jhapaonline add

झापा, ८ फागुन । झापाको मेचीनगर नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मेचीनगर–६ मेचीपुल स्थितमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर–५ घैलाडुब्बाका २८ वर्षीय मनिष राईलाई लागुऔषधसहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको बा २७ प ३८७२ नम्बरको पल्सर मोटरसाइकल चालक उनीमाथि शंका लागेर चेकजाँच गर्दा बाँया काखी मुनि सेतो रंगको प्लाष्टिकले पोका पारेर लुकाई राखेको लागूऔषध प्लाष्टिकबाहेक तौल गर्दा ३ ग्राम फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

झापा, ८ फागुन । झापाको बुद्धशान्ति गाउँपालिकामा आगलागी हुँदा करिब १० लाख बराबरको क्षति भएको छ । आज बुद्धशान्ति–६ चुल्ठे पाखा गाउँस्थित ५६ वर्षीय सूर्य सुनुवारको घरमा आगलागी हुँदा उक्त क्षति भएको हो । सुनुवारको सिमेन्ट ढुङगाको वाल, काठको खम्बा, टिनको छानो भएको २ कोठे निर्माणाधीन घर र काठको खम्बा टिनको छानो भएको २ कोठे खाना पकाउने भान्सामा तरकारी पकाउने क्रममा चुल्होबाट अचानक आगलागी भई उक्त २ वटा घर, घर भित्र राखेको अन्नपात, भाडाकुडा, लत्ताकपडा, काठको सामान बनाउन प्रयोग हुने मेसिनहरु, महत्वपर्ण कागजात, घर बनाउन राखेको करिब २० किबी चिलाउनेको काठ, बजारमा बेच्नको लागी बुनेर तयार गरेको करिब ४० वटा…

Read More

झापा, ८ फागुन । हरेक कार्यक्रममा अतिथि स्टेजमा हुन्छन्, अतिथिका लागि सारसज्जावट छुट्टै हुन्छ । सोमबार प्रजातन्त्र दिवसको अवसरमा विराटनगरमा आयोजित कोशी प्रदेशभरिका स्वास्थ्य महिला स्वयंसेविका सम्मान कार्यक्रमको झलक फरक थियो । स्टेजमा स्वयंसेविका र दर्शक दीर्घामा अतिथि देख्दा कार्यक्रम हलमा पस्ने जो कोहीले फरक अनुभूति गरिरहेका थिए ।महिला स्वयंसेविकाहरू सम्मानित हुँदा बखत भक्कानिइरहेका थिए । ‘स्वास्थ्य महिला स्वयंसेविका’ जसले गर्भधाणदेखी शिशुको हेरचाहसम्म ‘फ्रन्टलाइन’मा रहेर काम गरिरहेका हुन्छन् । शिशुलाई आवश्यक भिटामिनदेखि आमाको स्वास्थ्य अवस्थासम्मको ख्याल गरिरहेका हुन्छन् । तर उनीहरू राज्यले समेत बेवास्ता गरिरहेको अवस्थामा कोशी प्रदेश सरकारले गरेको सम्मानले उत्साहित बनाएको बताउँछन् । मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्री…

Read More

बिर्तामोड, ८ फागुन । झापाका राजनीतिक दलहरुले झापालाई फुटबल हब बनाउन आफूहरु एकबद्ध भएको बताएका छन् । झापा गोल्ड कपको छैटौँ संस्करणको तयारीका सन्दर्भमा सचिवालयमा आज आयोजित छलफलमा सहभागी दलका नेताहरुले फुटबल र खेलाडीको उन्नयन र श्रीबृद्धिका लागि केन्द्रीय नेतृत्वमा पहल गर्ने बताए । छलफलमा नेकपा एकाले झापाका कार्यबहाक अध्यक्ष प्रेम गिरीले डोमालाल राजवंशी रंगशालाको दिगो व्यवस्थापनका लागि सर्वपक्षीय ढंगले अघि बढ्न आह्वान गरे । नेपाली कांग्रेसका सचिव कृष्ण हुमागाईंले प्रतियोगिताको दिगोपना, सबैको सहभागिता र अपनत्वमा जोड दिए । नेकपा माओवादी केन्द्रका संयोजक राजु आचार्यले गोल्ड कप राम्रो र हाम्रो बनाउँदै आगामी संस्करणहरु थप रचनात्म हुने विश्वास व्यक्त गरे ।…

Read More

दमक, ८ फागुन । नेकपा (एकीकृत समाजवादी) झापा क्षेत्र नं ५ को अगुवा नेता तथा कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ ।एकीकृत समाजवादी दमक नगर कमिटीको व्यवस्थापनमा मंगलबार दमकमा क्षेत्रीय स्तरको अगुवा नेता तथा कार्यकर्ताहरुको भेला सम्पन्न भएको हो । पार्टीको आसन्न १०औं महाधिवेशनलाई लक्षित गरेर देशव्यापी सञ्चालनमा आएको संगठन सुढृढिकरण अभियानका कार्यक्रम अन्तर्गत क्षेत्रीयस्तरका भेला र बैठकहरु आयोजना गरिएको हो । क्षेत्र नं ५ मा दमक, गौरादह, कमल र गोरिगञ्ज पालिकाहरु छन् । क्षेत्रीय बैठकमा पार्टी सदस्यता विस्तार र नबीकरणका कार्यलाई तीब्र गतिमा अघि बढाउने छलफल भएको छ । त्यसैगरी, वडा कमिटी, नगर–गाउँपालिका कमिटी, प्रदेश क्षेत्र कमिटी, निर्वाचन क्षेत्र कमिटी,…

