
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
ताप्लेजुङ, २५ मंसिर । ताप्लेजुङको धार्मिकस्थल पाथीभरामा पछिल्लो सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले पूजापाठ गरेको छन् । विभिन्न क्षेत्रबाट सात वर्षको समय अवधिमा १३ लाख तीन हजार ९२ जना दर्शनार्थीले पूजापाठ गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिले आर्थिक वर्ष २०७४–७५ देखि २०८०–८१ सम्मको तथ्याङ्क १३ लाख तीन हजार चार सय ९२ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले सार्वजनिक सूचनामा उल्लेख गरेको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार सात वर्षको अवधिमा कूल १३ लाख तीन हजार चार सय ९२ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । यो तथ्याङ्क चालू आर्थिक वर्ष २०८१–८२ को समावेश…
गाइघाट, २५ मंसिर । गाइघाटको लिम्चुङबुङ गाउँपालिका–३ मा सोमबार एक ल्याण्ड रोभर जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य पाँच यात्रु घाइते भएका छन् । सदरमुकाम गाइघाटबाट लिम्चुङबुङको बराहतर्फ जाँदै गरेको ना १ च ३२६७ नम्बरको जीप सो पालिकाको वडा नम्बर ३ स्थित तीनचोकेमा ब्रेक फेल भई सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा त्रियुगा नगरपालिका–१६ बस्ने वर्ष २६ का जीप चालक युवराज तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गाडीमा सवार चार यात्रुहरू सोही पालिका–४ बस्ने वर्ष १९ की सुस्मिता खत्री, वर्ष २१ को सुबिम खत्री र वडा नम्बर ३ का…
शिवसताक्षी, २४ मंसिर । जङ्गल क्षेत्रबाट दिनहुँ गाउँ पस्ने जङ्गली हात्तीको हुल रोक्न झापाको शिवसताक्षीमा रात्रिकालीन गस्ती गर्न थालिएको छ । हुलमा आउने जङ्गली हात्ती रोक्न शिवसताक्षी नगरपालिका वडा नं ८ ले समिति नै गठन गरेर रात्रिकालीन गस्ती शनिबारदेखि सुरु गरेको हो । गस्ती टोलीमा कम्तिमा २५ युवा परिचालित छन् । समितिको मुख्य काम हात्ती गाउँ पस्ने गौडामा बसेर गाउँलेलाई सूचना दिनु हो । हाते माइक, सिटी र आकस्मिक काममा प्रयोग गरिने साइरन बजाएर गाउँलेलाई हात्ती गाउँ पसेको सूचना दिने समितिको मुख्य कर्तव्य रहेको वडा अध्यक्ष सन्तकुमार फेउदिनले बताए । वडा नम्बर ८ को झिलझिले, थेचम्बु, बुद्धचोक, डुँडामारी र फुलबारी…
झापा, २४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोमबार वीरगञ्ज लगिएको छ। उनलाई पोखराबाट काठमाडौं र त्यसपछि बुद्ध एयरमार्फत सिमरा पुर्याइएको हो। सिमराबाट गाडीमार्फत उनलाई वीरगञ्ज लगिएको जानकारी प्राप्त भएको छ। लामिछानेले आफूलाई प्रतिशोधको भावनाले ज्यादती गरिएको र यस क्रममा परिवारलाई पनि मानसिक तनाव दिइएको आरोप लगाएका छन्। उनले सहकारीको रकम हिनामिना नगरेको दाबी गर्दै अरुको गल्तीका लागि आफूलाई दोषारोपण गरिएको बताए। उनको भनाइमा अहिलेसम्मको अनुसन्धानले कुनै नयाँ तथ्य बाहिर नल्याएको र आफूलाई अनावश्यक रूपमा देशभर घुमाएर दुःख दिने काम भइरहेको छ। इजलासमा लामिछानेले आफूविरुद्ध भइरहेको घटनालाई ूगलाउनकै लागि भएको प्रयासू को संज्ञा दिएका…
मोरङ, २४ मंसिर । मोरङको सुनवर्षी नगरपालिका-४ चैता स्थितमा ३५ बर्षीया रेखा देवी सिंहको करेन्ट लागेर मृत्यु भएको छ । मंसिर २३ गते साँझ घरमा लगाएको टिनको जस्ता निकाल्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएकी उनलाई रंगेली अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषित गरेका थिए । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।
