jhapaonline add

विराटनगर, १० फागुन । मोरङको पथरी–शनिश्चरे नगरपालिका ७ किर्तिपुरमा रहेको बाल कल्याण माध्यामिक विद्यालय स्कुलका विद्यार्थी र अभिभावकले विभिन्न माग गर्दै प्रदर्शन गरेका छन् । व्यवस्थापन समितिले पूर्णता नपाएको, स्कुल प्रशासनले समय तालिका अनुसार स्कुल नलगाएको, स्थानीय विषयमा पठनपाठन नगरेको, सेवामुखी स्कुल नभएको, राजनीतिकरण भएको, विद्यार्थीले कुटपिट गर्ने गरेको, निजी विद्यालयसँग विद्यार्थीको सौदाबाजी गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले दिवा खाजामा पारदर्शीता हुनुपर्ने, शिक्षकहरूले पुरा समय अध्यापन गराउु पर्ने लगायतका माग पनि राखेका छन् । प्रदर्शनका क्रममा उनीहरुले असक्षम शिक्षक प्रशासन चाहिँदैन, विद्यालयमा राजनीतिककरण बन्द गर जस्ता नाराबाजी समेत गरेका छन् । मंगलबारदेखि आफूहरुले विरोधका कार्यक्रम सुरु…

Read More

बिर्तामोड, ९ फागुन । आसन्न अर्ना छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक गरिएको छ । खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित एक कार्यक्रमका बीच टिमहरु सार्वजनिक गरिएको हो । त्यस्तै, सोही कार्यक्रममा प्रतियोगिताका विजेताले प्राप्त गर्ने च्याम्पियन ट्रफी पनि सार्वजनिक गरिएको छ । झापा गोल्ड कपले यो संस्करणमा आफ्नै डिजाइनमा ट्रफी निर्माण गरेको छ । झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगितामा ए डिभिजनसहित नेपालका १० टिमको सहभागिता रहनेछ ।छैटौँ संस्करणमा आयोजकको तर्फबाट झापा ११ एफसीले सहभागिता जनाउनेछ । त्यस्तै, विभागीय टिमहरु त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी र नेपाल पुलिस क्लबले…

Read More

शिवसताक्षी,९ फागुन । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा गौरीगञ्ज गाउँपालिका र विर्तामोड नगरपालिका भिड्ने भएका छन् । आज भएको पहिलो सेमीफाइनल खेलमा कमल गाउँपालिकालाई सडनडेथमा हराउँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित समयमा दूवै टिमबाट १–१ गोल भएपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । ट्राइवेकरमा दुवै टिमबाट ३–३ गोल भएपछि खेल सथनडेथमा धकेल्लियो । सडनडेथमा ३–२ गोल अन्तरले हराउँदे गौरीगञ्ज गाउँपालिका फाइनलमा प्रवेस गरेको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । खेलको मेन अफदी म्याच गौरीगञ्जका जर्सी नं. ५ का खेलाडी लखीराम हेमरन घोषित भए । त्यस्तै दोस्रो सेमी फाइनल खेलबाट विर्तामोड नगरपालिका फाइनलमा…

Read More

बिराटनगर,९ फागुन । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूह(PIT) बाट खटिएको प्रहरी टोलीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लेनदेन विगो मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०८०।०९।१३ गतेको फैसला आदेशाले १ बर्ष कैद सजाय भई फरार रहेका बिराटनगर–६ का ४६ बर्षीय शंकर सहनीलाई खोजतलास गर्ने क्रममा गाउँघरमानै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनलाई सम्मानित जिल्ला आदालतमा उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारगार मोरङ पठाईएको छ ।

Read More

बिर्तामोड, ९ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरुलाई मत माग्न भ्याईनभ्याई छ । विशेषत दुई प्यानलमा उम्मेदवारी दिएका उनीहरु समूहमा भोट माग्न व्यवसायीहरुको घरदैलोमा व्यस्त छन् । उम्मेदवारको परिचय झल्कने व्यानर टाँगिएको साउण्ड सिस्टमसहितको गाडी लिएर उनीहरु बजार बजार गइरहेका छन् । उद्योग वाणिज्य संघलाई स्वतन्त्र व्यवसायीक छाता संस्थाको रुपमा पैरवी गर्न बौद्धिक नेतृत्वको खाँचो महशुस भइरहेको बेला उक्त आवश्यकताको वकालत गर्न तयार देखिएका छन् गंगाप्रसाद मैनाली । वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार मैनाली संघसंस्थालाई सफलतापूर्वक अगाडी बढाउने मुढेबल भन्दा सुझबुझ आवश्यक भएको धारणा व्यक्त गर्छन । मतदाताहरुमाझ आफ्ना प्रतिबद्धता बाँढ्ने क्रममा बजारमा भेटिएका मैनाली आफुसँग वाणिज्य…

