
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ७ बैशाख । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’ गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत , साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ । जिन्दगीको यात्रा भरि आफनो प्रेमीलाई सदैव आफनो साथमै राख्ने कुरा लाई गीत व्यक्त गरिएको छ । आफुलाई जिवनको आधार स्तम्भ बनेको हेर्न गायिकाले चाहना राखेकी छन । गीतमा प्रेमील जोडि विचको भावनात्मक प्रेम प्रंसगलाई समावेश गरिएको छ । गीतमा छायाँकन तथा सम्पादन र निर्देशन मिराज अर्यालको रहेको छ ।
भद्रपुर, ७ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा झापाका उद्योगी–व्यवसायीहरु बीच सूचना प्रणालीमा संस्थागत विकास (र्यापिड मार्केट एसेस्टमेन्ट) सम्बन्धी अन्तरक्रियात्मक अभिमुखीकरण गरिएको छ । महासंघका कोशी प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेलको अध्यक्षतामा भद्रपुरस्थित उद्योग संघको सभाहलमा सम्पन्न कार्यक्रममा उद्योगी–व्यवसायीहरुले श्रम बजारमा सूचना प्रणालीको संस्थागत विकासका लागि प्रदेश महासंघले थालेको प्रयास प्रशंसनीय भएको उल्लेख गर्दै हाल उद्योग प्रतिष्ठानहरुमा यसले कामदारसम्बन्धी माग र आपूर्तिको बेमेललाई सम्बोधन गर्ने बताएका थिए । झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठले श्रम बजारसम्बन्धी अध्ययन नभएकोले रोजगारदाताले दक्ष कामदार पाउन नसकेको उल्लेख गरे । उनले चिया, चामल उद्योगहरुमा अहिले पनि दक्ष कामदारको अभाव रहेको बताए ।…
झापा, ७ बैशाख । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद गरेको छ । भारतीय महिला सहिना प्रभिनको साथबाट प्लास्टिकले कभर गरेको अवस्थामा करिब ८५० ग्राम सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले जनाएका छन् । अन्डरवेयरभित्र लुकाएर ल्याएको अवस्थामा आगमन टनेल गेटबाट उनी सुनसहित पक्राउ परेकी हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
विराटनगर, ७ बैशाख । कोशी प्रदेश सभामाको शुक्रबार बसेको बैठकमा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर बिष्टले सङ्कल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेको र विपक्षमा रहेका सांसदहरू गतगणना प्रक्रियामा सामेल नभएको तथा मत दिन्न भन्ने पक्षमा जम्मा ३ सांसद रहेका कारण बहुमतले प्रस्ताव पारित भएको सभालाई जानकारी गराए । उनले सङ्कल्प प्रस्ताव पारित भएसँगै प्रदेश सभाको विशेष अधिवेशन आह्वान हुनुको औचित्य सकिएको भन्दै अधिवेशन अन्त्य भएको घोषणा पनि गरे ।
ताप्लेजुङ, ७ बैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सूचना जारी गरेर काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार तथा होटलमा मदिरा बेच्न तथा सेवनमा निषेध गरेको हो । तीर्थयात्रीको सुरक्षा र स्वास्थ्यलाई दृष्टिगत गरी मदिरा निषेध गरिएको जनाइएको छ । पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको सेवन, ओसारपसार र बिक्री पूर्ण रूपमा निषेध गरिएसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सबै पक्षसँग समितिले आग्रह पनि गरेको छ ।
झापा, ७ बैशाख । झापाका विभिन्न स्थानबाट प्रहरीले लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले बुद्वशान्ति गाउँपालिका–१ का २३ वर्षीय रत्न बहादुर राय, मेचीनगर नगरपालिका–१० का २४ वर्षीय विक्रम राजवंशी र सोही ठाउँका २२ वर्षीय विशाल लिम्बु, मेचीनगर–१२ का २२ वर्षीय नेत्र बहादुर राईलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ३ ग्राम ६ सय ४० मिलिग्राम ब्राउनसुगर र नगद १२ हजार ४६० रुपैयाँ बरामद गरेको छ ।
बिर्तामोड, ७ बैशाख । जामुनवारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनवारी सिमसार पर्यटकीय क्षेत्रको अध्यक्षमा पर्शुराम गिरी निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार रहेका गिरीले ४३१ मत प्राप्त गरेर विजयी भएका हुन् । बैशाख ६ गते भएको निर्वाचनमा उनका प्रतिद्वन्द्वी कांग्रेसका बुद्धिमान बोहोरा १४२ र एमालेका सीता अधिकारीले १९२ मत प्राप्त गरेका थिए । त्यस्तै, स्वतन्त्रबाट उम्मेदवार बनेका दिपक ओली पनि सचिव पदमा २९८ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका यसकुमार अधिकारीले २२१ म्त र एमालेका दिपक बोहोराले २१५ मत प्राप्त गरे । उपाध्यक्षमा भने एमालेका रेनुका खवास विजयी भएकी छन् । स्वतन्त्रका चन्द्रा बुढाथोकीले २२७ मत…
बिर्तामोड, ७ बैशाख । झापाको बिर्तामोडमा हनुमान जयन्तीको अवसरमा निसान शोभा यात्रा हुने भएको छ । आगामी बैशाख १० गते बिहान बिर्तामोडस्थित बालाजी मन्दिरबाट निसान शोभा यात्रा शुरु हुने छ । शोभा यात्रा मुक्तिचोक–पूर्व बस स्टाण्ड–भद्रपुर बस स्टप–अदुवा पुल–मुक्ति चोक हुँदै बालाजी मन्दिरमा पुग्ने कार्यतालिका रहेको बालाजी मन्दिरका संयोजक नबिन गोयलले जानकारी दिए । हनुमान जन्मोत्सवको अवसरमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरिँदै आएको गोयलले बताए । सोही दिन भारतको कलकताबाट आउने भजन गायिका पुजा नथानीद्वारा भजन प्रस्तुति हुनेछ । ११ गते पाठ तथा भोग महाप्रसाद एवम् भण्डारा कार्यक्रम गरिने जनाइएको छ । ११ गते बिहान गणेश पुजन, चोला स्नान सवामणि,…
झापा, ७ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदलीकै अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशका पहाडी भूभागमा आंशिक…
भद्रपुर, ७ बैशाख । २०६२–०६३ को दोस्रो जनआन्दोलनको क्रममा शाही सेनाको गोली लागेर सहादत प्राप्त गरेका शहिद सुरज विश्वासको १८ औं स्मृति दिवस बुधबार मनाइएको छ । शहिद सुरज विश्वास स्मृति शालिक निर्माण समितिले भद्रपुर–६ स्थित शहिद स्मृति पार्कमा श्रद्धाञ्जली सभा आयोजना गरी मनाएको हो । सहिद सुरजको अर्ध कदको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो । शालिक निर्माण समितिका अध्यक्ष गोपाल मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बत्ताहरूले विभिन्न जनक्रान्तिमा देशका लागि बलिदान दिएका शहिद, बेपत्ता र घाइतेहरूको योगदानलाई राज्यले भुल्न नहुनेमा जोड दिए । दोस्रो जनआन्दोलनकै कारण राजतन्त्र ढालेर देशमा गणतन्त्र र लोकतन्त्र स्थापना भएको उनीहरूले बताए…