मोरङ, २४ मंसिर । मोरङको २ छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । मंसिर २३ गते राती ८ बजे मोरङको सुन्दरहरैचा नगरपालिका-९ सलकपुर स्थितमा ना. ७ ख ३२२३ नम्बरको टिफरले बिपरीत दिशाबाट आउदै गरेको प्र.१-०२-०५४प३५५८ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका-३ हसनदह का ४४ बर्षीय यम बहादुर रायमाझीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको थियो । यसैगरी मोरङ विराटनगर महानगरपालिका-७ हाटखोला स्थितमा को. १ ख ३४८० नम्बरको ट्रकले पैदलयात्री मोरङ कानेपोखरी गाउँपालिका-२ का २६ बर्षीय मान बहादुर लिम्बुलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका लिम्वुको उपचारको क्रममा…
चन्द्र बस्नेतकनकाई, २४ मंसिर । झापाको कनकाई नगरपालिका वडा न ६ का नव–निर्वाचित वडाध्यक्ष लक्ष्मीप्रसाद ओलीले पदभार ग्रहण गर्नुभएको छ । गत मंसिर १६ गते भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार ओली निर्वाचित भएसगै सोमबार आज कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नै कार्यकक्षामा सफत गराएसगै नव–निर्वाचित ओलीले वडा कार्यलयमा पदभार ग्रहण गर्नुभएको हो । नगरप्रमुखको कार्यकक्षमा भएको सफतग्रहण कार्यक्रममा नगर प्रमुख पोखरेलले सफत खुवाउदै थप कार्यकालको बधाई सहित शुभकामना समेत दिनुभएको थियो । कार्यक्रममा उप प्रमुख आशाशर्मा शिवाकोटीले स्वागत सहित बधाई तथा शुभकामना दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले सन्चालन गरेको कार्यक्रममा वडा अध्यक्ष सहित कार्यपालिका सदस्य वडा सदस्य कर्मचारी ,…
झापा, २४ मंसिर । झापाको मेचीनगर नगरपालिका–६ पिंङकीठ्याकबाट प्रहरीले चार लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ । हिजो बेलुका जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ अबैध रुपमा भन्सार छलि लैजाँदै गरेको १२ काटुन लाइटर र भारतबाट नेपालतर्फ ल्याउँदै गरेको कुर्था सुरुवाल २० पिस, उनको सुरुवाल १२ पिस, ट्र्याकसुट बच्चाको ३ जोर, लेडिज ब्याग २ पिस, चिनी २० केजी, नरिवल २ केजी, बिस्कुट ४ प्याकेट, पेडा १ बट्टा, ४ काटुन रङ, बिकाजि भुजिया १५ पिस, लेडिज पेन्ट २१ पिस, कुकर १ पिस, थाल ६ पिस, प्लेट १२ पिस, पान मसला ४०…
मेचीनगर, २४ मंसिर । झापाको मेचीनगर नगरपालिका–१४ स्थित मदरसामा आगलागी भएको छ । गए राति मेचीनगर–१४ प्रणामी नगर टोलमा रहेको एक तले पक्का माथि टिनको छाना भएको मदरसा (मझारे सरिफ) को सभाहलमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको हो । आगलागीबाट मदरसामा आंशिक क्षति पुगेको छ । आगलागीबाट करिब ३ लाख बराबरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोली, स्थानीयबासी, मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
झापा, २४ मंसिर । झापाको बुद्धशान्ति गाउँपालिका–४ धर्ममार्गस्थित किरण मगरको खाली घरको कुखुराको खोरमाथि नवजात शिशु (छोरी) फेला परेको छ। करिब दुई दिनकी शिशुलाई घाँस काट्न गएकी मिना लिम्बूले फेला पारेकी हुन् । शिशुलाई वडा अध्यक्ष शेरबहादुर राईलाई संरक्षणका लागि जिम्मा दिई प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । शिशुको अवस्था सामान्य रहेको जनाइएको छ । यसअघि, कात्तिक २९ गते मेचीनगरको निन्दा खोलामा सालनालसहित नवजात शिशु फेला परेको थियो, जसको पाँच दिनपछि निधन भएको थियो ।