Read More

बिर्तामोड, ९ फागुन । झापाको बुद्धशान्ति गाउँपालिका–२ मा आत्मदाहको प्रयास गर्ने महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । बुद्धशान्ति–२ गोपालडाँडा घलेगाउँकी २८ वर्षीया माया रम्तेलले गत फागुन ४ गते आफ्नो पाँच वर्षीया छोरी वर्षालाई शरीरमा सलले बाँधेर पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएकी थिएन् । बालिकाको फागुन ५ गते बिहान उपचारका क्रममा मृत्यु भएको थियो भने मायाको आज बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो । फागुन ४ गते राति ९ः२० बजे शरीरमा आगो लगाएको अवस्थामा स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मायाले आफ्नो श्रीमान् राजन…

Read More

झापा, ९ फागुन । जग्गादाता डोमालाल राजवंशीको परिवारलाई उपेक्षा गरिएको भन्दै दाता परिवार र राजवंशी समुदायले झापा गोल्डकप र बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । झापा गोल्डकपको सचिवालयमा पुगेर उनीहरुले चार बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् । जग्गादाता डोमालाल राजवंशीको शालिक निर्माण गरिनु पर्ने, डोमालाल राजवंशीले दिएको जग्गामा करोडांैको बजेटमा प्रतियोगिता गराइरहँदा दाता परिवारको हालको अवस्थालाई मनन् गरी यसै गोल्डकपमा कम्तीमा ५ लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने, डोमालाल राजवंशी रंगशालासंग सम्बन्धित गोल्डकप आयोजक समिति, संरक्षण समिति लगायतका समितिहरुमा दाता परिवारका एक जना सदस्य र राजवंशी समुदायको प्रतिनिधित्व हुनुपर्ने र डोमालालको परिवारले चर्चेको जग्गा उनीहरुकै स्वामित्वमा हस्तान्तरण गरिनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख…

Read More

फिक्कल, ९ फागुन । इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको संयुक्तरूपमा मङ्गलबार अपराह्न शिलान्यास गरेका हुन् । गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत तोभाङमा दुई, नाङरुङमा एक र खोलागाउँ टोलमा एक सिचाँइ योजनाको शिलान्यास भएको माङसेबुङ गाउँपालिका–१ का वडाध्यक्ष भूपाल योङहाङले जानकारी दिए । चौरानब्बे घरधुरी किसान प्रत्यक्ष लाभान्वित हुनेगरी स्थानीय लम्फेवा खोलाबाट दुईवटा, फुङखोलाबाट एक र फेवाखोलाबाट एक सिँचाइ कुलो निर्माण सुरु भएको हो । तोभाङमा रु ९३…

Read More

झापा, ३ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको छ । अहिलेको सत्तारूढ गठबन्धनका बारेमा कांग्रेस महासमिति बैठकमा भइरहेको टीका टिप्पणी र छलफलले त्रसित प्रधानमन्त्री प्रचण्डले एमालेसँग गठबन्धन गरेर आफ्नो कुर्सी सुरक्षित गर्नका लागि ओलीसँग सम्बन्ध बढाएको टिप्पणीसमेत हुनथालेको छ । एमाले र माओवादी दुवै पार्टीमा रहेका एक समूहले कम्युनिस्ट पार्टीबिचमा एकता र गठबन्धन हुनुपर्ने भन्दै लबिङ गर्दै आएका छन् । सत्ता स्वार्थका कारण अलग भएका कम्युनिस्ट पार्टी अहिले पुनः सत्ता स्वार्थकै कारण मिल्न खोजेको देखिन्छ । संघीय र प्रदेश सरकार कुनैमा पनि…

Read More

इलाम, ९ फागुन । चर्चित सांगीतिक ब्यान्ड नेपथ्यले इलाममा लाइभ कन्सर्ट गर्ने भएको छ । ‍आगामी चैत ३ गते इलामको सूर्योदय नगरपालिकास्थित करफोक माध्यमिक विद्यालयको खेलमैदानमा नेपथ्यले कन्सर्ट गर्न लागेको हो । न्युपी थर्पा छोलिङ गुम्बा निर्माण सहयोगार्थ न्युपी थर्पा छोलिङ गुम्बाको आयोजनामा लाइभ कन्सर्ट गर्न लागिएको हो । करिब पाँच हजार दर्शक उतार्ने आयोजकको भनाइ छ । कन्सर्टका लागि टिकट बिक्री शुरु भइसकेको जनाइएको छ ।

Read More