jhapaonline add

काठमाडौँ, २ पुस । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज (सोमबार)बाट सुरु हुँदैछ। मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक एकीकृत समाजवादीले आजका लागि सारेको थियो। बैठक आज र भोली बस्ने पार्टी प्रचार विभागले जनाएको छ। बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गर्ने नेताहरुले बताएका छन्।

Read More

भक्तपुर, २ पुस । शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीमा आइतबार दिनभर सयौँ विद्यार्थीले नाराबाजी गर्दै धर्ना दिएका छन् । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक पर्ने नो अब्जेक्सन लेटर अर्थात् एनओसी लिन गएका विद्यार्थीले विगत चार दिनदेखि धाउनुपरेको भन्दै दिनभर नाराबाजी गरेका हुन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको हातामा रहेको एनओसी शाखाले गत बिहीबारदेखि सर्भर डाउन भएर सेवा अवरुद्ध विद्यार्थी चार दिनदेखि धाउँदा पनि पत्र नपाएको भन्दै आक्रोशित विद्यार्थीले नाराबाजी गरेका हुन् । वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीले गत शुक्रबार बिहान ६ बजे सर्भर डाउन भएको, सेवा अवरुद्ध भएको र सर्भर बन्ना साथ सेवा सुरु हुने…

Read More

काठमाडौँ, २ पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ भने तराईका थोरै स्थानमा हुस्सु–कुहिरो लागेको छ। आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको अवस्था रहने छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। सोमबार राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको अवस्था रहने छ। मौसम बदलीसँगै देशभरिको तापक्रम घट्दा चिसोबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।

Read More

झापा, १ पुस । सुनसरीको इनरूवा नगरपालिका–९ मा रहेका अल्पसंख्यक समुदायका परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बाँस्तोलाको विशेष आतिथ्यमा आज दिउँसो उक्त कार्यक्रम सम्पन्न भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा आयोजना गरीएको उक्त कार्यक्रममा अल्पसंख्यक समुदायका ४० घर–परिवारहरूलाई न्यानो कपडा वितरण गरीएको थियो ।

Read More

झापा, १ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अबको एक हप्ता भित्रमा उद्योग व्यवसाय दर्ता गर्नेले काठमाडौंको झन्झट बेहोर्नु नपर्ने बताउनुभएको छ । कोशी प्रदेश योजना आयोगले विराटनगरमा आयोजना गरेको प्रथम आवधिक योजना कार्यान्वयनको समिक्षात्मक गोष्ठीमा बोल्दै मुख्यमन्त्री कार्कीले त्यस समय भित्रै कोशी प्रदेशमै उद्योग दर्ताको लागि व्यवस्था मिलाइने बताइने बताउनुभएको हो । ‘अब उद्योग दर्ताका लागि काठमाडौंको झण्झट बेहोर्नु पर्ने अबस्था हुँदैन । उहाँले भन्नुभयो, हातहतियार सम्बन्धी विषेश उद्योग बाहेक अरु उद्योग अब प्रदेशमा दर्ता हुन्छ ।’ सरकार र निजीक्षेत्र एक सिक्काका २ पाङ्रा रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई निजी क्षेत्र मैत्रि बनाइने बचाउनुभयो । मुख्यमन्त्री…

Read More

बिर्तामोड, १ पुस । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मंसिर मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सहकारी विभागको निर्देशन बमोजिम संस्थाले हरेक महिना वित्तीय तथा अन्य विवरण प्रकाशित गर्दै आएको र सोही अनुसार मंसिर महिनासम्मको पनि अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए । संस्थाले शनिबार प्रकाशित गरेको मंसिर मसान्तसम्मको विवरण अनुसार सेयर पुँजी ३२ करोड ९९ लाख ५९ हजार २ सय रुपैयाँ रहेको छ । त्यस्तै, कुल संस्थागत पुँजी ७ करोड ५ लाख ८४ हजार ९ सय ९ रुपैयाँ, जगेडा कोष ६ करोड ४२ लाख…

