
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सुर्खेत, २३ कात्तिक । सुर्खेत–दैलेख सडकखण्डको रानीमत्तामा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी तीव्र गतिका कारण दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृत्यु हुनेहरूको सनाखत भइसकेको छैन । हाल २५ जना घाइतेलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको छ । २९ जना सवार उक्त गाडी सडक भन्दा झण्डै दुई सय मिटर तल खसेको छ ।
बिर्तामोड, २३ कात्तिक । क्यान्सर रोगबाट पीडित आख्यानकार ज्ञानु बुढाथोकीको प्रथम कृति ‘याङरुप’ उपन्यास विमोचन गरिएको छ । लेखक बुढाथोकीको चार वर्षको प्रयासपछि प्रकाशन गरिएको उक्त कृतिको आज झापाको बिर्तामोडमा एक समारोहका बीच लोकार्पण गरिएको हो । झापाली साहित्य समाज र सप्तक संगीत विद्यालय झापाको संयुक्त आयोजनामा भएको ‘याङरुप’ उपन्यासको लोकार्पण साहित्यकार तथा कार्यक्रमका प्रमुख अतिथि कृष्ण धराबासीलगायतले गरेका हुन् । लोकार्पण समारोहमा आमन्त्रित बिशिष्ट ब्यक्तित्हरुका रुपमा प्राडा टंक न्यौपाने, प्राडा बद्री बिशाल पोखरेल, मधु केरुङ, चन्द्र भण्डारी, तारा विविध, डा बालचन्द्र सुब्बा लगायतको आतिथ्य थियो । कार्यक्रममा स्वागत डा कुमार सुवेदी र लेखकको परिचय रिता पोखरेलले गर्नुभएको थियो भने…
भद्रपुर, २३ कात्तिक । लेखापढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ८ को १४ औं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । सहकारीका अध्यक्ष दलबहादुर थापाको अध्यक्षता र नेपाल बचत तथा ऋण सहकारी संघका महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा सभा सम्पन्न गरिएको हो । सभामा उत्कृष्ट बचतकर्ता सम्मानबाट अलिम अख्तर तथा टिकाराम अधिकारी र उत्कृष्ट ऋण कारोवार सम्मानबाट गणेश ढकाल र भुवन भण्डारीलाई सम्मान गरिएको थियो भने जेष्ठ सदस्य सम्मानबाट टिकाप्रसाद कोइरालालाई सम्मान गरिएको थियो । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थापाले १४ जना महिला सदस्य सहित २७५ शेयर सदस्य र एक करोड एक लाख ६९ हजार सेयर पूँजी…
झापा, २३ कात्तिक । शिशु झाडीमा फाल्ने आमा पक्राउ परेकी छन् । मकवानपुरको थाहा नगरपालिकामा सार्वजनिक शौचालय नजिकै झाडीमा १० दिने शिशु फाल्ने आमा पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–६ घर भई हाल काठमाडौं बस्दै आएकी २८ वर्षीया मेनुका धिताल रहेकी छन् । धितालले धारापानीस्थित दिदीको घरमा आएको बेला आफ्नो १० दिने शिशुलाई झाडीमा फालेको स्वीकार गरेको प्रहरीले जनाएको छ । गत मंगलबार साँझ झाडीबाट शिशु रोएको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीको टोलीले घटनास्थलबाट शिशुको उद्धार गरेको थियो । शिशु फाल्ने महिलाको खोजतलासका क्रममा स्थानीयले दिएको जानकारी अनुसार…
झापा, २३ कात्तिक । झापा शिवसताक्षीमा तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा प्रहरीले चन्द्रमणि रिमालको घरबाट ४ लाख ५४ हजार ५०० रुपैयाँ र एक बुङ ताससहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय दमकले गोप्य सूचनाका आधारमा उनीहरूलाई आज बिहानको रातको १ः३० बजे पक्राउ गरेको हो । यी हुन् पक्राउ पर्नेहरु १. जिल्ला झापा शिवसताक्षि नगपालिका वडा नम्बर -११ बस्ने बर्ष-६२ को चन्द्रमणि रिमाल ।२. ऐ.ऐ. ५ बस्ने बर्ष- ३३ को मुकेश राउत ।३. ऐ.ऐ. -११ बस्ने बर्ष-४५ को राजेन्द्र बास्कोटा ।४. ऐ.ऐ. ४ बस्ने बर्ष- २४ को सेवराज राजवंशी ।५. ऐऐ. ७…
