jhapaonline add

सन्तोष शर्माझापा, ४ असार । नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै चिया उद्योगीहरूले आजदेखि चिया उद्योग र चिया बगान बन्द गरेका छन् । भारतीय अवरोधका कारण नेपाली चिया निर्यात गर्न नसक्ने अवस्था सिर्जना हुनुका साथै गोदामै तयारी चिया थन्किएपछि बाध्य भएर उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेको संघका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो । “भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी)ले चिया निर्यात ठप्प भएको छ”, उहाँले भन्नुभयो, “निर्यात खुलाउन पहल हुन्छ, कुनै उपाय निस्किन्छ भनेर डेढ महिना पर्खियौं, निकास ननिस्किएपछि उद्योग बन्द गर्ने अवस्थामा पुगेका हौं ।” उत्पादित चिया बिक्री गर्न नसकिएपछि हरियो पत्ति किन्न र…

Read More

झापा, ४ असार । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । अन्य तराई भूभागमा मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। कोशी र मधेस प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बागमती,…

Read More

बिर्तामोड, ३ असार । बिर्तामोड नगरपालिकाले पशुपालन व्यवसायलाई थप सहज बनाउन कृषि सामग्री वितरण गरेको छ। आज आयोजित कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले कृषकहरूलाई चापकटर र काउम्याट हस्तान्तरण गर्नुभएको हो। नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाअन्तर्गत ५० प्रतिशत लागत साझेदारी कार्यक्रममार्फत ३० थान कुटी काट्ने चापकटर र ६५ थान काउम्याट वितरण गरिएको हो। उक्त सामग्री वितरणका लागि नगरपालिकाले गत पुस ९ गते सार्वजनिक सूचना जारी गरेको थियो। सूचनाअनुसार चापकटरका लागि २५० वटा र काउम्याटका लागि ९२ वटा निवेदन प्राप्त भएका थिए। पशुपन्छी तथा मत्स्य विकास शाखा अधिकृत सावित्रा दाहालका अनुसार प्राप्त निवेदनमा स्थलगत अनुगमनका आधारमा…

Read More

झापा, ३ असार । झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्पताल अगाडि पूर्व–पश्चिम राजमार्गमा टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ । आज बिहान करिब ९ः५५ बजे दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४२८५ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको मे ११ प १६२० नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटी चालक दमक नगरपालिका–५ निवासी ६० वर्षीय भिमबहादुर कार्की गम्भीर घाइते भएका थिए । टाउको तथा दाहिने हातमा चोट लागेका कार्कीको नाक र कानबाट रगत बगेको अवस्थामा उपचारका लागि दमक अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहान १०ः१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । स्कुटीमा पछाडि सवार गौरीगञ्ज…

Read More

झापा, ३ असार । झापाको गौरादह नगरपालिका–१ स्थित नवदुर्गा पेट्रोल पम्प नजिक मंगलबार राति भएको सवारी दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ। प्रहरीका अनुसार राति करिब ८ः२० बजे पाडाजुगी–गौरीगञ्ज भित्री सडकखण्डमा डिपुचोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ११८८ नम्बरको टिपरले साइकलयात्री गौरादह नगरपालिका–४ निवासी ६१ वर्षीय प्रेमप्रसाद गुरागाईलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका गुरागाईको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनलाई तत्काल उपचारका लागि दमक अस्पताल पठाइएको भए पनि उपचारकै क्रममा राति ८ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न टिपर र चालक गौरादह नगरपालिका–१ निवासी ३५ वर्षीय उमेश ताजपुरियालाई…

Read More

झापा, ३ असार । झापा जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ठूलो संख्यामा लागू औषध प्रयोगकर्ता तथा कारोबारीहरूलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापा, लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा तथा मातहत कार्यालयहरूबाट खटिएको ‘स्वीप अपरेसन’ प्रहरी टोलीले ९२ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय झापाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार असार १ र २ गते सञ्चालन गरिएको उक्त विशेष अपरेसनका क्रममा शंकास्पद अवस्थामा हिँड्डुल गरिरहेका ७९ जना पुरुष र ४ जना महिला गरी कूल ८३ जना लागू औषध सेवनकर्ताहरूलाई नियन्त्रणमा लिइएको छ । उनीहरूलाई मनोपरामर्श सेवा प्रदान गरी आवश्यकता अनुसार अभिभावकको जिम्मा लगाउने वा पुनस्र्थापना केन्द्रमा…

Read More

झापा, ३ असार । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई २०८३ साल जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ। प्रहरी निरीक्षक न्यौपानेले विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै उच्च मनोबल, व्यावसायिकता र जिम्मेवारीका साथ कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा उक्त सम्मान प्राप्त गरेका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको नेतृत्व सम्हाल्दै उनले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक तथा सहचालकहरूको विस्तृत स्वास्थ्य परीक्षण, लागूऔषध तथा मादक पदार्थ सेवन जाँचलाई प्रभावकारी बनाउनुका साथै ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई कारबाहीको दायरामा ल्याउन विशेष पहल गरेका थिए। त्यसैगरी, सिटी सफारीलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउन…

Read More

झापा, ३ असार । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । यसैगरी मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको…

Read More

शिवसताक्षी, २ असार । झापाको शिवसताक्षी नगरपालिकाले माइधार बजार क्षेत्रमा छड्के बजार अनुगमन गर्दै म्याद गुज्रिएका खाद्य सामग्री बरामद गरी नष्ट गरेको छ। नगरपालिकाका अनुसार खाद्य सामग्री बिक्री–वितरण गर्ने पसल तथा दुग्ध डेरी गरी १० वटा पसलमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा अधिकारी किराना पसलबाट केही म्याद गुज्रिएका खाद्य सामग्री फेला परेको थियो । बरामद गरिएका सामग्रीमा फ्रुटी, लेज, खुल्ला पापड, मिट मसला, खाने ट्याङ्क लगायतका उपभोग्य वस्तु रहेका थिए। ती सामग्रीलाई अनुगमन टोलीले तत्काल डिस्पोज गरेको नगरपालिकाले जनाएको छ। त्यसैगरी सन्तोषी होटल, विन्दाबासिनी देवी किराना, श्रेष्ठ किराना पसल, शिव सप्लायर्स, नवीन कोल्ड सेन्टर, सिटौला ट्रेडर्स, मुना किराना तथा लक्ष्मी…

Read More

बिर्तामोड, २ असार । झापाको बिर्तामोडमा पत्रकारितामा प्रविधिको प्रयोग बिषयक तालिम सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाको आयोजना र बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो । प्रविधिले मारेको फड्कोसँगसँगै पत्रकारितामा आफुलाई हिँड्न सघाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष पुष्प खड्काले जानकारी दिए । कृतिम बुद्धिमताले पत्रकारितामा समेत धेरै सहज बनाउँदै लगेको र सो बारे स्थानीय पत्रकारहरुलाई जानकारी दिने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पत्रकारले खोजमुलक र तथ्यपरक समाचार लेखनमा जोड दिनुपर्ने बताए । नराम्रा टिकाटिप्पणी र भ्युज बढाउने भन्दा पनि…

Read More