
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बिर्तामोड, ३१ जेठ । मुद्रण उद्योग संघ झापाको आयोजनामा ‘ग्राफिक्स डिजाइनमा एआई (कृत्रिम बुद्धिमत्ता) को प्रयोग’ विषयक एकदिने तालिम कार्यक्रम शनिबार सम्पन्न भएको छ । ग्राफिक्स डिजाइन तथा मुद्रण क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले बिर्तामोडको चारपानेमा आयोजित तालिममा जिल्लाका विभिन्न मुद्रण तथा डिजाइन व्यवसायसँग आबद्ध ४० जना सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा प्रमुख प्रशिक्षकको रुपमा रहेर एआईको सम्भावना तथा डिजाइन क्षेत्रमा यसको प्रभावबारेमा गुगल जेमिनी एआई एजुकेटर उमाकान्त खनालले प्रशिक्षण दिनुभएको थियो । त्यस्तै, ग्राफिक्स डिजाइनका विषयमा प्रशिक्षक एकराज प्रधानले सहजीकरण गरेका थिए । प्रशिक्षकहरूले आधुनिक डिजाइन प्रविधि, एआई टुलहरूको प्रयोग, कार्यक्षमता वृद्धि तथा व्यवसायिक प्रतिस्पर्धामा एआईको भूमिकाबारे विस्तृत जानकारी…
झापा, ३१ जेठ । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ । मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी पहाडी भूभाग र मधेस, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक…
झापा, ३० जेठ । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुल क्षेत्रमा लागुऔषधसहित बिर्तामोडका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले आज दिउँसो भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका बिर्तामोड नगरपालिका–७ का ३० वर्षीय विष्णुसिंह राजवंशीलाई लागुऔषधसहित पक्रउ गरेको हो । शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकबाहेक ५ ग्राम ४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…
झापा, ३० जेठ । झापाको मेचीनगर नगरपालिका–६ गैरीगाउँ क्षेत्रबाट अनधिकृत रूपमा नेपाल प्रवेश गर्दै गरेका एक बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो १२ः४५ बजे भारतको पानीट्याङ्कीबाट मेची खोलाको बाटो हुँदै गैरकानुनी रूपमा नेपाल प्रवेश गर्दै गरेका बंगलादेशी नागरिक ३३ वर्षीय एमडी सैफुल इस्लामलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । चाँदपुर जिल्लाको तुलाटोली कचुवा मनोहरपुर–३६३० बंगलादेश स्थायी घर भएका सैफुल इस्लामले बंगलादेशी राहदानी बोकेर नेपाल प्रवेश गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर आवश्यक अनुसन्धान गरी थप कानुनी कारबाहीका लागि अध्यागमन विभाग काठमाडौं…
झापा, ३० जेठ । झापाको बिर्तामोड नगरपालिका–२ चारपाने क्षेत्रमा एक युवतीलाई कालो मोसो दलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार शनिबार साँझ करिब ६ः३० बजे चारपानेस्थित राजगढ जाने बाटोमा एक महिलालाई स्थानीय व्यक्तिहरूले कालो मोसो दलेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले घटनाबारे अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा कनकाई नगरपालिका–८ निवासी १८ वर्षीय समिर मर्डी, २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु र १९ वर्षीया पूजा बस्नेतले बिर्तामोड–२ चारपाने निवासी २१ वर्षीया सबिना राजवंशीलाई पुरानो रिसइबीका कारण बिजुलीको पोलमा हात बाँधी कालो मोसो दलेको खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न…
