jhapaonline add

झापा, ६ चैत । विभिन्न समयमा घाइते भएका दुई जना प्रहरीलाई चार चक्के स्कुटर प्रदान गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाले झापा शिवसताक्षीका पूर्व प्रहरी हवल्दार टेकबहादुर सामसुहाङ र मोरङका प्रहरी सहायक हवल्दार शिवनारायण महतोलाई स्कुटर प्रदान गरेको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सोमबार आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआइजी चन्द्र कुँवर खापुङले घाइते प्रहरीहरूलाई भन्सार छुटमा ल्याएको स्कुटरको चाबी र ब्लु बुक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसी, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी…

Read More

झापा, ६ चैत । नेवाः संस्था नेवाः पासा मुना पुच बिर्तामोडले नेवा समुदायका दुई जना पत्रकारलाई सम्मान गरेको छ । नेवाः पासा मुना पुच बिर्तामोडले सोमवार सम्पन्न ३०औ साधारणसभामा झापा जिल्लामा क्रियाशील दुई जना नेवा समुदायका पत्रकारलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा एपी वान टेलिभिजनकाबिष्णुकुल श्रेष्ठ र जनआन्दोलन डटकमका जोश्ना श्रेष्ठ रहेका छन् । नेवा भाषा र संस्कृति संरक्षणमा सञ्चारको क्षेत्रबाट भूमिका निर्वाह गरेको भन्दै श्रेष्ठद्वयलाई प्रशंसा–पत्रद्वारा सम्मानित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि भाषाविद् गणेश बज्राचार्यबाट सम्मानितद्वयलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सदस्य पदमा निर्वाचित माया प्रधान र बिर्तामोड उद्योग बाणिज्य…

Read More

सरोज भट्टराईशिवसताक्षी, ६ चैत । झापा शिवसताक्षी नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको नगरस्तरीय दूधे रंगशालामा प्याराफिट निर्माणको काम शुरु भएको छ । शिवसताक्षी नगरपालिकाले खेलमैदान साथै प्याराफिटको काम पनि एकै पटक अघि बढाएको हो । नगरपालिकाले २०७४ सालमा मास्टर प्लाष्ट तयार गरेपछि रंगशाला निर्माणमा जुटेको थियो । रंगशाला शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित दूधोमा ६ विगाह १५ कठ्ठा जग्गाको क्षेत्रफलमा रहेको छ जसमा कम्पाउण्ड, गेट यस अघि नै निर्माण भइसकेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । चालु आ.व.मा खेल मैदान र प्याराफिटको काम निर्माणको चरणमा रहेको छ । आ.व. २०७९ को बजेटबाट खेल मैदान र डे«न निर्माण भइसकेको शिवसताक्षी नगरपालिकाका…

Read More

सन्तोष शर्माझापा, ५ चैत । झापाको कनकाई नगरपालिकाका कृषकले करिब एक करोड ५० लाख बराबरको तरकारी उत्पादन गरेका छन् । नगरले विषादीरहित तरकारी उत्पादनका लागि सहयोग–सहजीकरण गर्न थालेसँगै यहाँका कृषिक तरकारी खेतीमा आकर्षित भएका छन् । जसको फलस्वरुप रू एक करोड ५० लाख बराबरको विभिन्न प्रकारका तरकारी उत्पादन भएको कनकाई नगरपालिका कृषि शाखा प्रमुख यदुकुमार उप्रेतीले जानकारी दिनुभयो । “विभिन्न कृषक समूह बनाएर आइपीएम तालिम दिएका छौं”, उहाँले भन्नुभयो, “तालिम लिएसँगै कृषकहरुले तरकारी खेती गरिरहेका छन् ।” विषादीको प्रयोगले उपभोक्तामा गम्भीर असर पर्ने थाहा पाएसँगै यहाँ कृषक विषादीरहित तरकारी उत्पादन लागेको उहाँको भनाइ छ । नगरपालिकाले दिएको तालिमले कृषकले गुणस्तरीय…

Read More

बिर्तामोड, ५ चैत । दलित समुदायका महिलालाई लक्षित गरी बिर्तामोड नगरपालिका वडा नं. १० मा सञ्चालित नेतृत्व विकास तथा उद्घोषण कला सम्बन्धी तीनदिने तालिम सोमबार सम्पन्न भएको छ । नारी सञ्चार गृहको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं. १० को सहयोगमा सञ्चालित तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बिर्तामोड नगरपालिका वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङले १० नं. वडा छुवाछुत मुक्त रहेको बताउँदै जात–थरकै आधारमा कसैले पनि आफूलाई कमजोर नठान्न सुझाव दिए । केही गर्न सक्छु भन्ने इच्छाशक्ति आफूभित्रै जागृत हुनुपर्नेमा जोड दिंदै अध्यक्ष गुरुङले सबैले समान रुपमा अघि बढ्न प्रयास गर्नुपर्नेमा बताए । सहभागिका तर्फबाट बेबिका कार्की…

