jhapaonline add

झापा, १९ मंसिर । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलरलगायतका विदेशी मुद्राको मूल्य घटेको छ । यस्तै, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्य वृद्धि भएको छ । जापानी येन, कतारी रियाल, स्वीस फ्रयाङ्कको भने मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय…

Read More

झापा, १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज कर्णाली याक्स र काठमाडौँ गुर्खाज तथा बिराटनगर किंग्स र लुम्बिनी लायन्स बीच हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ देखि शुरु हुने पहिलो खेलामा याक्स र गुर्खाज भिड्ने छन् भने दिउँसो १ः१५ देखि सुरु हुने दोस्रो खेल किंग्स र लायन्स प्रतिस्पर्धा गर्दैछन् । मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल ८ फ्रेन्चाइजीले भाग लिएका छन् । प्रतियोगिताको फाइनल खेल पुस ६ गते हुनेछ ।

Read More

झापा, १९ मंसिर । आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । बिहीबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

Read More

झापा, १८ मंसिर । झापाको मेचीनगर नगरपालिका–११ स्थित तेलिबारीमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा आज दिउँसो मोटरसाइकल चालक भद्रपुर नगरपालिका–१० का ५५ वर्षीय किसन न्यौपाने मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत मेचीनगर–११ स्थित तेलिबारी बागमति प्र–०१– ००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक न्यौपाने गम्भीर घाइते भएका थिए । उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पु¥याउना साथ चिकित्सकले न्यौपानेलाई मृत घोषित गरेको थियो । दुर्घटनामा संलग्न बस, बस चालक उदयपुर…

Read More

झापा, १८ मंसिर । युएईको सारजहामा जारी एसीसी एसियाकप यू–१९ एसियाकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। एसिया कप अन्तरगत समूहको अन्तिम खेलमा अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा पूरा गरेको हो । अफगानिस्तानले दिएको सामान्य लक्ष्य नेपालले ४१.३ ओभरमा पूरा गरेको हो । त्यसअघि फैसल खानको अर्धसतकको मद्दतमा अफगानिस्तानले ३५.४ ओभरमा अलआउट हुनुअघि १२३ रन बनाएको थियो। यो जितसँगै एसियाकपमा नेपालले सुखद अन्त्य गरेको छ। यसअघिका दुवै खेलमा नेपाल पराजित भएको थियो। समूह बीमा रहेको नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो। यो समूहबाट अफगानिस्तान सबै खेलमा पराजित…

Read More

झापा, १८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध आफूले अघि सारेका एजेन्डा उपनिर्वाचनबाट अनुमोदित भएको बताएका छन्। मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले मतदातालाई आभार प्रकट गर्दै आफूले अघि बढाउन खोजेको अभियान जनताले अनुमोदन गरेको पुष्टि भएको बताएका हुन्। ‘निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ,’ प्रचण्डले विज्ञप्तिमार्फत भनेका छन्, ‘विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ। यसबाट हाम्रो पार्टीले अघि सारेका एजेन्डा र अघि बढाउन खोजेको अभियान जनताले अनुमोदन गरेको पुष्टि भएको छ।’ ‘हाम्रो पार्टीले यस निर्वाचनलाई…

Read More

भद्रपुर, १८ मंसिर । झापाको मेचीनगर नगरपालिका–६ बाट आज दिउँसो प्रहरी अवैध सुपारी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ पिङ्की ठ्याक हुँदै भारतबाट नेपालतर्फ अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको करिब १२० केजी सुपारी (अन्दाजी मूल्य १ लाख ८ हजार) बराबरको नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

कचनकवल, १८ मंसिर । अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस मंगलबार कचनकवल गाउँपालिकामा विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूको अधिकारप्रति जनचेतना फैलाउन र उनीहरूको सशक्तीकरणको मार्ग प्रशस्त गर्न यस दिवसलाई विशेष रूपमा मनाइएको हो। कचनकवल(६ स्थित वडा कार्यालयबाट सुरु भएको र्‍याली बनियानी बजार परिक्रमा गरी पालिकाको सभाहलमा पुगेर औपचारिक कार्यक्रमका साथ सम्पन्न भयो। र्‍यालीमा अपाङ्गता भएका व्यक्तिहरू, उनीहरूको अभिभावक, स्थानीय समुदायका प्रतिनिधिहरू, र विभिन्न संघसंस्थाका सदस्यहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। औपचारिक कार्यक्रमको अध्यक्षता कचनकवल अपाङ्ग संस्थाका अध्यक्ष डम्बरबहादुर रिमालले गरेका थिए…

Read More

झापा, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो दिनको पहिलो खेलमा कप्तान दीपेन्द्र सिंह ऐरीको आक्रामक ब्याटिङमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हराएको छ। टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर एक बलमा ९२ रनमा समेटिएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा १८२ रन बनाएको थियो। सुदूरपश्चिमका लागि कप्तान ऐरीले अर्धशतकीय पाली खेले। उनले २३ बलमा अर्धशतक प्रहार गरे। २४ बल खेलेका ऐरीले ३ चौका र ५ छक्कासहित ५७ रनमा अविजित रहे।

Read More

झापा, १८ मंसिर । भारतको भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उहाँका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । सोमबार अपराह्न उहाँहरूबीच भएको भेटवार्तामा दुई पक्षीय हितका साथै पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ । उहाँहरूबीच नयाँ पूर्वाधार योजनाअन्तर्गत सिलीगुडी–झापा र अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माणबारे छलफल भएको थियो । साथै उहाँहरूले विगतमा दुई देशबीच भएका सम्झौता तथा तिनको कार्यान्वयनका सम्बन्धमा पनि छलफल गर्नुभएको थियो । यसैबीच,सर्लाहीको ग्यास पाइपलाइन निर्माण, त्रिभुवन विमानस्थलको इन्धन डिपो स्थानान्तरण, भारतीय आयल कर्पोरेशन लिमिटेड र नेपाल आयल निगमबिचको साझेदारीलगायत विषयमा…

Read More