jhapaonline add

झापा, १० माघ । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ। कोशी प्रदेशमा आज दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने मधेस प्रदेशमा बिहान धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्नेछ । दिउसो तथा राति मुख्यतया…

Read More

पाँचथर, ९ माघ । पाँचथरको फिदिममा आजबाट सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो फिदिम भेट्रान्स गोल्डकपमा आयोजक फिदिम भेट्रान्स क्लब बौद्ध भेट्रान्स क्लब रानिटार सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार फिदिम मा।वि।को खेलमैदानमा सम्पन्न पहिलो खेलमा आयोजक फिदिम भेट्रान्स क्लबले युनाइटेड फ्रेन्ड्स क्लब दार्जिलिङलाई टाई ब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । यस्तै आजै सम्पन्न दोस्रो खेलमा आठराई गाउँपालिका तेह्रथुमलाई सडन डेथमा पराजित गर्दै पाँचथरको बौद्ध भेट्रान्स क्लब सेमिफाइनलमा पुगेको हो । फिदिम भेट्रान्स क्लबको आयोजनामा आगामी माघ १२ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले…

Read More

रुपन्देही, ९ माघ । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने रुपन्देही जिल्ला अदालतले परिवार र अधिवक्ताको जमानीमा छाडेको छ । आज बयान सकिए पनि बहस हुन नपाएपछि परिवार र अधिवक्ताको जमानीमा रहने गरि न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले आदेश दिएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताउनुभयो । रुपन्देही जिल्ला अदालतका ५ नं न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा परेको थियो । न्यायाधीश योगीले लामिछानेलाई २२ वटा प्रश्न सोध्नुभएको थियो । भोलि पुनः सवाल जवाफ सकिएपछि थुन छेक बहस हुने छ । जिम्मा जमानीमा भोलि १०ः३० बजे हाजिर हुने गरि कानुन व्यवसायीको जिम्मामा बयान सकिएको बहस भोलिदेखि हुने जिल्ला अदालत…

Read More

भोजपुर, ९ माघ । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रे रङ्गशालामा भएको दोस्रो आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राजगढ फुटबल क्लब झापाले जितेको छ । बुधवार भएको फाइनल खेलमा राजगढ फुटबल क्लब बाह्रदर्शी गाउँपालिका झापाले भोजपुरको पौवादुङमा गाउँपालिकाको तिवारी भञ्ज्याङ फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा हराउँदै उपाधि जितेको हो । राजगढले तिवारी भञ्ज्याङ माथि ४–३ को जित निकालेको थियो । फाइनल खेलको म्यान अफ द म्याच राजगढका श्याम मुर्मु भए । गाउँपालिका खेलकुद विकास समिति, पौवादुङमा, भोजपुरको आयोजनामा गत माघ एक गतेबाट बृहत् माघी मेला तथा गोल्डकप सुरु भएको थियो । प्रतियोगिताको विजेता तथा उपविजेताले नगद तीन र दुई लाख…

Read More

ताप्लेजुङ, ९ माघ । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साउनदेखि पुस मसान्तसम्मको अवधिमा दर्शन गर्न आउने भक्तजनबाट रु एक करोड ३० लाख २४ हजार ४५६ भेटी र दान सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार सोही अवधिमा एक लाख छ हजार ६२३ जना भक्तजनले मन्दिरको दर्शन गरेका छन् । समितिले चालु आर्थिक वर्षको छ महिनाको भेटीघाटी तथा दर्शनार्थीको सङ्ख्या सार्वजनिक गरेको छ । पाथीभरा क्षेत्र धार्मिक आस्थाको केन्द्र भएकाले हरेक वर्ष लाखौँ भक्तजन यहाँ पुग्ने गर्छन् । भेटी र दानबाट सङ्कलित रकम पाथीभराको संरक्षण, संवर्द्धन तथा दर्शनार्थीलाई थप सुविधा उपलब्ध गराउने, पूर्वाधार निर्माणलगायतका काममा खर्च हुँदै आएको पाथीभरा क्षेत्र…

