
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ८ कात्तिक । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले समुन्द्री आधी ‘डाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको जनाएको छ । यसका कारण नेपालको पूर्वी भागमा शुक्रबारसम्म हल्का वर्षाको सम्भावना छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुन्द्री आधी ‘डाना’ को प्रभावका कारण कोशी प्रदेश र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए । “समुन्द्री आधी डानाको प्रभाव नेपालको पूर्वी क्षेत्रमा पर्ने देखिन्छ, बङ्गालको खाडीमा केही दिनअघि यो उत्पन्न भएको थियो । भारतको उडिसा र पश्चिम बङ्गालमा पनि यसको प्रभाव परेको छ”, उनले भने ।
वासिङ्टन, ८ कात्तिक (एजेन्सी) । अमेरिकी न्याय विभागले एलोन मस्कको अभियान अमेरिका पीएसीलाई चेतावनीसहितको पत्र पठाएको छ। विभागले ट्रम्पको समर्थनमा रहेको मस्कको चुनावी अभियान संगठनलाई पत्र लेखेको हो । मतदातालाई प्रतिदिन १० लाख अमेरिकी डलर दिने मस्कको योजना कानुन उल्लंघनको दायरामा आउन सक्ने पत्रमा भनिएको छ । विभागले पत्र पठाएको बीबीसी सम्बद्ध सीबीएस न्युजले पुष्टि गरेको छ। मस्कको चुनावी अभियानलाई पठाइएको पत्रको जानकारी पहिलो पटक सीएनएनले साझा गरेको थियो। मस्कको अभियानले अमेरिका पीएसीको यो पुरस्कार योजनामा सात स्विङ राज्यमा दर्ता भएका मतदाताहरूलाई एउटा याचिकामा हस्ताक्षर गर्न अपिल गरेको छ। चुनाव नहुँदासम्म प्रत्येक दिन उक्त याचिकामा हस्ताक्षर गर्ने एक व्यक्तिलाई एक…
झापा, ८ कात्तिक । चक्रवाती आँधी दाना आज भारतको पश्चिम बंगाल र ओडिशाको तटीय क्षेत्रमा पुग्न सक्ने बताइएको छ। यसैबिच पश्चिम बंगाल र ओडिशाका सरकारले चक्रवात दानासँग लड्नका लागि तयारी पूरा भएको बताएको छ । ‘दाना’ आँधीका कारण रेलवेले ‘वन्दे भारत’, राजधानी एक्सप्रेसलगायत दुई सयभन्दा बढी रेल सञ्चालनमा रोक लगाइएको छ । सावधानीका रूपमा पश्चिम बंगाल र ओडिशाका सरकारले तटीय क्षेत्रबाट करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिसकेको छ। दुवै राज्यमा तटीय जिल्लाका सबै विद्यालय अक्टोबर २५ सम्म बन्द गरिएको छ भने चिकित्सकसहित सबै सरकारी कर्मचारीको बिदा रद्द गरिएको छ । दाना आँधी बुधबार रातिदेखि बिहीबार बिहानसम्म पुरी र सागर…
खोटाङ, ८ कात्तिक । अमेरिका जानुभएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौँ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो । गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अन्तिमेत्थम दिएको थियो । उहाँ नफर्केपछि बाध्य भएर तालाबन्दी गरिएको पूर्ववडाध्यक्ष भट्टराईले बताउनुभयो । यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको उहाँले राससलाई बताउनुभयो । वडाध्यक्ष कटवाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट…
झापा, ८ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ३३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ५२ पैसा कायम गरिएको छ…
सुनसरी, २३ असोज । सुनसरीको हरीनगर गाउँपालिका–७ बाट नक्कली नोटसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । असोज २२ गते विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले हरीनगर गाउँपालिका–७ की ३१ वर्षीया हजरुल खातुनको घर खानतलासी गर्दा उनको ओच्छ्यान मुनी लुकाई छिपाई राखेको अवस्थामा नेपाली रुपैयाँको नक्कली नोट १ हजार दरको ५० थान र निषेधित औषधी नाईट्रोसन १०० चक्की समेत बरामद गरेको थियो । नक्कली नोट र निषेधित औषधीसहित पक्राउ परेकी खातुनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।
उदयपुर, २३ असोज । श्रीमतीलाई धारिलो हतियार खुकरी प्रहार गरी हत्या गर्ने श्रीमान उदयपुरको ताप्ली गाउँपालिका–४ का ३५ बर्षीय जंगबहादुर घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका–६ जलजले स्थितमा कोठा भाडामा लिई चिया पसल गरी बस्दै आएका तामाङले असोज २२ गते बेलुका सामान्य घरायसी वाद बिवादको क्रममा आफ्नै श्रीमती २८ वर्षीया प्रमिला लामालाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । श्रीमतीको हत्या गरी भाग्दै गरेको अवस्थामा तामाङलाई इलाका प्रहरी कार्यालय जलजलेबाट गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तामाङको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान तथा कानुनि कारवाही भइरहेको छ ।
झापा, २३ असोज । झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २२ गते साँझ लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अर्जुनधारा नगरपालिका–४ का २० वर्षीय पुष्प तुम्वापोको साथबाट ३ ग्राम ब्राउन सुगर फेला पारी निजलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।
सुनसरी, २३ असोज । सुनसरीको ईनरुवा नगरपालिका–३ स्थित पुर्व पश्चिम लोकमार्गमा बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ । असोज २२ गते अपरान्ह मधेश प्र.०१–००१ च ०८४४ नम्बरको बोइलर कुखुरा बोकेको बोलेरो गाडी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका सहचालक सप्तरी सुरुङ्गा नगरपालिका(२ का २१ बर्षीय विजय कुमार चौधरीको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो भने दुर्घटनाबाट घाईते भएका चालक राजबिराज नगरपालिका–६ का संजिव साह हलुवाइको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
झापा, २३ असोज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । उक्त बुलेटिनअनुसार यस वर्ष दसैँको सप्तमी (२४ गते), अष्टमी र नवमी (२५ गते) र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ । विभागले कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने अनुमान गरेको छ । बाँकी…