विकाससंगै ढुवानीका क्षेत्रमा प्रतिस्पर्धासमेत बढ्दै गएकोले ५ वटा दश १० चक्के ट्रक थप गरेको सञ्चालक खत्रीले बताउनु भयो । पूर्बेलीले २५१८ सी मोडलको ट्रक…
भद्रपुर, १५ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्मजयन्तीको अवसर पारेर देवकोटा स्मारक संरक्षण समितिले चन्द्रगढीमा विविध कार्यक्रम सम्पन्न गरेको छ । भद्रपुर ९ मुना समुदायिक भवन चन्द्रगढीमा समितिले श्रष्टा सम्मान, शैक्षिक उन्नयन पुरस्कार तथा बाल कविता बाचन प्रतियोगिता सम्पन्न गरेको हो । समितिका अध्यक्ष राजु वरालको सभापतित्व तथा नेपाल संगीत नाट्य कला प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरिप्रसाद पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मनोरथ दाहाल स्मृति साहित्य पुरस्कारबाट झापाका अग्रज पत्रकार तथा साहित्यकार नकुल काजीलाई नगद २० हजार सहित सम्मानित गरिएको थियो भने स्रष्टा सम्मानबाट पत्रकार तलु बास्केलाई सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा शैक्षिक उन्नयन पुरस्कारबाट वीरेन्द्र मावि…