Read More

झापा, ९ माघ । जुम्लाकी गंगादेवी राउत यतिबेला आफ्नै खेतीमा उत्पादित अग्यार्निक खाद्य सामग्री लिएर बिर्तामोड आइपुगेकी छिन् । आफ्नै उपार्जन र जिल्लावासीले उत्पादन गरेका कोदो, फापर , मकै , जौं, गहुँको पिठो र मार्सी धानको चामल लिएर उनी बिर्तामोड अन्तराष्ट्रिय व्यापार महोत्सवको स्टलमा बसेकी छिन् । त्यस बाहेक जडिबुटीको चिया, जिम्मु र दाँते ओखर पनि उनको स्टलमा रहेको छ । पोखराकी संगीता गुरुङले रुकुम र डोल्पाको सिमा क्षेत्रबाट भीर महुरीको मह ल्याएकी छिन् । उनको स्टलमा औषधिय गुण भएको मह र लेकाली भेडाको ध्यू उपलब्ध छ । ताप्लेजुङस्थित फुङ्लिनकी माया गुरुङले अलैंचीको रेसाबाट निर्मित हस्तकलाका आर्कषक सामग्रीले स्टल सजाएकी…

Read More

झापा, ९ माघ । झापाको मेचीनगर नगरपालिका–१३ स्थितबाट लागुऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–१३ का २५ वर्षीय लुबी कामाईलाई ४ सय ६० मिलिग्राम ब्राउन सुगर र १५ हजार रुपैयाँसहित पक्राउ गरेको हो । त्यसैगरी, इलाका प्रहरी कार्यालय देवानगञ्ज सुनसरीले देवानगञ्ज गाउँपालिका–५ पालटोल स्थितबाट बेवारिसे अवस्थामा राखिएको २८ किलो लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइ रहेको छ ।

Read More

हल्दिबारी, ९ माघ । झापाका दुई पालिकाका पत्रकारको भेलाले ‘हल्दिबारी–बाह्रदशी प्रेस क्लब’ गठन गरेको छ । हल्दिबारी प्रेस क्लबको आयोजनामा भएको संयुक्त भेलाले हल्दिबारी प्रेस क्लब विगठन गर्दै नयाँ क्लब गठन गरेको हो । हल्दिबारी गाउँपालिका–२ भेलागढी लोकतान्त्रिक पार्कमा भएको भेलाले दुबै पालिकाका पत्रकारहरुको छाता संगठन गठन गरिएको हो । नव गठित क्लबको कार्यसमितिको अध्यक्षमा नेत्रबिक्रम बिमली, उपाध्यक्षमा अभिषेख धमला, महासचिवमा हैकम घिसिङ, सचिव मनोज तिवारी, कोषाध्यक्षमा शान्ता उप्रेती रहेका छन् । क्लबको सदस्यमा जनक राजवंशी, टिकारम बाँस्तोला, राजेश आचार्य र असफाक आलम रहेका छन् । सल्लाहकार समितिमा लेखनाथ शिवाकोटी, सुरेन्द्र भण्डारी र याम दंगाल रहनेका छन् । त्यस्तै, लेखा…

Read More

भद्रपुर, ९ माघ । भद्रपुर जेसीज सन् २०२५ को अध्यक्षमा शैलेश श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । भद्रपुर जेसीजको ५० औं साधारणसभा तथा ४९ औं शाखा अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको हो । समितिको कार्यकारी उपाध्यक्षमा सुरेन्द्र खडका र निरप्रसाद अधिकारी, महासचिवमा हेडम्बराज निरौला, कोषाध्यक्षमा सरोज ढकाल, उपाध्यक्षहरू कुशल न्यौपाने, आरोग्य तिम्सिना, अनुभव श्रेष्ठ, सुमन बिमली र कानुनी सल्लाहकारमा रबिन कार्की चयन भएका छन् । महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार निर्वाचित अध्यक्षले मनोनित गरेका हुन् । नवनिर्वाचित पदाधिकारीहरूको पदभार ग्रहण कार्यक्रम माघ १६ गते हुने जनाइएको छ ।

Read More

झापा, २९ पुस । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुलबाट लागुऔषध खैरो हेरोइनसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आज मेचीनगर–६ पुरानो मेचीपुलमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपालतर्फ आउदैं गरेका शिवसताक्षी नगरपालिका–८ का ३० वर्षीय आशिक राईलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट खैरो हेरोइन प्लाष्टिकसहित २ ग्राम ८२० मिलिग्राम (प्लाष्टिक बाहेक २ ग्राम) फेला परेकाले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More