jhapaonline add

झापा, ६ फागुन । कानूनी ज्ञान केन्द्र झापाले आज भद्रपुरमा नवोदित कानून व्यवसायीका लागि आयोजना गरेको एक दिवसीय तालिम सम्पन्न भएको छ । तालिममा झापा जिल्ला अदालतका मुख्य न्यायधीश उमेशप्रसाद लुईटेल र अर्का जिल्ला न्यायधीश पारसमणि पोखरेल सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । न्यायधीश लुईटेलले ‘बाल ईजलास र बालमैत्री न्याय’ विषयमा र न्यायधीश पोखरेलले ‘फौजदारी न्याय र सजाय निर्धारण’ विषयमा तालिम दिएका थिए । झापा जिल्ला अदालतमा अभ्यास गरिरहेका नवोदित कानून व्यवसायीले तालिम उपलब्धिमूलक भएको प्रतिक्रिया दिए । तालिमका सहभागी अधिवक्ता हेमनारायण राजवंशी, अधिवक्ता निशा तामाङ र अधिवक्ता राधा रिमालले तालिम उपलब्धिमूलक भएकाले आयोजकलाई धन्यवाद दिए । कानूनी ज्ञान केन्द्रका…

Read More

दमक, ६ फागुन । झापाको दमक–३ कोपिला टोलस्थित भित्री सडक खण्डमा सिटी सफारी आफैँ अनियन्त्री भएर दुर्घना हुँदा सिटीमा सवार चार जना घाइते भएका छन् । कोपिला टोलबाट ताराबारीतर्फ जाँदै गरेको प्र. १–०१–००२ ह ७८२१ नम्बरको सिटी सफारी मंगलबार साँझ ७ः४५ बजे दुर्घना भएको थियो । दुर्घटनामा सिटीमा सिटी चालक दमक–३ का ५५ वर्षीय शान्तबहादुर पौडेल, सिटीमा सवार सोही स्थानकी ३२ वर्षीया अनिता भण्डारी, ३३ वर्षीया कविता भण्डारी उनकै छोरा १७ महिनाको अवियान भण्डारीलाई (केही नभएको) र १९ बर्षीया अस्मिता लुइँटेलले सामान्य घाइते भएका थिए । घाइतेहरुलाई दमक अस्पताल दमकमा उपचारका लागि लगेको र सामान्य उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको…

Read More

झापा, ६ फागुन । झापाको मेचीनगर नगरपालिका–२ भृकुटी चौकस्थित दिपक बरालको खाली जग्गामा करिब ३ महिने नवजात शिशु मृत अवस्थामा फेला परेको छ । कानुनी प्रक्रिया र मुचुल्का कार्य गरी शिशुको शव भद्रपुरस्थित प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ । प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ ।

Read More

झापा, ६ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७२ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ १८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७६ पैसा, क्यानेडियन…

Read More

झापा, ६ फागुन । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि सार्वजनिक बिदा भएपनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको छ । सरकारले आज ग्याल्पो ल्होछार र भोलि बिहीबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । दुवै दिन विहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ । विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ । यस्तै बिहीबार भने राहदानीका लागि आवेदन फारम सङ्कलन हुने जनाएको छ । अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले स्पष्ट पारेको छ ।

Read More

इलाम, ६ फागुन । गएराति करिब ९ बजे सुख्खा पहिरो जाँदा मेची राजमार्ग अन्तर्गत रोङ गाउँपालिका–कोल्बुङ क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोका कारण झापाबाट इलाम सदरमुकाम हुँदै पाँचथर र ताप्लेजुङतर्फ जाँदै गरेका यात्रुबाहक तथा मालवाहक सवारीसाधन अलपत्र परेका छन् । सडक अवरुद्ध भएपछि सवारीसाधनहरू झापा–इलामको सिमाना जोरकलसमा रोकिएका छन् । सडक डिभिजन कार्यालय इलामका अनुसार पहिरो हटाउने काम बिहानैदेखि सुरु गरिएको छ । कार्यालय प्रमुख पवन भट्टराईका अनुसार भिरालो भू–भाग र ढुंगा झर्ने जोखिमका कारण सडक पूर्ण रूपमा खुलाउन केही समय लाग्न सक्ने छ ।

Read More

झापा, ६ फागुन । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ…

Read More

झापा, ६ फागुन । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली भई बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्यतया बदली हुनेछ भने लुम्बिनीसहित सुदूरपश्चिम प्रदेशका तराई तथा बाँकी पहाडी र हिमाली भागमा आंशिक बदली हुनेछ । देशका अन्य भागमा…

Read More

झापा, ५ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था भइसकेको निर्वाचन आयोगले जनाएको छ । काठमाडौँ र ललितपुरका मतदान केन्द्रका लागि आवश्यक मतपेटिका आयोगको केन्द्रीय कार्यालयमै राखिएको छ । दुवै जिल्लाका निर्वाचन कार्यालयमा राख्ने ठाउँ नभएकाले केन्द्रीय कार्यालयमै राखिएको थियो । चितवनमा भने भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा मतपेटिका जलाइएकाले आयोगको केन्द्रीय कार्यालयबाट दुई हजार ५०० थान मतपेटिका पठाइएको प्रशासन शाखा प्रमुख एवं सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिनुभयो । भक्तपुरमा जिल्ला निर्वाचन कार्यालयले मतपेटिका राखेकाले त्यसैबाट मतदान केन्द्रसम्म पठाउने व्यवस्था गरिएको छ । अन्य ७४ जिल्लामा पनि २०७९ सालमै…

Read More

झापा, ५ फागुन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका आगामी वैशाख १४ गतेदेखि सुरु हुने गरी सार्वजनिक भएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले आज एक सूचना जारी गर्दै वैशाख १४ गतेदेखि कक्षा १२ का साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सञ्चालन हुने जनाएको हो । सूचना अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । वैशाख १४ गतेदेखि सुरु हुने परीक्षा वैशाख २७ गतेसम्म चल्नेछ । विभिन्न सङ्काय र धारअन्तर्गत अनिवार्य तथा ऐच्छिक विषयहरूको परीक्षा तोकिएको मिति र समयमा सञ्चालन गरिने बोर्डले जनाएको छ । पहिलो…

Read More