Read More

झापा, ५ चैत । राष्ट्रिय प्रतिभा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान–२०८०’ समर्पण गरिने भएको छ। पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको सहयोग र जय नेपाल प्रतिभा प्रोत्सान प्रतिष्ठानको आयोजनामा १ लाख ११ हजार १११ रुपैयाँको राशिको उक्त पुरस्कार समर्पण गरिने भएको हो । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी मदनकृष्ण र हरिवंशलाई यही चैत ७ गते सम्मान गरिने जानकारी दिइयो । कला क्षेत्रको माध्यमबाट नेपाली जनतालाई आदर्शको बाटो देखाउने असल व्यक्तित्वको रुपमा उनीहरूलाई सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले जानकारी दिनुभयो । टुङ्गबहादुर बस्नेत र उहाँकी धर्मपत्नी पूर्णकुमारी बस्नेतको स्मृतिमा स्थापित पूर्ण–टुङ्ग स्मृति कोषमार्फत समाजलाई असल मार्गमा…

Read More

झापा, ५ चैत । झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र औषधीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ६ बजे झापाको दमक नगरपालिका–८ स्थितमा बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले स्थानीय १९ वर्षीय शेखर परियार र २१ वर्षीय रोहित साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरुको साथबाट लुकाईछिपाई राखेको अवस्थामा लागुऔषध ब्राउनसुगर ५ ग्राम बरामद गरी पक्राउ गरेको छ । यसैगरी, हिजो दिउँसो साढे १२ बजे इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले हिजो १ ग्राम २ सय मिलिग्राम ब्राउन सुगरसहित २३ वर्षीय मनिष चौधरीलाई कनकाई नगरपालिका–८ बाट पक्राउ गरेको…

Read More

झापा, ५ चैत । झापाको गौरीगञ्ज गाउँपालिका–१ स्थित हुलाकी सडक खण्डमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । हिजो बेलुका साढे ९ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे. ४ प ४२२४ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट जाँदै गरेको साइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका साईकल यात्री गौरीगञ्ज–३ का ४० वर्षीय अकालु माझीको बिएण्डसी हस्पिटल बिर्तामोड उपचारको क्रममा मृत्यु भएको हो भने अन्य घाइते मोटरसाइकलमा सवार ३५ वर्षीय खोदनारायण महतो, २६ वर्षीय रतनसिंह राजवंशी र २२ वर्षीय विकास महत्तोको उपचार भइरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको…

Read More

दमक, ५ चैत । झापाको दमकमा एक फर्निचर उद्योगमा आगलागी भएको छ । दमक नगरपालिका–७ का चपन सरकारले दमक–८ मा सञ्चालन गरेको क्रिष्टल फर्निचर उद्योगमा आइतबार साँझ आगलागी भएको हो । बिजुलीको तार सर्ट भई आगलागी हुँदा टिनको छानो, काठको बेरा भएको २ तले घर पूर्ण रुपमा जल्दा अन्दाजी ४ लाख बराबरको क्षति भएको छ । नेपाल प्रहरी, दमक नगरपालिकाको दमकल, स्थानीयबासीको सहयोगमा राति सवा ८ बजे पूर्ण रुपमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

– देवेन्द्र किशोर ढुङगानाउसको हरेक चोटमाऑशु बगेको याद छ !उसले हरेक पल मलाईपराया सम्झेको याद छ !! आकाशको तारा तोडेरल्याउने कुरा थियो !मैंले उसलाई सुन्दर चान्द्रमादिएको पनि याद छ !! हजूर म उसलाईऑखामा राख्न चाहन्थे !उसले चौक चौकमा मलाईकसरी नचायो याद छ !! ज्यान पनि मांग थियौ तयो हंसेर दिन्थे उसलाई !दिल चिरेर बॉच्न सिकायोतिमीले त्यो पनि याद छ !! मन तृपत हुन्जेल खिलौना सम्झीखेल्दै रहयौ मसंग !कति सजिलैसंग मलाईकिनारां लगायौ त्यो याद छ !! भनि रह्यौ मलाई सबैकासामने आफ्नो “प्राण प्रिय “!एक्लै हुँदा मलाई कहिले पनिअपनाएनौ त्यो याद छ !!भद्रपुर, झापा

Read More