jhapaonline add

बिर्तामोड, ११ फागुन । बिर्तामोडका उद्योगी–व्यवसायीको अभिभावकीय संस्था उद्योग बाणिज्य संघमा व्यवसायीको हितमा समर्पित हुने उद्देश्यका साथ बिर्तामोडका युवा व्यवसायी युवराज निरौला होमिएका छन् । मोबाइल पार्टस् तथा एशोसेरिजको व्यवसायमा आवद्ध निरौला बिर्तामोडका परिचित युवा व्यवसायी हु्न । १६ वर्षदेखि व्यापार क्षेत्रमा क्रियाशील उनी बिर्तामोडका सबैखाले परिस्थितिहरु बारे जानकार रहेको बताउँछन् । व्यवसायीले भोग्दै आएको दुःख, अप्ठ्याराहरु मसिनो गरी बुझेका निरौलासँग बिर्तामोड उद्योग बाणिज्य संघको कार्यसमितिमा रहेर केही गर्ने गर्ने अठोटका साथ चुनावी मैदानमा होमिएका हुन् । यहाँका सानादेखि ठुला खाले समस्याहरु, सम्भावनाहरु महसुस गरेका समाधानको लागि बृहत योजना निर्माण गर्ने उनको कथन छ । आगामी फागुन १४ गते हुने…

Read More

शिवसताक्षी, ११ फागुन । शिवसताक्षी नगरपालिकामा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा फाइनलमा विर्तामोड नगरपालिका र कमल गाउँपालिका भिड्ने भएका छन् । बुधबार भएको सेमी फाइनल खेलमा कमल गाउँपालकालाई हराउँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको थियो । कमल गाउँपालिकाले गैर कर्मचारी खेलमा समावेश गराएको भन्दै गौरीगञ्ज गाउँपालिकालाई प्रोटेक्ट हालेको थियो । गौरीगञ्ज गाउँपालिकाले खेलमा समावेश गरेको खेलाडी कर्मचारीको मापदण्ड भित्र नपरेको प्रमाणित भएपछि कमल गाउँपालिकलाई आयोजक समितिले विजयी घोषणा गरेको हो । सो निर्णयसँगै आज हुने फाइनल खेल बिर्तामोड नगरपालिका र कमल गाउँपालिका बीच हुने आयोजकले जनाएको छ । कमलले लिखित रुपमै निवेदन दिएपछि आज बसेको आयोजक समितिले कमल…

Read More

चन्द्र बस्नेतकनकाई, ११ फागुन । बुधबारदेखि हात्ती प्रभावित क्षेत्रको पदयात्रा सुरु गर्नुभएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको कनकाई नगरपालिकामा स्वागत गरिएको छ । साथै, ध्यानाकर्षण तथा सुझाव दिइएको छ । हात्ती प्रभावित जिल्लाहरूको २ सय ४३ किलोमिटरको पदयात्रामा निस्कनुभएका मुख्य मन्त्री कार्की, पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती, पर्यटन वन तथा वातावरण सचिव विशाल घिमिरेलाई कनकाईको उत्तरी भेगमा वर्षेनी हात्तीका कारण जन–धनको क्षति हुने गरेको भन्दै यसलाई न्यूनीकरण र रोकथामका लागि गरिएको मुख्यमन्त्रीको यो नौलो प्रयासको कनकाईका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले स्वागत सहित ध्यानाकर्षण र सुझाव पनि दिनुभएको छ । कार्यक्रममा नगर प्रमुख पोखरेलले मुख्यमन्त्रीसहित पदयात्रामा सँगै हिँड्दै…

Read More

बिर्तामोड, ११ फागुन । आर्थिक मन्दीबाट थलिएको व्यावसायिक क्षेत्रमाथि लगाइएको अनावश्यक कर छुट गर्नुपर्ने बिर्तामोड उद्योग बाणिज्य संघको महिला सदस्य पदमा उम्मेद्वार निशा शाह गुप्ताले बताएकी छन् । कर छुटका विषयमा आफूले पहल गर्न र व्यवसायीका समस्याको उचित सम्बोधनका साथ काम गर्ने उद्देश्यीयसहित आफूले महिला सदस्य पदमा उम्मेद्वारी दिएको बताइन् । बिर्तामोड उद्योग बाणिज्य संघको आगामी फागुन १४ गते निर्वाचन हुँदैछ । राज्यको सबै मापदण्ड पुरा गरेर व्यवसाय गरिरहेका व्यवसायीमाथि स्थानीय सरकारसहित सम्बन्धित कार्यालयले अनावश्यक रुपमा कर लिने गरेको प्रति उनको आपत्ती छ । राज्यले भने बमोजिम सबै प्रक्रिया पुरा गरेर व्यवसाय सञ्चालन गरिरहेमाथि सुरक्षा, प्रोत्साहन तथा हौसला प्रदान गरिनु…

