jhapaonline add

झापा, २८ भदौ । झापाको कमल गाउँपालिकाका एक युवाले चार पाङ्ग्रे गाडी बनाउनुभएको छ । कमल गाउँपालिका–६ का २३ वर्षीय युवा अर्जुन विश्वकर्माले चार पाङ्ग्रे गाडी बनाउनुभएको हो । ‘मेड इन नेपाल’ लेखिएको उक्त गाडी उहाँले ‘सवारी साधान निर्माणमा मेरो पहिलो अभ्यास’ लेख्नुभएको छ । चार वर्षअघिदेखि गाडी बनाउन थालेको बताउँदै अर्जुनले हालसम्म रू चार लाख खर्च भएको बताउनुभयो । “गाडीमा चालकसहित चार जनासम्म बस्न मिल्छ”, कक्षा–१२ सम्म अध्ययन गर्नुभएका अर्जुनले भन्नुभयो, “धेरै मेहेनत गरेको छु, अझै प्राविधिक काम बाँकी नै छ ।” रकम अभावका कारण भनेजसरी काम गर्न नसकिएको उहाँले बताउनुभयो । “कसैले लगानी गरिदिए हुन्थ्यो जस्तो लागेको छ”,…

Read More

बिर्तामोड, २८ भदौ । राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवस-२०८१ को अवसरमा बिहीबार बिर्तामोडमा नगरस्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । ुस्वदेशमै शिक्षा र स्वदेशमै रोजगारीु विषयमा बिर्तामोड नगरपालिकाले प्रतियोगिताको आयोजना गरेको हो । कक्षा–९ र १० का विद्यार्थीलाई समेटिएको यस प्रतियोगितामा सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयबाट ३० जना विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालयकी छात्रा एलिना तिम्सिना प्रथम, न्यूटन्स एकाडेमीकी छात्रा रोसिना दाहाल द्वितीय, एभरेष्ट स्मार्ट स्कुलकी प्राप्तिका निरौला तृतीय, सेन्ट जेभियर्सका छात्र प्रयास गिरी र महेन्द्ररत्न माध्यमिक विद्यालयकी छात्रा स्मृति आचार्य सान्तवना भएका छन् । विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्तवनाले क्रमश ४ हजार,…

Read More

सुरुङ्गा, २७ भदौ । यहाँको अर्जुनधारा नगरपालिका–९स्थित एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा बिरामी हुनेको सङ्ख्या ८० पुगेको छ । बिरामी हुनेमध्ये शनिश्चरे नगर अस्पतालमा ७३, बीएण्डसी अस्पतालमा चार र मनमोहन अस्पतालमा तीन जना उपचारका लागि भर्ना भएका छन् । शनिश्चरे अस्पतालका ७३ जना बिरामीमध्ये ३९ जनालाई थप उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर रिफर गरिएको छ । प्रसाद खाएर बिरामी भएकामध्ये उपचारपछि ५९ जना घर फर्किएका थिए । तर, उनीहरुमा पुनःसमस्या देखिएपछि थप उपचारका लागि अस्पताल भर्ना गरिएको शनिश्चरे आधारभूत अस्पतालका प्रशासन प्रमुख राजविक्रम खड्का जानकारी दिए । बुधबार अर्जुनधारा–९ निवासी रीता निरौलाको घरमा पूजा गरिएको थियो । सो…

Read More

बनियानी, २७ भदौ । झापाको कचनकवल गाउँपालिका–३ मा रहेको अभिमुक्तेश्वर सामुदायिक वन उपभोक्ता समूहको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको अध्यक्षता समूहका अध्यक्ष राम प्रसाद खनालले गर्नुभएको थियो भने प्रमुख अतिथि कचनकवल–३ का वडा सदस्य सूर्यनारायण राजवंशी हुनुहुन्थ्यो । सभामा समूहका अध्यक्ष खनालले आफ्नो तीन वर्षको कार्यकालको प्रतिवेदन प्रस्तुत गर्दै समूहले गरेका प्रमुख गतिविधिहरूको विवरण पेश गर्नुभयो । उहाँले समूहलाई सुदृढ बनाउने, संरचनामा सुधार ल्याउने र वन संरक्षणका लागि कार्यान्वयन गरिएका योजनाहरूको बारेमा जानकारी दिनुभयो । उहाँले समूहलाई पाँच खण्डमा विभाजन गरी वन संरक्षणको रणनीति अघि बढाइएको बताउनुभयो । कार्यक्रममा विशेष अतिथिका रूपमा जिल्ला वन महासंघका अध्यक्ष बेद…

