
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ५ बैशाख । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ । संस्कृतिविद् रामदयाल राकेशका अनुसार रामचन्द्र भगवान्को जन्मदिन भएकाले यो पर्व हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो । “मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व छ”, उहाँले भन्नुभयो, “पूजापाठ गरेर, नदीमा स्नान गरेर पून्य आर्जन गर्र्ने चलन छ ।”
भद्रपुर, ५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई हात्ती मैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । डिभिजन वन कार्यालय झापाले आयोजना गरेको ‘अफसेट सोलार फेन्स हस्तान्तरण समारोह’मा मन्तव्य राख्नुहँदै कार्यक्रमका प्रमुख अतिथि लिङ्देनले वन क्षेत्रमा हात्तीलाई चाहिने आहारा, पानी लगायतको व्यवस्थापन गर्न नसकिए जति नै तारबार लगाए पनि रोक्न नसकिने बताउनुभयो । “हात्तीलाई छेक्ने भन्दा पनि आहारा व्यवस्थापन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “वनमा हात्तीले खाने कुरा छैन भने जति नै रोके पनि गाउँ बस्ती पस्छ ।” वन क्षेत्रमा बोटबिरुवा लगाउँदा हात्तीले खाने लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । नागरिकको जीउधनको सुरक्षाका लागि सरकारले सौर्य तारबार निर्माण गरेको बताउँदै उहाँले…
भद्रपुर, ४ बैशाख । झापाको भद्रपुर नगरपालिकाले लोकसेवा र शिक्षासेवा अयोगको तयारी कक्षा तालिम दिएको छ । नगरपालिकाको आर्थिक सहयोग र नोभा एजुकेशन फाउण्डेशनको आयोजनामा यहाँका १५० जनालाई तयारी कक्षा तालिम दिइएको नगरपालिकाकी सामाजिक शाखा प्रमुख जीवनकला राउतले जानकारी दिनुभयो । गत फागुन ५ गतेबाट शुरु भएको ५० दिने उक्त तालिमको आज वीरेन्द्र माविको सभाहलमा समापन गरिएको छ । फाउण्डेशनका सस्थापक अध्यक्ष प्रकाश पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख गणेश पोखरेल हुनुहुन्थ्यो । नगर प्रमुख पोखरेलले लोकसेवा र शिक्षासेवाको तयारी कक्षाले लोकसेवा र शिक्षा सेवामा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख राधा कार्की र प्रमुख…
झापा, ४ बैशाख । झापाको मेचीनगर नगरपालिकास्थित एक सामुदायिक वनमा दाह्रा काटिएको अवस्थामा एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । मेचीनगर–१२ स्थित कालिका सामुदायिक वनको सिमसार क्षेत्रमा हात्ती मृत अवस्थामा फेला परेको हो । इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक रोहित शर्माले कालिका सामुदायिक वनमा दुई दिनअघि नै दुईटै दाह्रा निकालिएको अवस्थामा हात्ती मृत फेलाको बताए ।
बिर्तामोड, ४ बैशाख । महिला, बालबालिका माथि हुने हिंसा, चेलीबेटी बेचविखन तथा लागू औषध नियन्त्रण सम्बन्धि एकदिने सचेतनामूलक कार्यक्रम झापाको बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोग तथा एविसी नेपाल झापाको आयोजना सञ्चालित कार्यक्रमको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले गरेका थिए । एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्षता तथा उपप्रमुख संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संग्रौला, बिशिष्ठ अतिथि इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रकाश बिष्ट, पञ्चरत्न मावि बिर्तामोड २ का प्रधानअध्यापक योगेन्द्रमणी दाहाल, सामाजिक व्यक्तित्व मोहनसिंह राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए । स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा लागू औषध सम्बन्धी राजु गिरीले सहजीकरण…