Read More

विराटनगर, १ पुस । मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायतका सरकारी कार्यालयहरुमा कार्यविधि बनाएर दोभाषे राख्ने बताएका छन् । राष्ट्रिय बहिरा महासंघ नेपाल, कोशीले मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएपछि उनले उक्त प्रतिबद्धता जनाएका हुन् । प्रदेश सरकार मातहतका अस्पतालहरुमा राखेका दोभाषेलाई जिल्ला बहिरा संघ मातहत राखेर परिचालन गर्न माग गरेपछि मुख्यमन्त्री कार्कीले कार्यविधि बनाएर प्रदेश मातहतका सरकारी कार्यालयलगायत प्रत्येक साार्वजनिक कार्यक्रममा दोभाषे राख्ने व्यवस्था गर्ने बताएका छन् । प्रतिस्थापन विद्येक मार्फत आएको बजेटमा बहिरा समुदायका लागि बजेट व्यवस्थापन गरेर मुख्यमन्त्री कार्कीले अभिभाकको भूमिका निर्वाह गरेको जनाएका हुन् । प्रदेश सरकारले नेपालको इतिहासमा नै स्वर्णीम हुने गरी बहिरा समुदायलाई लक्षित…

Read More

कनकाई, १ पुस । झापाको कनकाई नगरपालिकाले यहाँका अतिविपन्न परिवारलाई न्यानो कपडा (ब्ल्यांकेट) वितरण गरेको छ । आज नगरका तीन वटा वडाका ६० जना अतिविपन्न परिवारलाई जाडोमा न्यानो प्रदान ब्ल्यांकेट वितरण गरिएको हो । नगरको वार्षिक कार्यक्रम अनुसार नगरका नौ वटै वडाका अतिविपन्न परिवारलाई बर्सेनि ब्ल्यांकेट वितरण गरिँदै आएको नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पाखरेलले जानकारी दिनुभयो । आज वडा नं. १, ६ र ७ का २०÷२० जना अतिविपन्न परिवारलाई ब्ल्यांकेट वितरण गरिएको हो । वडा नं. १ मा सो वडाका वडाध्यक्ष सुशीलकुमार पोखरेलको अध्यक्षता एवम् नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडाध्यक्ष पोखरेलले स्वागत…

Read More

झापा, १ पुस । दुग्ध विकास संस्थान (डिडिसी) ले मौज्दात रहेको दुग्ध पदार्थका आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिन कृषि तथा पशुपन्छी मन्त्रालयमा निवेदन दिएको छ । दुग्ध पदार्थ अत्यधिक मौज्दात रहेका कारण लामो समयदेखि किसानको भुक्तानी गर्न नसकेको डिडिसीले सो भुक्तानीका लागि ऋणको आवश्यकता रहेको भन्दै कृषि मन्त्रालयमा निवेदन दिएको छ । डिडिसीका महाप्रबन्धक सञ्जीव झाका अनुसार डिडिसीसँग ७२ करोड रुपियाँ बराबरको दुग्ध पदार्थ मौज्दात रहेको जानकारी कृषि मन्त्रालयलाई जानकारी गराएको छ । मौज्दात रहेको दुग्ध पदार्थ धरौटी राखेर ऋण उपलब्ध गराइदिन आग्रह गरिएको उनले बताए। त्यसबापत कम्तीमा ३० करोड रुपियाँ सहुलियत ऋण उपलब्ध गराइदिन आग्रह गरिएको महाप्रबन्धक झाले बताउनुभयो…

Read More

झापा, १ पुस । अजय क्षेत्रीको स्वरमा नयाँ सेलो ‘बुहारी आप्पा आम्मालाई’ गीतको भिडियो सार्वजनिक भएको छ । दार्जिलिङ्गमा जन्मिएर नेपाली गीत संगीतमा सक्रिय गायक अजयले तामाङ सेलो गीतमा स्वर भरेका छन् । सुसन लामाको शब्द तथा संगीत र फडिन्द्र राईको एरेन्ज गीतमा रहेको छ । हरि रोय र पुष्पक रोयको छायाँकन, के के प्रधानको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । साथै गीतमा बसन्त दर्जीको डान्स कोरियोग्राफी समेत रहेको छ । ‘बुहारी आप्पा आम्मालाई ’गीतको भिडियोमा बुद्धि तामाङ र सिकिम्मकी चेली स्यामाश्री शेर्पाको नृत्य रहेको छ । गीतको भिडियोलाई डम्फु मिडियाको अफिसियल च्यानलमार्फत हेर्न सकिन्छ ।

Read More