Read More

बिर्तामोड, २७ भदौ । झापाको बिर्तामोडस्थित गोमेन्द्र मल्टिपल कलेजमा कानून संकायको बीएलएएबी कक्षा सञ्चालन हुने भएको छ । कलेजका प्राचार्य सरस्वती भुर्तेलले राजार्षी जनक विश्वविद्यालयबाट सम्बन्धन लिएर कानून संकायको बीएलएएबी कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । अब गोमेन्द्र कलेजमै १२ कक्षा उत्तीण विद्यार्थीले बीएलएएबी अध्ययन गर्न सक्ने भएका छन् । झापा, इलाम, ताप्लेजुङ र पाँचथरका कानुन विषय लिएर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका अब सहज हुने भएको छ । पाँच वर्षे कोषका लागि झापा बाहिर अध्ययन गर्दा १५ लाख भन्दा बढी खर्च हुने अवस्थामा गोमेन्द्र कलेजबाट १० सेमिस्टरको अध्ययन पूरा गर्दा ६ लाख ८० हजार रुपैयाँ लाग्ने कलेज…

Read More

बनियानी, २७ भदौ । झापाको अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद सेवन गर्दा ७० जनाभन्दा बढी बिरामी भएका छन् । सबै बिरामीमा बान्ता, झाडापखाला, ज्वरो लगायतका एकै प्रकारको लक्षण देखिएको शनिश्चरे अस्पतालका डा. योगेश चेम्जोङले बताउनुभयो । प्रसाद सेवन गर्नेहरुलाई ‘फुड पोइजन’ भएको हुन सक्ने उहाँले बताउनुभयो । अर्जुनधारा–९ स्थित खरबन्दीमा बुधबार स्थानीय रीता निरौलाको घरमा पूजा लगाइएको थियो । सोही पूजामा प्रसाद (रोटी, अचार, तरकारी) खाएका उनीहरु बिरामी भएका हुन् । बिरामीहरुको स्थानीय क्लिनिक, नगर अस्पताल र प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । स्थानीय सञ्चारकर्मी आकाश खतिवडाले चार जना बिरामीलाई थप उपचारका लागि आज प्रादेशिक अस्पताल भद्रपुर रेफर गरिएको बताउनुभयो…

Read More

झापा, २७ भदौ । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २६ गते रतुवामाईमाई नगरपालिका-१ र २ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले रतुवामाई-८ का २६ बर्षीय सुजन मोते र ३१ बर्षीय शिव कुमार लामिछानेलाई २ ग्राम ७५ मिलिग्राम ब्राउन सुगर, उर्लबारी नगरपालिका-५ का ३० बर्षीय गणेश तामाङलाई ३ ग्राम २१ मिलिग्राम ब्राउन सुगर र उदयपुर चौदण्डीगढी-३ का २३ बर्षीय पुरन राई र रतुवामाई-६ का २१ बर्षीय संगम सुन्दासलाई TRAMADOL, VOMINE, PROMETH र LYCITON समेत गरी ८ सय चक्की निषेधित औषधी सहित पक्राउ गरेको छ ।…

Read More

मोरङ, २७ भदौ । मोरङको बुढीगंगा गाउँपालिका–५ स्थितमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत भागलपुरका ७५ बर्षीय कैलाश मण्डल र उनको श्रीमती ७२ बर्षीया कुमा देबी मण्डल रहेका छन । भदौ २६ गते बिहान बुढिगंगा–५ स्थितमा कोठा भाडामा लिई खेतीपाती गर्दै आएका दम्पत्तीले खेतमा पानी लगाउन मोटर जडान गरी ट्युवेल चलाउने क्रममा बिधुत सर्ट भइ करेन्ट लाग्दा दुबै जनाको घट्नास्थलमानै मृत्यु भएको हो । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि आवश्यक कानुनी प्रकृया गरी लाश पोष्टमार्टमको लागी कोशी अस्पताल पठाएको छ भने घटना सम्वन्धमा अन्य थप अनुसन्धान गरीरहेको छ ।

Read More

बाथ रोग धेरै प्रकारका हुने भएकोले यसका लक्षण भिन्नाभिन्नै हुन्छन्। बाथको प्रकार अनुसार यसले विभिन्न अंगहरु समात्छ । बाथ रोगको साझा लक्षण जोर्नी दुखाइ हो। हात–गोडाका साना–तिना जोर्नीहरु दुख्ने, सुतेर उठ्दा मुठ्ठी कस्न ग्राहो भएजस्तो हुने, सुन्निने जस्ता समस्या बाथ रोगका प्रारम्भिक लक्षणमा पर्छन्। यदि छालामा बाथ रोग भएको अवस्थामा अनुहार तथा छालामा डाबर आउने, घामको एलर्जी हुने, मुख तथा गोडामा बारम्बार घाउ आउने जस्ता लक्षण देखिन्छन्। आँखा रातो हुने तथा बारम्बार दुख्ने, सुख्खा हुने तथा आँसु नआउने समस्या हुने जस्ता लक्षण देखिएमा पनि बाथ रोग भएको शंका गर्न सकिन्छ। यदि बाथले भित्री अंगलाई आक्रमण गरेको अवस्थामा भिन्नै प्रकारको लक्षण…

Read More

झापा, २७ भदौ । नेपाल राष्ट्र बैंकले यसपटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै बडादसैंमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेको हो । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालय (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट २०८१ असोज १३ देखि २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिनेछ राष्ट्र बैंकले सूचनामार्फत जनाएको छ । चाडबाडका समयमा मुख्यतयाः ५, १०, २०, ५० र १०० दरका नोटहरुको माग…

Read More