
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ३ बैशाख । इलाका प्रहरी कार्यालय राजगढले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका ५ का ३० वर्षीय दीपक मर्डी रहेका छन् । गत चैत २८ गते झापाको कचनकवल गाँउपालिका १ घेरावारीबाट स्थानीय ६० वर्षीय नरेन्द्र चोङवाङको प्रदेश ०१-०१-०१३ प ६२८१ नम्बरको सुपर स्पेण्डर मोटरसाइकल चोरी गरेर फरार रहेका मर्डीलाई हिजो दिउँसो झापाको कन्काई नगरपालिका २ सेल्फी डाँडाबाट प्रहीले पक्राउ गरेको छ । चोरीको मोटरसाइकलसहित पक्राउ परेका मर्डीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।
झापा, ३ बैशाख । झापाको शिवसताक्षी नगरपालिका ७ स्थितमा रहेको कन्काई सिंचाई आयोजनाको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । हिजो बिहान साढे १० बजे शिवसताक्षी नगरपालिका १० का ओमबहादुर बस्नेतको १२ वर्षीय छोरा बिवेक बस्नेत नहरको साइफन जालीमा अड्किएर मृत अवस्थामा फेला परेका थिए । मृतक बालकको शवलाई कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि मोरङको मंगलबारे अस्पताल पठएको छ भने घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइरहेको छ ।
झापा, ३ चैत । नेपाल पत्रकार महासङ्घ झापाले स्थापना गरेको उपचार कोषमा एक करोड रुपैयाँ जम्मा भएको छ । आठ वर्षअघि संघले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’मा उक्त रकम जम्मा भएको हो । विभिन्न दाताहरुको सहयोगबाट कोषमा एक करोड पुगेको छ । कोषमा दान गर्ने दाताहरुलाई आज एक विशेष समारोहका बीच महासंघ झापा शाखाले सम्मान गर्दैछ । दानकताहरुलाई पूर्व राष्ट्रपति डा. रामवरण यादवले सम्मान–पत्र प्रदान गर्नेछन् । सोही अवसरमा स्तरोन्नति गरेको महासंघको भवनको उद्घाटन समेत गरिने भएको छ । पत्रकारको उपचारमा सहयोग पु¥याउने उद्देश्यले वि.सं. २०७३ पुस १६ गते कोष घोषणा गरिएको थियो ।
अर्जुनधारा, ३ बैशाख । झापाको अर्जुनधारा नगरपालिकाले यहाँका दुई जना स्रष्टालाई दीर्घ साहित्य साधना सम्मान–२०८० प्रदान गरेको छ । नगरपालिकाले एक समारोहकाबीच प्रत्येक वर्ष प्रदान गरिँदै आएको साहित्य सम्मान–२०७९ बाट अर्जुनधारा–१ का कालीबहादुर थापा र २०८० बाट अर्जुनधारा–११ का संगीत साधक हस्त परियारलाई जनही रु. ५१ हजार नगदसहित सम्मान गरेको हो । सम्मानित व्यक्तित्व परियारको परिचय साहित्यकार केशव आचार्य र थापाको परिचय साहित्यकार गणेश सिटौलाले प्रस्तुत गरेका थिए । कार्यक्रममा कवि अभागी थेगुवा र प्राज्ञ गुणराज शेर्माले कबिता वाचन गरेका थिए । साहित्यकार पुण्य खरेल, कृष्ण बराल, सुशीला सुवेदी, वडाध्यक्ष खगेन्द्र इङ्नाम, सामाजिक विकास संयोजक कौशिकलाल परियार (भोला) लगायतले शुभकामना…
झापा, ३ बैशाख । सरकारले मकै खेतीको प्रवर्द्धन र क्षेत्र विस्तारका लागि किसानलाई प्रोत्साहन गर्न मकै जोन सुरु गरेसँगै जिल्लामा हात्तीको समस्या बढेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रमुख मेघराज राईले हात्तीलाई मनपर्ने खानामध्ये मकै पनि भएका कारण जिल्लामा जनधनको क्षति बढेको बताउनुभयो । उहाँले विगत पाँच वर्षयता जिल्लामा कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न स्थानमा मकैको पकेट, ब्लक र जोन क्षेत्र नै घोषणा गरी किसानलाई अनुदान उपलब्ध गराएर मकैको व्यावसायिक खेती गरिरहेको बताउनुभयो । “जति क्षेत्र विस्तार भयो उति नै हात्तीको समस्या बढिरहेको छ”, उहाँले भन्नुभयो, “मकै हात्तीको मनपर्ने खाना हो । जति…