Read More

झापा, ८ फागुुन । झापाको अर्जुनधाराबाट प्रहरीले लागुऔषधसहित सोमबार चारजनालाई पक्राउ गरेको छ । अर्जुनधारा–११ का ३७ वर्षीया शोभा श्रेष्ठले लागूऔषध ब्राउनसुगरको कारोबार गर्छन भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बुट्टाबारी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई उनकै घर कोठाबाट प्लाष्टिकमा स–साना पोकासहितको ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित पक्राउ गरेको हो । साथै, विभिन्न मोडलका पुराना मोबाइल थान ११, नगद ३७ हजार, पुरानो घडी ४ थान, इयरबट २ थान, पावरबैंक १ थान फेला परेको छ । घरको कोठाभित्र रहेका श्रेष्ठका छोरा १९ वर्षीयको गोबिन्द श्रेष्ठ, बुहारी १८ वर्षीया सन्ध्या चौधरी श्रेष्ठ र इलाम सन्दकपुर–४ का…

Read More

झापा, ८ फागुन । सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब २१ अर्ब घटाउँदा पनि सात महिनाको अवधिमा न त आधा राजस्व उठाउन सकेको छ, न त बजेटको आधा खर्च नै गर्न सकेको छ । महत्त्वाकाङ्क्षी बजेटको लक्ष्य भेटाउन नसक्ने आङ्कलनपछि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बजेटलाई १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाखमा झारेको थियो । बजेटको आकार घटाउँदा पनि सरकारको सोमबारसम्मको राजस्व संशोधित बजेट लक्ष्यको ४० दशमलव ६८ प्रतिशत मात्र उठेको छ । सरकारले गत साउनदेखि सोमबारसम्ममा ५ खर्ब ७८ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ मात्र राजस्व उठाउन सकेको छ…

Read More

ताप्लेजुङ, ८ फागुन । बाबुआमाको नागरिकता नभएका कारण छोराछोरीले पढाइबाट वञ्चित हुनुपरेको छ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–३ लिङ्खिमका गुना राई र उनकी श्रीमती उर्मिला राईको नागरिकता नभएपछि छोराछोरी पढ्नबाट वञ्चित भएका हुन् । नागरिकता नहुँदा कोही पनि छोराछोरीको जन्मदर्ता प्रमाणपत्र बन्न सकेको छैन । एसइईको परीक्षा फाराम भर्न जन्मदर्ता प्रमाणपत्र अनिवार्य छ । लिङ्खिमको सिँवामा बसोबास गर्दै आएका राई दम्पतीको नागरिकता नभएकै कारण उनीहरूका एक छोरा र तीन छोरीसमेत चार जना छोराछोरीले पढाइबाट वञ्चित हुनुपरेको हो । पढ्न नपाएपछि राई दम्पतीका छोराछोरीले पढाइ छाडेर कोही मजदुरी गर्न र कसैले अर्काको घरमा घरायसी सहयोगी बनेर काम गर्दै आएका छन् ।…

Read More

झापा, ८ फागुन । राजनीतिक दलको वार्षिक आयमा ह्रास आएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी घाटामा चलेको तिनीहरूको आर्थिक विवरणले देखाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको आयव्ययको विवरणमा मात्रै नाफा देखाइएको छ । घाटामा चलेको विवरण देखाएका दलले मोटो रकम मुद्दती निक्षेपमा राखेका छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले समेत सञ्चित राखे पनि बचतमा घाटा देखाएको छ । निर्वाचन आयोगमा राजनीतिक दलले बुझाएको आव २०७९–८० को वार्षिक आयव्ययको विवरण अनुसार सङ्घीय संसद्को दोस्रो ठुलो दल नेकपा एमाले…

Read More

कनकाई, ८ फागुन । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङलुङ एजुकेसन फाउण्डेसनको १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमका साथ सोमबार फाउण्डेशनको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेम्वाङको अध्यक्षतामा आयोजित वार्षिकोउत्सवमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नगरप्रमुख पोखरेलले शिक्षालाई नगरले प्राथमिकतामा राखी कार्य गर्दै आएको सुनाउँदै कक्षा १० सम्म पाठ्यक्रम निर्माण गरी अध्यापनको तयारी गरिरहेको बताउनुभएको थियो । उहाँले गरिब तथा अति विपन्नलाई छात्रवृत्तिको व्यवस्था गरेको सुनाउनु भएको थियो । पछिल्लो समय शिक्षकहरुलाई नै समय–समयमा तालिम प्रदान गरी नयाँ…

Read More