
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ८ चैत । आज २१ मार्च अर्थात् अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरेको थियो । त्यसयता हरेक वर्ष मार्च २१ लाई विश्वभरि जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घले सन् १९६५ मा पारित गरेको जाति तथा रंगभेदविरुद्धको महासन्धि नेपालले सन् १९७१ मा अनुमोदन गरेको थियो । नेपालमा कानूनीरुपमै जातीय छुवाछुत र भेदभाव गर्नै पर्ने, नगरे दण्डनीय हुने व्यवस्था गरेर राज्यले संरक्षण दिएको भेदभाव ०६२÷०६३ को जनआन्दोलनपछि फेरि कानूनीरुपमै बन्देज लगाइएको छ । तर व्यवहारमा भने…
इलाम, ८ चैत । सूर्योदय नगरपालिका–९ ढोडेका रामप्रसाद राईले चियाको प्राङ्गारिक खेती सुरु गरेको ६ वर्ष भयो । उनको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो उत्पादन हुन्छ । “प्रतिकेजी रु एक सय एकका दरले सुन्दरपानी कृषि सहकारी संस्थालाई दिन्छौँ, उसले रु एक नाफा राखेर गोर्खा टी स्टेटलाई बेच्छ,” राईले भने “नगरपालिकाले तोकेको चियाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो रु ४० हो तर हाम्रो चिया प्राङ्गारिक भएकाले रु एक सयभन्दा बढी मूल्य पाएका छौँ ।” राईमात्र होइन साङपाङ टोल ढोडेका सबै किसानले रासायनिक मलको प्रयोग छाडेर गाई–बाख्राको मल प्रयोग गरिरहेका छन् । “चियामा लहलह मुना पलाउँछ, खाँदा स्वास्थ्यलाई हानि…
बिर्तामोड, ८ चैत । लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई बुधबार सम्मान गरिएको छ । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले बिर्तामोडमा महजोडीका रुपमा परिचित कलाकार श्रेष्ठ र आचार्यलाई ‘आदर्श नागरिक सम्मान–२०८०’ प्रदान गरेको हो । पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको अक्षयकोषको सहयोगमा महजोडीलाई संयुक्त रुपमा १ लाख ११ हजार १११ रुपैंयाँ पुरस्कारसहित सम्मान गरिएको हो । भारतको दार्जीलिङका प्रख्यात नाट्यकर्मी सीके श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । पुरस्कृत प्रतिभा हरिबंश आचार्यले मदनकृष्ण श्रेष्ठ र आफूबीचको मित्रताको लोगो मरणोपरान्त सम्झन लायक बनाउने उद्घोष गरे । उनले आफू आदर्श नागरिक भएको थाहै नपाई यस्तो पुरस्कार पाएको भन्दै हर्ष व्यक्त…
बुधबारे, ८ चैत । झापाको बुद्धशान्ति गाउँपालिकामा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ३ः२० बजे बुद्धशान्ति –१ नमूना चोकस्थित भित्री सडक खण्डमा बुधबारेबाट भोटेटारतर्फ जाँदै गरेको प्रदेश ३–०२–००५ प ७१०९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक ३३ वर्षीय धर्मेन्द्र सिञ्जालीको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार इलामको रोङ–१ का ३४ वर्षीय कैलाश राईको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको र बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
द्रोण अधिकारीझापा, ८ चैत । राजनीतिले सही गति दिन नसक्दा जन्मेको मुलुकमा बसेर सेवा गर्दै मर्न चाहनेहरू पेट पाल्नकै लागि अर्काको भूमिका अकालमा मर्नु पर्ने बाध्यता आउने रहेछ । पछिल्लो पटक रूसी सेनामा भर्ना हुन पुगेका झापाका गंगाराम अधिकारी सहित ७ जना युवाले अवैध बाटो रोजेर पेट पाल्नका लागि अकालमा मर्नु परेको बाध्यता हेर्दा नेपालको राजनीति कहिले सही गतिमा आउला भन्ने प्रश्न उठिरहेको छ । झापाको हल्दिवारी १ का ३२ वर्षीय गंगाराम अधिकारी नेपाली माटोमा बसेर सेवा गर्ने अवसर नपाएपछि परिवार धान्न र पेट पाल्नका लागि विदेशीने क्रममा रूसी युद्धमा ज्यान गुमाउन बाध्य भए । रघुनाथ र मोतीमाया अधिकारीको बुढेसकालको…
