jhapaonline add

दमक, ५ चैत । झापाको दमकमा एक फर्निचर उद्योगमा आगलागी भएको छ । दमक नगरपालिका–७ का चपन सरकारले दमक–८ मा सञ्चालन गरेको क्रिष्टल फर्निचर उद्योगमा आइतबार साँझ आगलागी भएको हो । बिजुलीको तार सर्ट भई आगलागी हुँदा टिनको छानो, काठको बेरा भएको २ तले घर पूर्ण रुपमा जल्दा अन्दाजी ४ लाख बराबरको क्षति भएको छ । नेपाल प्रहरी, दमक नगरपालिकाको दमकल, स्थानीयबासीको सहयोगमा राति सवा ८ बजे पूर्ण रुपमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

– देवेन्द्र किशोर ढुङगानाउसको हरेक चोटमाऑशु बगेको याद छ !उसले हरेक पल मलाईपराया सम्झेको याद छ !! आकाशको तारा तोडेरल्याउने कुरा थियो !मैंले उसलाई सुन्दर चान्द्रमादिएको पनि याद छ !! हजूर म उसलाईऑखामा राख्न चाहन्थे !उसले चौक चौकमा मलाईकसरी नचायो याद छ !! ज्यान पनि मांग थियौ तयो हंसेर दिन्थे उसलाई !दिल चिरेर बॉच्न सिकायोतिमीले त्यो पनि याद छ !! मन तृपत हुन्जेल खिलौना सम्झीखेल्दै रहयौ मसंग !कति सजिलैसंग मलाईकिनारां लगायौ त्यो याद छ !! भनि रह्यौ मलाई सबैकासामने आफ्नो “प्राण प्रिय “!एक्लै हुँदा मलाई कहिले पनिअपनाएनौ त्यो याद छ !!भद्रपुर, झापा

Read More

तेह्रथुम, ५ फागुन । तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेमा आइतबार दिउँसो वनमा अचानक लागेको डढेलो गाउँमा सल्किँदा १७ घर जलेका छन् । गाउँको पुछारको सल्किएको आगोले सिङ्गो वनसँगै आसपासमा रहेका १७ वटा घर जलेर नष्ट भएका छन् । राति अबेर मात्रै आगो नियन्त्रणमा आएको थियो। गाउँपालिका अध्यक्ष केशवप्रसाद भेटुवालले अनुसार त्यसमध्ये १० वटा घरमा अहिले पनि मानिसहरू बस्दै आएका थिए भने अन्य ७ वटा घरमा भने मान्छे थिएनन् । दिनमा आगलागी हुँदा कुनै मानवीय क्षति नभए पनि पशुचौपाय र धनसम्पत्ति भने जलेर नष्ट भएको छ । सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । आगलागीले मयन्तापा, बाझोगरा, टारी लगायत गाउँका चक्रबहादुर भण्डारी, पर्शुराम…

Read More

झापा, ५ चैत । अगामी चैत १५ गते हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको छ । परीक्षा चैत १५ गतेबाट सुरु भई चैत २७ गते सकिने छ । देशभरबाट ५ लाख ३ हजार भन्दा बढी विद्यार्थीले एसईई दिन परीक्षा फाराम भरेका छन् । बोर्डले परीक्षाको लागि प्रश्नपत्र देशभरका ७४ जिल्लामा पठाइसकेको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो वर्ष ५ लाख प्रश्नपत्र छापिएको बताए । नेपाल बाहिर जापानमा एउटा परीक्षा केन्द्र तोकिएको छ । जहाँ २१ जना विद्यार्थीले एसईई दिनेछन् । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले लेटर ग्रेड निर्देशिका अनुसार पहिलो पटक एसईई गर्न…

Read More

राजेश ढुंगानातिमीलेसबै थोक भोगेरतिम्रोनिष्कर्षथियो –जीवनको अर्थकेहीपनिहोइन रहेछ ! रमैलेभोगेको जीवनमाम कसरी भनांैजीवनको अर्थ केहीपनिहोइन रहेछ !र, मुस्कानपनिहोइन रहेछ ! घाउ भएर मेरो हातमानिस्केको पीपमाथिनिरन्तर मेरी प्रेमिकासदैवलामो र एकोहोरो चुम्बनगर्थिन्तबम कसरी भनौंजीवन केहीपनिहोइन रहेछ !जीवन मुस्कानपनिहोइन रहेछ !!