सुरेश आले ‘सर्जु’बिर्तामोड, ३ बैशाख । बिर्तामोड १० को सैनिकबजारको इतिहास खोतल्न करिब ६० बर्षअघि फर्किनु पर्छ । २०१९ सालमा तत्कालीन राजा स्व महेन्द्रले इलाम भ्रमण गरेदेखि सैनिकबजारको इतिहास शुरू हुन्छ। पूर्व राजा महेन्द्रले २ सयजना भूपू सैनिकहरुलाई १ हजार बिगाह जंगल फडानी गरि बस्ती बसाएपछि यस क्षेत्रको नाम सैनिक रहन गएको हो । शुरुमा यस क्षेत्रको नाम भूपू सैनिक हुँदै सैनिकबजार रहन गयो भन्ने इतिहासलाई प्रष्ट पार्नेगरी स्तम्भ निर्माण गरिएको छ । भूपू सैनिक स्मृति प्रतिष्ठानले बिर्तामोड–१० सैनिक बजार क्याम्पमा निर्माण गरेको सैनिक स्तम्भ आइतवार उद्घाटन गरिएको छ। निर्माण भएको लामो समयापछि सैनिक स्तम्भको उद्घाटन गरिएको हो। पार्कसहित सिसाको…
शिवसताक्षी, २ बैशाख । नयाँ वर्षको सुरुवातसँगै शिवसताक्षीका आदिबासी समुदायले सिरुवा पर्व मनाएका छन् । आदिवासी समुदायले शिवसताक्षीको चन्द्रडाँगीमा आज विविध साँस्कृतिक कार्यक्रम गर्दै सिरुवा पर्व भव्य रुपमा मनाएका हुन् । नयाँ वर्षका वैशाख १ गते पानी सिरुवा, २ गते काद (हिला) सिरुवा र ३ गते रङ सिरुवा मनाउने धार्मिक प्रचलन छ । हिजो पानी सिरुवा मनाएका आदिवासी समुदायले आज काद सिरुवा धुमधामका साथ मनाएका छन् । भोलि रङ खेल्दै सिरुवाको विधिवत रुपमा समापन गर्ने छन् । कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले पहिले घर घरमा मनाइदै आएको सिरुवा पर्व समुदायमा रहेर एक आपसमा भइचारा कायम गर्दै हर्ष उल्लासका साथ…
झापा, २ बैशाख । झापाको बिर्तामोडमा आज दिउँसो कुदिरहेको एउटा कारमा आगलागी भएको छ। आज दिउँसो पौने तीन बजे बिर्तामोड चोक नजिकै प्रदेश १–०१–००१च ९०९९ नम्बरको हुन्डाइको कारमा आफैँ आगलागी भएको हो । आगलागीबाट कारको अगाडिको भागमा क्षति पुगेको छ । आगलागी बिर्तामोड नगरपालिकाको बारुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो ।
झापा, १ बैशाख । आज शनिबारदेखि विक्रम संवत्को नयाँ वर्ष २०८१ शुरु भएको छ। हरेक वैशाख १ गते नेपालमा नयाँ वर्षको रुपमा मनाइन्छ । शुभकामना आदानप्रदान गरी आज हर्षोल्लासका साथ नेपालमा नयाँ वर्ष मनाइँदै छ । सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ। विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको धर्मशास्त्रविदहरु बताउँछन्।…
झापा, १ बैशाख । राजनीतिक स्थायित्व र कानुन निर्माणमा आशातीत प्रगति हासिल गर्न नसकिए पनि भ्रष्टाचारका फाइल खोल्ने र जनतामा सुशासनको अनुभूति दिलाउने मामिलामा विसं २०८० पहल कदमीको सुुरुआत वर्ष भएको छ । भ्रष्टाचारका घटनामा ठूला माछा भनिएका उच्च ओहदामा रहेका व्यक्ति पक्राउ हुनाले सुशासनको प्रत्याभूति दिलाउने कोसिस भएको छ । यद्यपि विगतका वर्षमा जस्तै सरकारमा राजनीतिक दलको फेरबदल र संसद्को गत्यारोध भने चलिनैरह्यो । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का संसदीय दलका मुख्य सचेतक हितराज पाण्डे संसद् कार्यतालिका बनाएर अघि बढ्ने तथा प्रधानमन्त्रीले महिनाको एक पटक सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने जस्ता केही नयाँ र महत्त्वपूर्ण विषय सुरु भएको प्रतिक्रिया दिनुभयो…