
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
काठमाडौँ, २८ फागुन । यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८७ अङ्कले वृद्धि भई दुई हजार ८२० दशमलव ४४ को बिन्दुमा कायम भएको हो । आज ३३५ कम्पनीको चार करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर एक लाख ३० हजार १५ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार २३० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज होटल तथा पर्यटन शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव ०४ र अन्य समूह शून्य दशमलव ७४ प्रतिशतले घटेको छ भने…
काठमाडौँ, २८ फागुन । स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिनुभयो । बीमितसँग केही स्वास्थ्य संस्थाले प्याकेजमा गरिने उपचारमा औषधि बाहिर खरिद गराउने पाइएकोले त्यस्ता नगर्नरनगराउन सबै अस्पताललाई परिपत्र गरिएको उहाँले बताउनुभयो । “केही अस्पतालले बीमितलाई उपचार गरेसँगै बाहिर औषधि खरिद गर्न लगाएको गुनासो आएको छ,” उहाँले भन्नुभयो, “त्यसैले हामीले त्यसरी बीमितलाई बाहिर औषधि खरिद नगर्न नगराउन निर्देशन दिँदै अस्पताललाई परिपत्र गरेका हौँ…
झापा, २८ फागुन । मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन्। प्रहरीचौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति बञ्चरो प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो। आक्रमणमा तामाङ घाइते भएका हुन्। प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड गोली चलाउँदा हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौडाका १९ वर्षीय सनिस घाइते भएका छन्। दुवै घाइतेलाई हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। यस घटनामा संलग्न हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौडाका २४ वर्षीय सञ्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई प्रहरीले पक्राउ गरेको छ।
झापा, २८ फागुन । चालु आर्थिक वर्ष २०८२–८३ को सात महिनामा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा विप्रेषण ३९.८ प्रतिशतले वृद्धि भई रु १२ खर्ब ६१ अर्ब १ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले मात्र बढेको थियो । चालु वर्षको माघ महिनामात्रै रु १ खर्ब ९८ अर्ब ८ करोड बराबर विप्रेषण भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनामा रु १ खर्ब ३७ अर्ब ५० करोड थियो । माघ मसान्तसम्म अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले बढेर ८ अर्ब ८६ करोड पुगेको छ। यस अवधिमा खुद द्वितीय आय…
झापा, २८ फागुन । ग्रीस पठाइदिन्छु भन्दै २५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा मोरङको पथरी शनिश्चरे नगरपालिका–३ का २२ वर्षीय सम्योग राईलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो । उनले ग्रीस पठाइदिन्छु भन्दै तीन जना पीडितबाट २५ लाख असुलेको आरोप छ । रकम लिएपछि उनी सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरीले राईलाई ललितपुर महानगरपालिका–१३ बाट पक्राउ गरेको हो । राईमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
झापा, २८ फागुन । कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले दिएको जानकारीअनुसार उक्त निर्वाचनमा प्रदेशका १४ जिल्लाको २८ निर्वाचन क्षेत्रमा २० लाख ८४ हजार २१९ मत खसेको मध्ये १९ लाख ५३ हजार ३७२ मत सदर भएको थियो । निर्वाचनमा ताप्लेजुङमा दुई हजार ६८६, पाँचथरमा तीन हजार ८९७, इलाम–१ मा चार हजार ५६६, इलाम–२ तीन हजार ८९५, झापा–१ चार हजार २६९, झापा–२ चार हजार ४६९, झापा–३ पाँच हजार ६२९, झापा–४ चार हजार ७६८ र झापा– ५ चार हजार २१९ मत बदर भएको छ…
झापा, २८ फागुन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा साधारणतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल रहने अनुमान गरिएको छ । कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानहरू, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भाग तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बादल रहनेछ भने बाँकी भागमा आंशिक बादल रहनेछ । कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी…
झापा, २७ फागुन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब २५ हजार मेट्रिकटन मल आयात गर्ने भएको छ । चालु आवमा चार लाख ६६ हजार मेट्रिकटन मल साल्टट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनीमार्फत आयात गरेको मन्त्रालयले मलको अभावलाई कम गर्ने उद्देश्यले २५ हजार मेट्रिकटन मल आयातका लागि पुनः बोलपत्र आह्वान गरेको हो । गत वर्षको तुलनामा अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा भएको वृद्धिले यस वर्ष ५९ हजार मेट्रिकटन मल आयातमा कमी हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । सरकारले मलका लागि अनुदान स्वरूप विनियोजन गरेको रु २८ अर्ब ८२ करोडको बजेटबाट चालु आवमा चार लाख ९१ हजार…
झापा, २७ फागुन । नेपाली कांग्रेस झापाले पाँच जना कार्यकर्तालाई पार्टीबाट निष्काशित गरेको छ । पार्टीका जिल्ला सदस्यद्वय ठमनाथ नेपाल, मुना भट्टराई, क्षेत्रीय प्रतिनिधिहरु शम्भू खड्का, टेकनारायण संग्रौला र दिपिन्द्र थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको पार्टीका झापा सचिव कृष्ण हुमागाईंले जानकारी दिनुभयो । उनीहरुले केही समय अघिदेखि पार्टीहित विपरित गतिविधि गर्दै आएको र प्रतिनिधिसभा निर्वाचन–२०८२ मा पार्टीले उठाएका उम्मेदवारका विरुद्ध गतिविधि गर्दै विपक्षी उम्मेदवारको पक्षमा प्रचार–प्रसार गरेको पाइएपछि कारबाही गरिएको उहाँले बताउनुभयो । कांग्रेस जिल्ला कार्य समितिका सभापति देउकुमार थेवेको अध्यक्षतामा आज बसेको बैठकले उनीहरुले केही समय अघिदेखि पार्टी हित विपरीत काम गर्दै आएकाले निष्काशन गर्ने निर्णय…
झापा, २७ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना सकिँदा ५१ दलले संसद्मा प्रवेशका लागि आवश्यक न्यूनतम मत सीमा (थ्रेस होल्ड) कटाउन सकेका छैनन्। फागुन २१ गते सम्पन्न निर्वाचनमा संयुक्त निर्वाचन चिह्नसहित ५७ दलले भाग लिएका थिए। तीमध्ये केवल ६ दलले तीन प्रतिशतभन्दा बढी मत प्राप्त गरी संसद्मा प्रवेश गर्ने अवस्था बनेको छ। निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ सदर मत गणना भएको छ। यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३९ हजार २३५ मतसहित अग्रता हासिल गरेको छ। नेपाली काँग्रेसले १७ लाख ४९ हजार ५८३, नेकपा एमालेले १४ लाख चार हजार…