Read More

झापा, १० फागुन । अस्वस्थ जीवनशैली नै उच्च रक्तचापको प्रमुख कारण हो । अस्वस्थ आहार (नूनिलो खानेकुरा), मोटोपना र शारीरिक गतिविधिको कमीले उच्च रक्तचापको सृजना गर्नसक्छ । जीवनशैलीमा हुने अस्वस्थ परिवर्तनले गर्दा नै युवकहरुमा पनि यो समस्या बढ्दै गइरहेको देखिन्छ । धुम्रपानको सेवनले रक्तचापलाई बढाउँछ । यसले रक्तचाप कम गर्ने औषधिको असरलाई पनि कम वा निष्कृय गर्छ, जसले गर्दा रक्तचापको राम्रो नियन्त्रण हुन पाउँदैन । उच्च रक्तचापका लक्षणहरु सामान्यतया उच्च रक्तचापको केही लक्षण हुँदैन। उच्च रक्तचापको कारणले टाउको दुख्छ भन्ने जनधारणा छ, तर यो कुरालाई अनुसन्धानले पुष्टि गर्दैन । रक्तचाप अचानक धेरै बढेमा टाउको दुख्नसक्छ । ब्लड प्रेसर अलिअलि मात्र…

Read More

काठमाडौँ, १० फागुन । सरकारले चालु आर्थिक वर्षभित्र मुलुकलाई पूर्ण खोप घोषणा गर्ने लक्ष्य लिएको छ । राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिकामा यस वर्ष देशलाई नै पूर्ण खोप घोषणा गर्ने लक्ष्य रहेको उल्लेख छ । हालसम्म ७५३ स्थानीय तहमध्ये ७२४ स्थानीय तह पूर्ण खोप घोषणा भइसकेका छन् ।यस्तै, ७७ जिल्लामध्ये ७२ जिल्ला पूर्ण खोप घोषणा भइसकेको सो निर्देशिकामा उल्लेख छ । हालसम्म २९ स्थानीय तह र ५ जिल्ला पूर्ण खोप घोषणा हुन सकेको छैन । घोषणाका लागि कार्य गरिरहेको सरकारी निकायले जनाएका छन् । निर्देशिका अनुसार सातवटा प्रदेशहरूमध्ये गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश पूर्ण…

Read More

बिर्तामोड, १० फागुन । सरकारले समेत प्लाष्टिकको उचित ब्यवस्थापन गर्न नसकिरहेको अबस्थामा बिर्तामोडस्थित बाल्मीकि एजुकेशन फाउण्डेशनमा अध्ययनरत् बिद्यार्थीले फालिएका प्लाष्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने भन्दै सन्देश दिएका छन् । थोत्रा प्लाष्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने विद्यार्थीले उदाहरण प्रस्तुत गर्दै विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबीच प्लाष्टिकबाट पेट्रोल उत्पादन गरेर देखाउँदा सहभागी अभिभावक छक्क परेका थिए । कक्षा–११ र १२मा अध्ययनरत् विद्यार्थीले पाइरोलाइसिस प्लाष्टिक प्लान्ट प्रविधिमार्फत खेर गएको प्लाष्टिकलाई प्रयोग गरेर पेट्रोल बनाउन सकिने सन्देश दिएका हुन् । वाल्मीकि एजुकेशन फाउण्डेशनमा बुधवार ‘स्टेम फेष्ट’ (साइन्स, टेक्नोलोजी, इञ्जिनियरिङ, आर्ट, म्याथ फेस्टिवल) कार्यक्रमको आयोजना गरिएको थियो । सोही कार्यक्रममा सहभागी विद्यार्थीमध्ये केही विद्यार्थीले प्लाष्टिकबाट पेट्रोल…

Read More

झापा, १० फागुन । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन १८ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षक १, प्रहरी वरिष्ठ हवलदार १, प्रहरी सहायक हवलदार ३ र प्रहरी १३ गरी १८ प्रहरी एक महिनाभन्दा बढी समयदेखि सम्पर्कमा छैनन्। यसबीच खोजी गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बिहीबार अर्को सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन भनेको छ। अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने जानकारी कार्यालयले गराएको छ ।

Read More

बिर्तामोड, १० फागुन । झापाको बिर्तामोडबाट प्रहरीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । बिर्तामोड–५ भद्रपुर रोड स्थितमा शंकाष्पद अवस्थामा हिँड्डुल गरिरहेको अवस्थामा बुधबार सोही स्थानका वर्षीय २० राज राजवंशीलाई प्रहरीले लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो । चेकजाँच गर्दा राजवंशीले लगाएको पेन्टको गोजी खुकुरी चुरोटको खोलभित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहितको प्लाष्टिक बिना तौल गर्दा १ ग्राम ३३० मिलिग्राम, सोही चुरोटको खोलमा स–साना प्लाष्टिकको टुक्राहरु थान –१७ र स्यामसुङ मोबाइल एक थान, सादा सेट एक थान, नेपाली हजारको नोट थान एक रहेको बरामद भएको थियो । उनलाई इलाका प्रहरी…

Read More

झापा, १० फागुन । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्थामा छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहनेछ। कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानसहित देशका बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति पनि कोशी, मधेश र बागमती प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्थामा रहने छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी र गण्डकी…

Read More