jhapaonline add

झापा, १४ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २५ र बिक्रीदर एक सय ७५ रुपैयाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।…

Read More

झापा, १४ कत्तिक । नेपाल पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ आज साँझ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहोर्‍याइ फाइनल खेल जसरी भए आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको बताउनुभयो । सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो संस्करणमा पनि उपाधि चुम्ने नेपालको लक्ष्यमा भारत बाधक…

Read More

झापा, १४ कात्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो । बिहान त्रयोदशी तिथि परेका दिन धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान्…

Read More

दैलेख, १३ कात्तिक । पटाका पड्काउँदा दैलेखमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबीस नगरपालिका–३ साई गाउँका भीमबहादुर कठायतका १३ वर्षीय छोरा भूपेन्द्र कठायत रहेका छन् । दीपावलीको रकेट बम पटाकाको छर्रा लागेर भूपेन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ । दायाँ छातीमा पटाकाको छर्रा लाग्दा घाइते अवस्थामै अस्पताल लगे पनि चिकित्सकले मृत घोषणा गरेको परिवारका सदस्यले बताएका छन् । मृतक स्थानीय विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए । कमजोर आर्थिक अवस्थाकै कारण बुवा आमासँगै भारत गएका थिए । घटना भारतमा भएकाले आवश्यक जानकारी लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सुनिल दाहालले बताउनुभयो ।

Read More

झापा, १३ कात्तिक । नेपालमा डेङ्गीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ । डेङ्गीका भाइरसका स्वरूप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिनुभयो । विगत सात वर्षअघि भने सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सेरोटाइप–४ सक्रिय रहेका थिए । “भाइरसको जीन अध्ययन गर्दा अहिले तीन प्रकारका भाइरसका स्वरूप सक्रिय रहेको पाइएको छ”, उहाँले भन्नुभयो । शाखाका प्रमुख डा दाहालका अनुसार कात्तिकसम्म लामखुट्टे सक्रिय हुने भएकाले जोखिम हुने बताउनुभयो । उहाँले कात्तिकपछि जाडो अलि बढ्ने र त्यसपछि डेङ्गी सार्ने लामखुट्टे पनि हराउँदै जाने बताउनुभयो । डेङ्गी सङ्क्रमण हुम्ला बाहेक सबै…

Read More

कनकाई, १३ कात्तिक । झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई माविको खेल मैदानमा जारी दसैंतिहार वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि कनकाई ३ र ५ भिड्ने भएका छन् । आज सम्पन्न दुवै सेमिफाइनल खेलमा वडा नम्बर ३ र ५ ले जित हात पार्दै फाइनलको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा कनकाई ३ ले ९ लाई ३—० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ५ ले ४ लाई समान ३—० गोल अन्तरले पराजित गर्दै फाईनलमा ३ नम्बरसगको भेट पक्का गरेको छ । कनकाई माविको खेल मैदानमा कात्तिक ९ गतेदेखि शुरु भएको प्रतियोगिताको भोलि फाइनल…

Read More

झापा, १३ कात्तिक । झापाको मेचीनगरबाट प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको ठूलो परिमाणमा मदिरा नियन्त्रणमा लिएको छ । आज बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ भन्सारगेट पछाडि भारतबाट नेपालतर्फ आउदै गरेको द्यच्द्दद्दँछण्छज्ञ नम्बरको भारतीय कारलाई चेकजाँच गर्ने क्रममा उक्त कारमा फल्स बटम बनाई डिकि लगायतका अन्य भागमा अबैध रुपमा भन्सार छलि गरी लुकाई छिपाई ल्याउँदै मदिरा बरामद गरेको हो । प्रहरीले उक्त गाडीबाट ब्ल्याक माउन्टेन ह्स्की २५४ बोतल, सुपर स्ट्रोङ बियर २४ बोतल गरी करिब १ लाख ९८ हजार ९०० बराबरका ्मदिरा बरामद गरेको छ । गाडीको बिगो समेत गरी ८ लाख ९८ हजार ९०० कायम गरिएको…

Read More

सन्तोष शर्माबनियानी, १३ कात्तिक । झापाको दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका पाँच स्थानीय तहको दुई सय बिघा धान खेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्रास आउने उहाँले बताउनुभयो । “बाला निस्किने बेलामा धान कालो हुने, सुक्ने, फोहोर देखिने हुन्छ”, उहाँले भन्नुभयो, “शुरुमै थाहा भयो भने औषधि छिट्दा हुन्छ, नत्र केही गर्न सकिँदैन ।” धान रोप्ने बेलामै बिऊको उपचार गरिए ‘डर्टी पेनिकल’बाट बाली जोगाउन सकिने उहाँले बताउनुभयो । जिल्लाको भद्रपुर, हल्दिबारी, बाह्रदशी,…

Read More

झापा, १३ कात्तिक । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ८६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २१ र बिक्रीदर एक सय ७४ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।…

Read More

डम्बरकुमार निरौलामाईजोगमाई, १३ कात्तिक । माईजोगमाई गाउँपालिका अनुगमन समिति संयोजक प्रविना राईको संयोजकत्वमा सोमबार माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारको बजार अनुगमन गरिएको छ । अनुगमन समिति संयोजक प्रविना राईसहित गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे, प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत, इलाका प्रहरी कार्यलय नयाँबजारका प्रहरी इञ्चार्जसहित प्रहरी, गाउँपालिकाका कर्मचारी, वडा नं १ का वडासदस्य, स्वस्थ्यकर्मी तथा नयाँबजार बजार व्यवस्थापन समितिका पदाधिकारी लगायतको टोलीले ४३ वटा पसलको अनुगमन गरेको हो । अनुगमनको क्रममा केही पसलको वडामा दर्ता नगरिएको, मूल्यसूची नराखिएको, म्याद नाघेको सामान राखेको पाइएको थियो । म्याद गुज्रिएको सामानलाई अनुगमन टोलीले संकलन गरी नष्ट गरेको छ ।

Read More