धरान, ८ चैत । सुनसरीको धरानमा घाँटी रेटेको अवस्थामा एक किशोरीको शव फेला परेको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको सिमानाको खोल्सा नजिकै घाँटी रेटेको अवस्थामा अन्दाजी १८, १९ वर्ष उमेरको देखिने किशोरीको शव बुधबार दिउँसो फेला परेको हो। धरान उपमहानगरपालिका–१८ स्थित प्रतिष्ठान नजिकै रहेको वरको रूख नजिकै किशोरीको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। शव भेटिएको स्थान वरपर तालिमप्राप्त कुकुर समेत लगेर अनुसन्धान गरेको प्रहरीले जनाएको छ। किशोरीको शव अहिले घोपास्थित पोष्टमार्टमका लागि राखिएकोे इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
झापा, ७ चैत । झापाको गौरीगञ्ज गाउँपालिका–१ बिर्खेबस्ति स्थितमा आगोले जली एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ बर्षीय निलकन्ठ घिमिरे रहेका छन् । आज बिहान तरकारी खेतीमा माथिबाट छोपेको परालमा अचानक आग्लागी हुँदा घिमिरेको आगोले जलि घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएसगै प्रहरी चौकी महाभाराबाट प्रहरी टोली खटिगई घट्नास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोली खटिगई मृतक शवलाई सम्पुर्ण कानुनी प्रकृया पुरा गरी पोष्टमाटमको लागि दमक अस्पताल दमक पठाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
झापा, ७ चैत । झापा, इलाम र मोरङ जिल्लाको छुट्टा–छुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार भोजपुर घर भई मोरङको सुन्दरहरैचा नगरपालिका–५ स्थितमा कोठा भाडामा बस्दै आएका ३६ वर्षीय विक्रम मगर र सुनसरीको इटहरी उप–महानगरपालिका–४ का ५२ वर्षीय पदम निरौलालाई १५ ग्राम ४३ मिलिग्राम लागुऔषध ब्राउन सुगर र प्रदेश न १–००२–०४४प ३८१ नम्बरको मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । यसैगरी, जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले मंगलबार राति इलामको इलाम नगरपालिका–७ टुडिखेल स्थितबाट स्थानीय ३० वर्षीय राकेश पाँचकोटी र उनकै श्रीमती २९ वर्षीया निमादेवी शेर्पालाई घरैबाट ५ ग्राम ३० मिलिग्राम लागुऔषध…
मोरङ, ७ चैत । मोरङको बेलबारी नगरपालिका–१ स्थितमा श्रीमतीको हत्या गरी श्रीमान आफैले घाटी रेटी हत्या गरेका छन् । हिजो दिउँसो साढे १ बजे स्थानीय ६० बर्षीय बमबहादुर लिम्बुले आफ्नै श्रीमती ४५ बर्षीय गीता लिम्बुलाई धारिलो हतियार दाउले शरीरको विभिन्न भागमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । श्रीमतीको हत्या गरी लिम्बुले समेत सोही दाउले आफ्नै घाँटी रेटी घाइते भई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्याउन साथ मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।
ताप्लेजुङ, ७ चैत । ताप्लेजुङमा मङ्गलबार आगालागी हुँदा दुई वटा घर जलेका छन् । मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुवै घरका नगद , खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घर नजिकै रहेका दुई वटा गोठ पनि जलेका छन् । जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सात वटा घर जलेका उक्त कार्यालयले जनाएको छ ।