बिर्तामोड, ३० जेठ । बिर्तामोड नगरपालिकाले आयोजना गरेको ‘बिर्तामोड रोजगार मेला’ आजदेखि अतिथिसदनमा सुरु भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाई र बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले रिबन काटेर मेलाको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । रोजगार मेलामा डीडी सेक्युरिटी, दिया रिलाएबल, नेपाल लाइफ इन्स्योरेन्स, झापा प्राविधिक शिक्षालय, होटल व्यवसायी संघ, नेपाल भेनियर उद्योग संघ, बिर्तामोड जब सेन्टर, महिला उद्यमी समूह, ग्रिल तथा स्टिल व्यवसायी संघ, रोजगार नेपाल, नेपाल औषधि व्यवसायी संघ, इगल…
संखुवासभा, ३० जेठ । संखुवासभाको पाँचखपन नगरपालिका–६ मगरटोल स्थितबाट भरुवा बन्दुकसहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जेठ २९ गते गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले पाँचखपन नगरपालिका–६ निवासी ३५ वर्षीय विनय मगरको घर छेउमा रहेको कागतीको झाडीमा लुकाईछिपाई राखेको अवस्थामा १ थान लोड गरिएको भरुवा बन्दुक बरामद गरे संगै मगरलाई नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
झापा, ३० जेठ । नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्तीका क्रममा दशगजा क्षेत्रमा रहेका चियाका बोट हटाइएको छ। जिल्ला झापाको कचनकवल गाउँपालिका–५ पाठामारी तथा भारतको बिहार राज्य अन्तर्गत किशनगञ्ज जिल्लाको पाठामारी क्षेत्रमा रहेको सीमा स्तम्भ नम्बर ११४ मा शुक्रबार नेपाल र भारतका सुरक्षा निकायबीच संयुक्त (ज्वाइन्ट) गस्ती सञ्चालन गरिएको थियो। प्रहरी चौकी पाठामारी, बीओपी पाठामारी तथा भारतको सशस्त्र सीमा बल (एसएसबी) को सहभागितामा बिहान करिब १०ः३० बजे सुरु भएको संयुक्त गस्तीका क्रममा नेपालतर्फको दशगजा क्षेत्रमा रहेको सुनकोशी चिया बगानका करिब ६० देखि ६५ वटा चियाका बोट हटाइएको जनाइएको छ। सीमा क्षेत्रको संरक्षण, दशगजा क्षेत्र अतिक्रमणमुक्त राख्ने तथा सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने…
तोमनाथ उप्रेती मानव जीवनको सबैभन्दा जटिल रहस्य बाहिरी संसारमा लुकेको छैन। त्यो मानिसकै अन्तर्मनमा लुकेको छ। संसार जित्न निस्किएको मानिसले प्रायः आफूलाई नै बिर्सन्छ। ऊ पर्वत चढ्छ। महासागर पार गर्छ। राज्य निर्माण गर्छ। विज्ञानका चमत्कार रच्छ। तर कहिलेकाहीँ आफ्नै हृदयको गहिराइमा रहेको सत्यलाई देख्न असफल हुन्छ। यही कारण पूर्वीय दर्शनले बाहिरी विजयभन्दा भित्री विजयलाई ठूलो मानेको छ। उपनिषद्हरूले बारम्बार भनेका छन् सबैभन्दा महान् युद्ध मानिसले संसारसँग होइन, आफ्नै अहंकारसँग लड्नुपर्छ। अहंकार एउटा विचित्र आवरण हो। यो आँखाले देखिँदैन। तर जीवनका हरेक निर्णयमा यसको प्रभाव देखिन्छ। यो मानिसलाई आफूभन्दा ठूलो कोही छैन भन्ने भ्रम दिन्छ। यो मानिसलाई अरूभन्दा अलग र श्रेष्ठ…
बिर्तामोड, ३० जेठ । पूर्वको व्यापारिक सहर बिर्तामोडमा आज र भोलि व्यापार मेला हुँदैछ । बिर्तामोड नगरपालिकाको आयोजनामा सञ्चालन हुने ‘बिर्तामोड रोजगार मेला’ को सम्पूर्ण तयारी पूरा भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा अतिथि सदनमा दुई दिनसम्म सञ्चालन हुने उक्त मेलाको तयारी सम्पन्न भएको सहजकर्ता सेवक बजगाईंले जानकारी दिनुभयो । रोजगार मेलामा रोजगारदाता संस्थाहरूमा डीडी सेक्युरिटी, दिया रिलाएबल, नेपाल लाइफ इन्स्योरेन्स, झापा प्राविधिक शिक्षालय, होटल व्यवसायी संघ, नेपाल भेनियर उद्योग संघ, बिर्तामोड जब सेन्टर, महिला उद्यमी समूह, ग्रिल तथा स्टिल व्यवसायी संघ, रोजगार नेपाल, नेपाल औषधि व्यवसायी संघ, इगल इन्टरनेसनल, कम्प्युटर एसोसिएसन नेपाल (क्यान), फायरउड वेकर्स, त्रिशक्ति जब…