सन्तोष शर्माभद्रपुर, ४ बैशाख । नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिएको छ । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाद्वारा स्थापित उक्त पुरस्कार आज एक समारोहका बीच कोशी प्रदेश प्रमुख परशुराम खापुङले डा. रुइतलाई हस्तान्तरण गर्नुभयो । पुरस्कारको राशी रू पाँच लाख रहेको छ । त्यसैगरी, यस वर्षको ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’ झापाका बुद्धशान्ति गाउँपालिका–१ डुम्रिबोटका १७ वर्षीय सबिन बाँस्कोटालाई प्रदान गरिएको छ । उहाँलाई रू एक लाख एक हजार एक सय ११ पुरस्कार राशी तथा सम्मानपत्रसहित प्रदेश प्रमुख खापुङले प्रदान गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले मानव हित, सकारात्मक समाजिक विकासमा उल्लेख्य…
झापा, ४ बैशाख । ‘मदन ढकाल स्मृति वीरता जेसी उत्कृष्ट पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार नरेन्द्र ढकाललाई प्रदान गरिएको छ । पूर्बाञ्चल दैनिकका अनलाइनका समाचार संयोजक समेत रहेका ढकाललाई ११ हजार रुपैयाँ पुरस्कार राशि रहेको उक्त पुरस्कार वीरता जेसीजको ४३ औं पद हस्तान्तरण कार्यक्रमकाबीच प्रदान गरिएको हो । पूर्ब परराष्ट्र मन्त्री एनपी साउदको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच पत्रकार ढकाललाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत ढकाल मिडिया एक्सन नेपालका कोशी प्रदेश संयोजक तथा स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष हुन् । वीरता जेसीजका सन् २०२३ का अध्यक्ष घनश्याम चौधरीको अध्यक्षको अध्यक्षतामा आयोजित पुरस्कार वितरण सभारोहमा पत्रकार ढकालकी श्रीमती सावित्रा ढकाल,…
भद्रपुर, ४ बैशाख । मानव—हात्ती द्वन्द्व न्युनीकरण अन्र्तगत निर्मित झापाका अफसेट सोलार फेन्स समुदायमा हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय झापाको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोषले हात्ती प्रभावित क्षेत्रमा निर्माण गरेको अफसेट सोलार फेन्स सम्वन्धित पालिकाका वन समूहलाई हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ वरालको अध्यक्षता तथा संघीय संसद राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हात्ती प्रभावित मेची नगर, भद्रपुर, हल्दिवारी, कचनकवल र बाह्रदशी पालिका भित्र रहेका वन समूहलाई आफ्नो क्षेत्र भित्रको निर्मित सोलार फेन्स हस्तान्तरण गरिएको थियो । सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले सहजीकरण गरेको कार्यक्रममा निर्माण सम्पन्न भएर वन समूहको जिम्मामा आएका सोलार…
झापा, ४ बैशाख । झापाको बिर्तामोडबाट नक्कली सुनसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको जाल्पागुडी–४० सिलगुढीका ५४ को शेरबहादुर गिरी रहेका छन् । गिरीले ‘मसँग काचो सुन छ, तपाईलाई म ६० हजारमा काचो सुन दिन्छु’ भनेर बिर्तामोड नगरपालिका–५ शनिश्चरे रोडमा बुद्धशान्ति गाउँपालिका–२ की ४५ वर्षीया सविता सिटौलालाई दिएका थिए । सिटौलाले बिस्कुटजस्तो आकारको नक्कली सुन (टिल) दिई ठगेको भनेर इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी उजुरी दिएकी थिइन् । उनको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले गिरीलाई बिर्तामोड–५ शनिश्चरे रोडबाट नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय…
बिर्तामोड, ३ बैशाख । नेपाल पत्रकार महासंघ झापा शाखाले एक करोड रुपैयाँको पत्रकार उपचार कोष घोषणा गरेको छ । पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले मुलुकमै पहिलो पटक झापामा करोड रुपैयाँ राशीको कोष स्थापना गरेर आज एक समारोहका बीच घोषणा गरिएको हो । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले पत्रकार सहारा उपचार कोषको घोषणा गर्नुभएको हो । सोही अवसरमा कोषमा सहयोग गर्ने दातालाई सम्मान गरिएको छ । आठ वर्षअघि पत्रकारहरुको सुरक्षाका लागि कोष निर्माणको अभियान थालिएको थियो । नेपाल पत्रकार महासंघ झापाको अगुवाईमा ‘पत्रकार–सहारा उपचार कोष’ नामाकरण गरेर कोष स्थापनाको अभियान शुरु गरिएको थियो । सोही कार्यक्रमकाबिच पत्रकार महासंघ झापा शाखाले…