बनियानी, २३ कात्तिक । झापामा हर्षोउल्लासका साथ छठ पर्व मनाइएको छ । व्रतालुहरुले आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न भएको हो । झापाका मेची, निन्दा, हडिया, देउनिया, अदुवा, बिरिङ, कन्काई, रुतुवा, मावा, बनियानी, देउनिया लगायत खोला–नदी किनारमा भव्य रूपमा पूजा गरिने छ । झापाको कनकाईस्थित बिरिङ खोलाको किनारमा यहाँका स्थानीयबासीले समावेशी रुपमा छठ पर्व मनाए । २०४५ सालदेखि नै यहाँ छठ पर्व गरिँदै आए पनि पछिल्लो समय सबै जातजाति मिलेर समावेशी रुपमा छठ पर्व मनाउँदै आएको श्री छठ पूजा समिति कनकाई–९ घैलाडुब्बाका अध्यक्ष राजेश शाहले बताउनुभयो । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेची नदीमा नेपाल तथा भारततिरबाट वारिपारि…
झापा, २२ कात्तिक । छठ पूजाका लागि बिर्तामोडको कृषि थोक बजारबाट करिब साढे ३७ लाख बराबरको केरा बिक्री भएको छ । छठ पूजाका लागि ब्रतालुहरुले तीन दिनमा बिर्तामोडको कृषि थोकबाट उक्त मूल्य बराबरको केरा बिक्री भएको हो । छठ पर्वका लागि प्रतिदिन १५ सय घरीका दरले केरा बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्यांक सहायक माया राजवंशीले बताइन् । उनले केराको घरी ३५० देखि ९०० रुपैयाँसम्म बिक्री भएको जानकारी दिइन् । कृषि थोकमा इलामको दानावारी, महमाई, झापाको खुदुनावारी, शनिश्चरे लगायतका स्थानबाट केरा बिक्रीका लागि आउने गरेको छ । गत वर्षको तुलनामा यस वर्ष छठ पर्वमा केराको माग बढेको छ ।…
खोटाङ, २२ कात्तिक । शिकार खेल्न गएका खोटाङ केपिलासगढी गाउँपालिका–१ पिपिङ का ५८ वर्षीय जगतप्रसाद राईको भरुवा बन्दुक पड्केर मृत्यु भएको छ । उनी सोही ठाउँको हातीढुङ्गे जंगलमा शिकार खेल्न गएका थिए । हिजो साँझ अन्दाजी ७ बजे भरुवा बन्दुक पड्केको आवाज सुनेर आफन्तहरुले गई हेर्दा जंगलमा उत्तानो परेको अबस्थामा उनी मृत फेला परेका थिए । घटनाबारे जानकारी गराएपछि प्रहरी टोलीले आज बिहान घटनास्थल पुगेर सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रिया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
इलाम, २२ कात्तिक । इलामका ठूला खोलामा करेन्ट लगाएर र विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्नेक्रम बढेको छ । जेनेरेटर र विष्फोटक पदार्थ (ग्रिनेड बम) समेत प्रयोग गरी माछा मार्दा मानिसको ज्यानसमेत जोखिममा पर्नेगरेको छ । जिल्लामा रहेका माइखोला, जोगमाई, देउमाई, पुवालगायत खोलामा करेन्ट लगाएर र विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने गरिएको स्थानीयले बताएका छन् । सानो जेनेरेटर र ग्रिनेड प्रयोग गरी माछा मार्ने गरिएको स्थानीयको भनाइ छ । माइखोलामा अहिले स्थानीय जातका माछा नै मासिइसकेको एक स्थानीयले बताए । यसरी माछा मार्दा जलचरको नाश हुनेमात्र नभइ ग्रिनेड प्रयोगले कतिपयका हातसमेत चुँडिएका थिए । ‘असला, बुदुना, सहर, गोज, चेप्टी, ठेड,…
झापा, २२ कात्तिक । सञ्चालनमा आएको एक महिना नबित्दै इटहरी उपमहानगरपालिकाको एउटा नगर बस थन्किएको छ । १ करोड ५९ लाखमा खरिद गरिएको सो विद्युतीय नगर बस दुर्घटनामा परेको एक महिना हुन लाग्दासमेत मर्मत हुन सकेको छैन । म्याजिक भ्यानले ठक्कर दिएर चालक सिटतर्फको सिसा र लुकिङ ग्लास फुटेपछि बस उपमहानगर कार्यालय परिसरमै थन्किएको हो । इटहरीको बजारलाई गाउँसम्म जोड्ने नीतिका साथ खरिद गरिएको सो विद्युतीय बसको मर्मतको सामान मगाउन समस्या भएपछि सञ्चालनमा आउने टुंगो नभएको उपमहानगर स्रोतले जनाएको छ । असोज २५ गते इटहरी पश्चिमतर्फ कान्छी चोकबाट पटेरुवा जाँदै गरेको प्रदेश १–०२–००१ क ५३४२ नम्बरको सो बस दुर्घटनामा परेको…