Read More

भद्रपुर, ४ चैत । भद्रपुरस्थित प्रादेशिक अस्पतालका चिकित्सकले एक बिरामीको सानो आन्द्राभित्रबाट माछाको काँडा शल्यक्रिया गरी निकालेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ सर्जन डा. रामबाबु खड्का र सर्जन डा. विनेश झासहितको टोलीले शनिबार बिहान बिर्तामोडका ४० वर्षीय विष्णु सहनीको सानो आन्द्राभित्रबाट करिब ४ सेन्टिमिटर लामो माछाको काँडा शल्यक्रिया गरी निकालेको हो । सहनीले बिहीबार घरमा माछा पकाएर खाएका थिए । उनी शुक्रबार बिहान तल्लो पेट दुख्यो भन्दै प्रादेशिक अस्पतालमा उपचार गराउन पुगेका थिए ।

Read More

झापा, ४ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टी अर्जुनधारा नगर कमिटीको आयोजना र भद्रपुर–७स्थित ओम साई पाथीभरा हस्पिटलको प्राविधिक सहयोगमा एक दिने स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । अर्जुनधारा–११ स्थित जुनकिरी सार्वजनिक आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित उक्त शिविर पार्टीले सामाजिक उत्तरदायित्व अन्र्तगत अभियानकोरुपमा सञ्चालन गरेको कमिटीका अध्यक्ष अर्जुन मेचेले जानकारी दिए । अध्यक्ष मेचेका अनुसार वरिष्ठ स्त्री रोग विशेषज्ञ डा जयकुमार ठाकुर, फिजिसियन डा सतिश रोय र बाल रोग विशेषज्ञ डा मनोज चौधरीले सहभागीहरुको स्वास्थ्य परीक्षण गरेको शिविरमा दुई सय ५० जनाले सेवा लिएको बताइएको छ । पार्टी वडा कमिटीले संयोजन गरेको शिविरमा जुनकिरी सार्वजनिक आधारभूत विद्यालय, उमामहेश्वर शिवालय…

Read More

पथरी, ४ चैत । मोरङको पथरी शनिश्चरे– १ बुद्ध चोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा रु एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ । मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो । मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन । आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यलय पथरीले जनाएको छ ।

Read More

झापा, ४ चैत । गत चैत १ गते उदयपुरको बेलका नगरपालिका–७ मेनामैनीमा बोलेर दुर्घटनामा परी मृत्यु भएका ८ जनामध्ये ७ जना भोजपुर हतुवागढीकै थिए । दुर्घटना पछि ठुलो शोक परेको भन्दै पालिकाले एक दिन शोक नै मनाउँदै सार्वजनिक बिदा दियो । तर, त्यसको तीन दिनपछि हतुवागढीमै पुनः तीन जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ । हतुवागढी ७ पिप्लेमा शनिबार भएको आगलागीमा परी ५ वर्षका प्रनिष कार्की, ७ वर्षकी बालिका दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्की रहेको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाण्डौ, ३ चैत । बुढासुब्बा गोल्डकप फुटबलको २४ औं संस्करणको उपाधिका लागि आज काठमाण्डौको न्यूरोड टिम (एनआरटी) र मोरङ फुटबल क्लब खेल्दैछन् । फाइनल खेल धरान रंगशालामा दिउँसो ३ बजेपछि शुरु हुनेछ । एनआरटी दोस्रोपटक र मोरङ फुटबल क्लब पहिलोपटक फाइनलमा पुगेको हो । सेमिफाइनलमा आयोजक धरानलाई पेनाल्टीमा हराउँदै मोरङ र गएको संस्करणको उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै एनआरटी उपाधि नजिकै पुगेको हो । एनआरटीले १० औँ संस्करणको उपाधि जितेको थियो । प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज क्लबसहित आठ टिमको सहभागिता थियो । उपाधि विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद पाँच लाख रुपैयाँ पुरस्कार…

Read More